नेपाली पहिचान, मधेसी समुदाय र राष्ट्रियता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली पहिचान, मधेसी समुदाय र राष्ट्रियता २०७२ वैशाख १० गते २०:२३ मा प्रकाशित भरत साह बीरगंज उप-महानगरपालिकाकार्यालयमा लोसार पर्वको पूर्वसन्ध्याको एक फुर्सतिलो समयमा केही कर्मचारीहरू आ-आफ्ना संस्कृतिबारे छलफल गर्दै थिए । एक अर्काका रीतिरिवाजलाई होच्याउने खालका अभिव्यक्तिहरू आइराख्दा पनि माहौल सुमधुर नै थियो । ठट्ठाका बीचमा एकजना रोक्का थरका कर्मचारीले गुप्ता थर भएका कर्मचारीका केही कुरालाई लिएर यस्तो भने, “मधेसीहरूमा हुन्छ होला त्यस्तो, तर हामी नेपालीहरूमा त त्यस्तो केही पनि हुँदैन” ! त्यो सुनेका थुप्रै मधेशी कर्मचारीहरू थिए त्यहाँ, तर वाक्यमा प्रयोग गरिएका शब्दहरूमाथि कसैले कुनै आपत्ति व्यक्त गरेनन्, न त प्रतिवाद नै,शायद कसलाई नेपाली र कसलाईमधेशी भनेर सम्बोधित गरिएको थियो त्यो स्वभाविकरूपमा सहजै सबैले बुझिसकेका थिए । आजभोलि राष्ट्रीयतामाथि लेखिएका थुप्रै लेखहरू पढिराख्दा पनि उपरोक्त पक्षबारे चर्चाको खाँचो रहेको जस्तो अनुभूति हुन्छ । हालै क्षेत्री थरकी एक महिला भारतीय सौन्दर्य प्रतियोगितामा भाग लिएको समाचारफेसबुकभरि “नेपाली मूलकी महिला”भनेर सम्बोधित गरेर प्रचारित गरियो । उनको “नेपाली” मूल कसरी यति छिटो थाहा पाइयो भनी मेरो साथीलाई मैले प्रश्न राख्दा वहाँले भने“क्षेत्री, गुरूंग, श्रेष्ठ, थापा, दाहाल,तामांग आदि” थर भएका भारतीयहरूको मूल खोतलिराख्नु पर्दैन, वंशावली हेर्नुपर्दैन, तिनीहरूस्वत: नेपाली मूलका भइहाले नि ! प्रश्न त उठ्नु पर्ने हो, नेपाली मूल भनेको के – एउटा समुदाय अथवा जातीयतासँग सम्बन्ध राख्ने मानिसहरू हुन् वा हाम्रो देशको भौगोलिक सीमाभित्र उत्पत्ति ठहरिएको मान्छे ? यो प्रश्न एकताका अधिवक्ता दीपेन्द्र झाले आफ्नो फेसबुक वालमा राख्दाकसैले केही प्रतिक्रिया दिएनन्। तीन पुस्ते उत्पत्ति मात्र हेर्ने हो भने युपी र बिहारका करोडौं झा, गुप्ता,श्रीवास्तव, चौधरी, हवारी, मंडल, सिंह,यादवहरू नेपाली मूलका ठहरिनेछन्,वैवाहिक सम्बन्धहरूले गर्दा ! तर ,यिनीहरूको प्रगतिका समाचारहरू“नेपाली” को प्रगति मानेर राष्ट्रियस्तरका समाचारपत्रमा समाचार बन्न पुगेको अहिलेसम्म देखेका छैनौं हामीले । यदि हाम्रो देशको भूगोल हाम्रो राष्ट्रियता “नेपाली” को वाहक नभएर जातीयता अथवा जातिहरूको समूह यसको वाहक हो भने के साँच्चिकै“नेपाली” पहिचानलाई राष्ट्रियता भन्न मिल्छ ? फलस्वरूप यी जातिहरू (चाहे ती मानिसहरू बाह्य देशकै किन न हुन्) को उत्थानमा हाम्रो देशको राष्ट्रियता मजबूत भएको देख्नु र आफ्नै देशभित्रका “अनेपाली”जातिहरू अर्थात मधेसीहरूको उत्थानले राष्ट्रियता कमजोर भएको ठान्नु कहाँसम्म तर्कपूर्ण हो ? कहिले नेपाली भनेर, कहिले नेपाली भाषी भनेर, कहिले नेपाली मूलको भनेर त कहिले गोर्खाली भनेर … कुनै न कुनै नामले हाम्रो देश बाहिरका यस समुदायको विशेष चिन्ता रहेको पाइन्छ राष्ट्रियस्तरका सञ्चार माध्यमहरूलाई । यिनीहरूका समाचार राष्ट्रिय पानामा ठाउँ पाउने गर्छन् । बंगाली महिलाले लाउने साड़ी हिन्दुको पोशाक भनी परिभाषित गरिन्थ्यो भने यहाँ मधेसीले लाउने धोती भारतीय पोशाक भनी कहिल्यै राष्ट्रिय पोशाक बन्न दिइएन । चाखलाग्दो कुरा के पनि हो भने तराईका कतिपय ठाउँहरूमा ऐतिहासिकरूपले बसोबास गरी आएका यस समुदायको टोलहरूलाई“नेपाली टोल” समेत भन्ने गरिन्छ । सायदै होला, बंग्लादेशमा बंग्लादेशी टोल, भारतमा भारतीय टोल अथवा भूटानमा भूटानी टोल, तर हाम्रो देशमा थुप्रै रहेछन्–नेपालमा नेपाली टोलहरू ! भनेपछि नेपाली पहिचान जातीयता हो कि राष्ट्रियता ? खासगरी बहुपहिचान भएको मुलुकमा सीमा वार-पार भेटिने राष्ट्रियताहरू एकल जातीय राष्ट्रवादमाथि आधारित राष्ट्रियताहरू हुन्छन् । जस्तै युरोपका अधिकांश राष्ट्रहरूका साथै एशियामा जापान,कोरिया, बंगलादेश इत्यादि । एकल जातीय राष्ट्र भएकोकाले यी देशहरूको राष्ट्रियता त्यहींको ठूलो जातीयतासँग सम्बन्धित हुन्छ । उदाहरणका लागि जर्मनीमा ८५ प्रतिशत जनताको जातीयता जर्मन नै हो भने शत प्रतिशत जनताको राष्ट्रियता जर्मन, रूसमा ८१ प्रतिशत जनताको जातीयता र राष्ट्रियता एउटै हो भने बाँकि १९ प्रतिशतको राष्ट्रिय पहिचान रूसी भएपनि जातीयता रूसी होइन । हाम्रो देश कुनै दृष्टिबाट एकल जातीय रहेको पाइँदैन, जातीयता निर्माण गर्न सक्ने सबै आधारहरू हाम्रो देशमा एकभन्दा बढी छन् । भाषा, संस्कृति, नस्ल, धर्म, भूगोल,मूल आदि कुनै एउटा मात्र रहेको पाइँदैन । त्यसो भए हाम्रो बहु-जातीय देशको एकल जातीय पहिचान प्रतिबिम्बित हुने पहिचान भेदभावको जननी त होइन ? हाम्रो छिमेकमै हामीले भ्रामक राष्ट्रियताको प्रतिपादनले उब्जाएका परिणामहरू देखिसकेका छौं। ५० को दशकतिर पाकिस्तानका लागि संयुक्तराष्ट्रकोतर्फबाट शौचालयका सामग्रीहरू अनुदानका रूपमा पठाइएको थियो । त्यहाँका कैबिनेटमा त्यस अनुदानको बाँडफाँडका लागि चर्चा हुँदा पूर्वीपाकिस्तानका मन्त्रीहरूले आफ्नो लागि पनि अनुदान छुट्याउनुपर्ने माग राख्दा पंजाबीहरूले तिनीहरूलाई गिज्याउँदै भने “तिमी बंगालीहरू त केराको गाछ (रूख) पछाडि दिसा गरिहाल्छौ नि, तिमीहरूलाई किन चाहियो अमेरिकन कमोट रसिस्टर्नहरू !” परिवेश र देश फेरिएको को, तर मानसिकता उही रहेछ हाम्रो देशमा पनि । फरक यति मात्र हो कि पंजाबीहरूको ठाउँमा “नेपाली”हरू छन्, र बंग्लालीहरूको ठाउँमा मधेसीहरू । बंगालीहरूले भोगेको हेपाइ मधेसीहरूले भोग्दै छन् । बंगाली महिलाले लाउने साड़ी हिन्दुको पोशाक भनी परिभाषित गरिन्थ्यो भने यहाँ मधेसीले लाउने धोती भारतीय पोशाक भनी कहिल्यै राष्ट्रिय पोशाक बन्न दिइएन । बंगालीहरूलाई सेनामा भर्ती गर्यो भने भारतमा मिल्छन् भन्ने सोचले ढाकाभरि पंजाबी/पठानहरूले गश्ती गरेका हुन्थे भने मधेसीहरूले देश टुक्र्याउँलान् भन्ने मानसिकताले सेनामा लिनै मिल्दैन भन्ने सोच कायमै छ। इस्लामी राष्ट्रवादको नाममा अरबी/फारसी नस्लवादले मात्तिएका पश्चिमी पाकिस्तानीहरूले भारतीय/हिन्दु संस्कृति जस्तो लाग्ने बंगाली संस्कृति र भाषालाई स्वीकार गर्न सकेनन् । अरबी/फारसी