खै के गरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उठु कि बसु कि कतै चिच्याउदै दौडौ कि भक्कानो छोडेर रोउ कि आँसु पुछ्दै बसु कि तहसनस देस लाइ हेर्दै म खै के गरु छिन् छिन् मा समाचार का पन्ना हरु पल्टाउदै कहाँ के भएछ भनि बुज्दै फोटो हेरी मन दुखाउदै म देस संगै रुदै मेरो देस रुदै छ बिबस म हामफालेर जान मिल्ने भए यो सब छोडेर कुद्न मिल्ने भए म देस जान्थे भत्केका घर बाट मान्छे निकाल्थे म रात भर बसेर खोजि गर्थे बिबस म ढलेको धरहरा को स्मृति मा म आफै ढलु कि भत्केको दर्बार को नौतले संगै म नि बरु संगै ढलु कि खै के गरु मेरो देस रोको छ पिडा मा छत्पताउदै छ म बिबस लाचार समाचार पढ्न र हेर्न बाहेक खै के गरु २-४ पैसा दिउला सके सम्म गरुला तर के तेल्ले मेरो धरहरा उठ्ला के अब फेरि मेरो इतिहास बिउजेला आज मेरो देस को इतिहास ढलेको छ मेरो मनकामना भत्केको छ मेरो देस आज भताभुङ्ग छ खै के गरु

amricane · Apr 25, 2015 7:36 PM · 31,627 views

1 Reply

Excellent piece sir

SSK · May 12, 2020 11:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion