ग्याफ्ने हत्या ‘अप्राकृतिक यौन सम्बन्धले'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ग्याफ्ने हत्या ‘अप्राकृतिक यौन सम्बन्धले' 22 Apr 2015 | 06:53am बुधबार ९ बैशाख, २०७२ केपी ढुंगाना 1 2 3 4 5 (0 votes) फादर थमस ग्‍याफ्ने। फाइल तस्बिर काठमाडौं-लामो समय थन्किएको ‘हाइप्रोफाइल मर्डर' अनुसन्धानलाई टुंगोमा पुर्याटउन सफलता पाउँदै आएको प्रहरीले मंगलबार सबैभन्दा पुरानो फादर थमस ग्याफ्नेको हत्या रहस्य सुल्झाउँदै एक आरोपीलाई पक्राउ गरेको छ २०७१ को अन्त्यतिर साढे दुई वर्षअघि मारिएका न्यायाधीश रणबहादुर बम र १२ वर्ष पुरानो रानीबारी हत्या रहस्य सुल्झाएको प्रहरीले २०७२ लागेसँगै १८ वर्ष पुरानो ग्याफ्ने हत्या अनुसन्धान टुंगोमा पुर्यादउँदै हत्या आरोपमा ढालबहादुर खड्कालाई पक्राउ गरेको हो। ललितपुरमा २०५४ मंसिर २८ गते मारिएका सेन्टजेभियर्स स्कुलका संस्थापक फादर ग्याफ्ने हत्याको अनुसन्धान महानगरीय प्रहरी अपराध महाशाखाले टुंगोमा पुर्या्एको हो। पक्राउ परेका खड्का ग्याफ्नेकै सहयोगी हुन्। २०१५ सालदेखि नेपालमा बस्दै आएका अमेरिकी नागरिक ग्याफ्नेले २०४१ मा नेपाली नागरिकता लिएका थिए।  मंसिर २९ गते बिहान उनी बस्ने जेभियर्स समाजकल्याण केन्द्रमा काम गर्ने रचन योन्जनले रगतले लत्पतिएर भुइँमा ढलिरहेको अवस्थामा ग्याफ्नेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। योन्जनको तत्कालीन बयानअनुसार कोठाको मुख्य ढोका खुलै थियो। प्रहरीले नजिकै दुई वटा कप र पानी तताइरहेको इलेक्ट्रिक भाँडो फेला पारेको थियो। ग्याफ्ने मारिँदा उनी गन्जी र टिसर्टमा थिए। उनका निकटहरुले प्रहरीलाई ‘नौलो मान्छे भेट्दा उनले यस्तो पोसाक नलगाउने' जानकारी पायो। ग्याफ्नेका सहयोगी र निकटहरुको बयानबाट प्रायः बेलुका कसैलाई आफ्नो कोठामा बस्न नदिने ग्याफ्नेले सुरक्षाका लागि गेटमा सुरक्षा घन्टी जडेका थिए। वरपरकाले उनको घरमा घन्टी बजेको नसुनेको बताए। घटनास्थलमा पुगेको प्रहरीले बाहिरबाट कसैले ढोका फुटाएको वा कोठाभित्र बल प्रयोग गरेको कुनै संकेत फेला पारेन। सबै ‰याल ठिकठाक थिए। कफी खाएको कप अनि थप कफीका लागि तताइरहेको पानीका आधारमा प्रहरी उनको बिहानै हत्या भएको निष्कर्षमा पुग्यो। तर, त्यहाँ दुइटा कफी कप थिए। त्यसका आधारमा ग्याफ्नेसँग अन्य एक व्यक्तिले समेत कफी पिएको देखिए पनि ती को थिए, खुल्न सकेन।  