जस्तो नदेखिनेहरू कमसल मुसलमान भएको ठहर गरेर अरबी/फारसीको बोली/व्यवहार सिक्न बाध्य तुल्याउन चाहे । अब एउटा यस्तो राष्ट्रियताको विकास गरियोस् जुन पहिचानले विदेशीहरूसँग स्वदेशीहरू भन्दा बढी सामिप्यता न राखोस्; जातीय राष्ट्रवादबाट नागरिक राष्ट्रवादतिर लम्किन सहज तुल्याओस् । आज पनि इस्लामावादमा रहेको स्टेट बैंक ऑफ पाकिस्तानको नाम बांग्ला लिपीमा लेखिएको छ, तर, उहिले बांग्ला भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न दिनुभन्दा अघि “पाकिस्तानी”हरूले सर्त राखे–बांग्ला लिपी हिन्दु लिपीजस्तो देखिएकाले फारसी लिपीमा बांग्ला लेखिए सहर्ष स्वीकार गर्छौं ! नेपाली जातीय राष्ट्रवादमा अन्धो भएकाहरूका लागि मधेस र मधेसीहरू इंडियन जस्तो भए । त्यसैले फ़्रेडेरिक गेजले भनेजस्तै मधेस र मधेसीहरूको नेपालीकरण गर्नुपर्ने नीतिको खाँचो भयो तिनीहरूलाई । नेपालीजस्तो बनाएर सदृषीकृत गर्ने नियमहरूको विस्तृत खाका महेन्द्रको युगमा बनाइयो । जनजातिहरू ब्रिटिसको पालामै नेपाली पहिचानमा सदृषीकृत भइसकेका हुनाले बाँकी रहेका जनसंख्या र सामरिकरूपमा स्थायी सत्तालाई ठूलो चुनौती दिन सक्ने मधेसीहरूमाथि लक्षित गरियो । महेन्द्रका पालामा जनचेतना नभएकाले पेल्न सजिलो भयो, अनेकौं मधेस विरोधी नीतिहरूको बिना बिरोध क्रियान्वयन भयो । मधेसीहरूको जनसंख्या कम भएको भए आज पनि पेलेरै जान सकिन्थ्यो होला । धेरै विकसित मुलुकहरूमा पनि पेलिएका समुदायहरू हुन्छन् नै, लोकतांत्रिक पद्दतिबाट नै पेलिएका । तर, पेल्न गाह्रो हुने समुदायसँग सम्झौता गरे नै देशको हित हुन्छ । मधेसीहरूको समस्या नीति भन्दा पनि नियतले बढी सम्बन्ध राख्दछ । उदाहरणका लागि मधेसीहरूको सेनामा नगण्य उपस्थितिको कारण बारे जिज्ञासा राख्दा कतिपय जानकार भन्न रुचाउनेले समेतले सोध्ने गर्छन् – मधेसीहरूलाई कुन सरकारी प्रावधान वा नीतिले रोक्या हो ? हुन सक्छ, कुनै नीतिले नछेकेको होला, तर नियतले रोकेकै हो। जस्तासुकै नीतिहरू बनाए पनिमधेस विरोधी नियत रहेसम्म मधेसीहरूसंगको भेदभाव मेटिन्न । नीति सधैं नियतमाथि आश्रित हुँदोरहेछ भन्ने कुरा बुझ्न सकिन्छ । अब बन्ने संविधानमा राष्ट्रियतामाथि गहन मंथन हुनु आवश्यक र अपिहार्य छ । देश, राष्ट्र, राज्य इत्यादिको शब्दजालमा फसाएर वर्तमानको भ्रामक राष्ट्रिय पहिचानलाई निरन्तरता दिन चाहनेहरूले यो परिवर्तन कदापी रूचाउने छैनन् । तर, अब एउटा यस्तो राष्ट्रियताको विकास गरियोस् जुन पहिचानले विदेशीहरूसँग स्वदेशीहरू भन्दा बढी सामिप्यता न राखोस्; जातीय राष्ट्रवादबाट नागरिक राष्ट्रवादतिर लम्किन सहज तुल्याओस् । समय त लाग्छ नै, परिवर्तित राष्ट्रियतालाई व्यवहारमा अंगाल्न । तर, एउटा समुदायलाई अर्कोभित्र सदृषीकृत गर्नुको साटो सबै समुदायभित्र एकअर्काप्रति सहिष्णुताको भाव जन्माएर सबैलाई अभिसृत हुन मद्दत गर्न सकिए नै सबैको भलो हुने थियो । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Apr 23, 2015 9:11 AM · 1,723 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all