सगुन डटकममा नेपालीको ५ करोड लगानी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वैशाख ११ ,वाशिंगटन डिसी विजय थापा अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन संस्थाले प्रबर्धन गरेको सामाजिक संजालकोे उत्पादन तथा इन्जिनियरिङ्ग( अभियान्त्रिकी)क्षेत्रको विकासका लागि पाँच लाख अमेरीकी डलर (करिव पाँच करोड रुपैया) को प्रारम्भिक लगानी सम्झौता सम्पन्न भएको छ । अमेरिकामा बसोबास गर्नु हुने नेपाली लगानीकर्तासँग संस्थाले पाँच करोड रुपैयाँ लगानीको प्रारम्भिक सम्झौता गरेको हो । नेपाल, भारत र अमेरिकामा वेब तथा मोवाइल एप्लिकेशन निर्माण तथा जनशक्ती विस्तारमा समेत सो रकम लगानी गर्ने संस्थाले जारी गरेको छापा विज्ञप्तीमा उल्लेख छ । यस सँगै सगुनले उत्पादनमा समुदायको सहज पहुँच निर्माण गर्ने उद्देश्य राखेको छ । कम्पनीको भिजन वेभ ३ को पहिलो चरणमा गत फेब्रुअरीमा सगुनले परिक्षण स्वरुप ‘सोसियल स्मार्ट कार्ड ’ र ‘मी पेज’को सुरुवात गरेको थियो । सगुनले प्रबर्धन गरेको ‘सोसियल स्मार्ट कार्ड’ उपभोक्ताको लागि फाइदाजनक रहेको विज्ञप्तीमा उल्लेख छ । स्मार्ट कार्ड मार्फत सगुनले आफूले कमाउने रकममा प्रयोगकर्तालाई पनि हिस्सेदार बनाउने योजना ल्याएपछि यसमा प्रयोगकर्ता आकर्षित भएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत सगुनले शुरुमा खाता खोल्नेलाई ५ डलर उपलव्ध गराउने जानकारी दिदै आएको छ । एक द्वार डिजिटल कार्ड(अंकीय पत्र )को रुपमा विकसित कार्डले अनलाइन खरिद विक्रि र उपहार आदान–प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने प्रबर्द्धक कम्पनी सगुन कर्पोरेशनले जनाएको छ । उपभोक्ताको व्यक्तिगत र व्यवसायिक सफलताका लागि यो कार्यक्रम परोपकारी अभियान नै रहेको उल्लेख गर्दै प्रयोगकर्तालाई ‘मी पेज’को उपयोगले जीवनका थुप्रै उपलब्धि बोध गराउने विज्ञप्तीमा जनाइएको छ । प्रत्येक हप्ता २० प्रतिशतका दरले बढीरहेका प्रयोगकर्ताको संख्या अझै बढ्ने क्रममा छ । हालसम्म १ लाख ५६ हजार प्रयोगकर्ता सगुनसँग जोडिएका छन् । १५ लाख बढी सम्भावित प्रयोगकर्ताहरु प्रतिक्षाको सूचीमा छन् । ‘मी पेज’को सुरुआतपछि ४८ हजार पेज निर्माण भइसकेको छ, भने ५ लाख बढी टेक्स्ट म्यासेज र फोटोहरु आदान–प्रदान भएका छन् । पेन्टागनका सिस्टम इन्जिनियर ( पद्धति अभियन्ता )रहेर काम गरिसकेका सगुनका संस्थापक गोविन्द गिरीले सम्झौता पश्चात लगानीकर्ताहरु प्रति आभार व्यक्त गरेका छन् । गिरी भन्छन्– “तपाईहरुको विश्वास भविष्यको चुनौतीको सहज सामना गर्ने ऊर्जा, शक्ति र उपहार हो । विश्वास नै भविष्यफल हो । ” सगुनका सह–संस्थापक कविन सिटौलाले आफुहरुले प्रवद्र्धन गर्न लागिरहेको प्रविधिले लाखौँ नागरिकको जीवनमा आमूल परिवर्तन ल्याउने बताए । उनले भने–“जीवनस्तर उकास्ने यस अभियानलाई ठोस बिन्दुसम्म लैजान र हितकारी सिद्ध गर्न प्रारम्भिक लगानी सम्झौताले हौसला प्रदान गरेको छ ।” जुलाई २०१४ मा सगुनले सुरुआत गरेको एप्लिकेशनको प्रारम्भमा ‘सिक्रिट’ र ‘अकेजन’ समावेश थियो । ती एप्लिकेशनको उपयोगबाट उपभोक्ताले तस्वीर आफ्ना कुरा भन्न, गोप्यता उजागर गर्न र व्यक्तिगत विशेष क्षणका बिषयहरु आदान–प्रदान गर्न सक्ने छन् । यो सामाजिक संजाल बारे के र कसरी काम गर्छ भनेर जान्न को लागि www.sagoon.com खाता खोलेर आफै अनुभव गर्न कम्पनीले सुझाएको छ ।

mahoday · Apr 24, 2015 7:23 PM · 10,230 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all