शौचालयमा रगत पखालेको देखियो भने भुइँमा कोही हिँडेको डाम थियो। ग्याफ्ने निकटले उनको दराजको सेफमा चन्दा आएको १ लाख ३४ हजार रुपैयाँ रहेको तर त्यो नरहेको जानकारी दिए। घटनाक्रमका आधारमा प्रहरीले सेन्ट जेभियर्समा कार्यरत ६५ वर्षीय ग्याफ्नेको हत्या लुटपाटको उद्देश्यले भएको निष्कर्ष निकालेको थियो। उनी निकटका नै हत्यामा संलग्न रहेको निष्कर्ष निकाल्दै अनुसन्धान अगाडि बढाएको प्रहरीले योन्जनसहित मानबहादुर भण्डारी, रामबहादुर थापालाई अनुसन्धान दायरामा राखेको थियो। योन्जन, भण्डारी र थापासहित २४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा र ढालबहादुर खड्काको नाम पोलिएपछि प्रहरीले काठमाडौं र उनको जिल्ला दोलखा, फस्कु–८ मा पुगेर खोजी गरे पनि उनी फेला परेका थिएनन्।  खड्का बेपत्ता भएका आधारमा घटनामा उनी संलग्न रहेको प्रहरीले आशंका मात्रै गरेको थियो, एकिन थिएन। सोमबार अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्रेपछि हत्यामा उनको संलग्नतासँगै हत्याको कारणसमेत खुल्यो। ‘उनले आफैंले फादर ग्याफ्नेको हत्या गरेको स्विकारेका छन्,' अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले भने, ‘प्रारम्भिक अनुसन्धानमा काम गरेबापतको पैसा नदिएको आवेग र पैसाको लोभले हत्या गरेको देखियो।' ‘अप्राकृतिक यौन सम्बन्ध' ले हत्या प्रहरीले औपचारिक रुपमा फादर ग्याफ्नेको हत्याको कारण ‘काम गरेबापत पैसा नदिएको झोकमा खुकुरीले हानेर मारेको' सार्वजनिक गरेको छ। तर, अनुसन्धानमा संलग्न विश्वस्तस्रोतका अनुसार खड्काले अप्राकृतिक यौन सम्बन्धबाट चिढिएर उनको हत्या गरेको बयान दिएका छन्।  घटनासँग जोडिएका मानबहादुर भण्डारी र रामबहादुर थापाको यसअगाडिको बयानमा समेत फादर ग्याफ्नेले आफ्नो सम्पर्कमा आएकाहरुसँग ‘अप्राकृतिक यौन सम्बन्ध' राख्ने गरेको र त्यसैका लागि खड्का उनको डेरामा जाने–आउने गर्ने गरेको बताएकाले हत्याको कारणमा अप्राकृतिक यौन सम्बन्धसमेत देखिएको अनुसन्धानरत स्रोतले जानकारी दियो। भोटेबहाल क्षेत्रमा भारी बोक्ने काम गर्ने क्रममा फादर ग्याफ्नेको सम्पर्कमा पुगेका खड्का त्यतिबेला २५ वर्षका थिए। प्रहरीलाई खड्काले दिएको बयानअनुसार फादर ग्याफ्नेले प्रत्येक साता भोटेबहाल क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकालाई लुगा बाँड्ने गथर्ेे। मंसिर प्रारम्भमा फादर ग्याफ्ने मन्डी बाँड्न आउँदा उनीसँग चिनजान भएको थियो। एसएसपी कार्कीका अनुसार भोटेबहालमै बस्ने मानबहादुर भण्डारीले खड्कालाई ललितपुरमा रहेको ग्याफ्ने बस्ने घर पुर्यालएर परिचय गराए। उनी त्यो दिन फादरकैमा बसे। प्रहरीका अनुसार त्यस दिनदेखि खड्काको फादरको डेरामा जाने र बस्ने क्रम निरन्तर चल्यो। खड्काले नै दोलखाका रामबहादुर थापालाई समेत ग्याफ्नेकोमा लगेर छाडेका थिए। अनुसन्धानस्रोतका अनुसार श्रीमतीसहित भोटेबहालमा बस्ने खड्कालाई ग्याफ्नेले आफूसँग अप्राकृतिक यौनसम्बन्ध राखेबापत पैसा दिने प्रलोभन दिए पनि पैसा नदिने र अन्य युवालाई ल्याउन दबाब दिने गरेपछि उनले हत्या योजना बनाएका थिए।  एसएसपी कार्कीका अनुसार घटनाको दिन मंसिर २८ गते ग्याफ्नेले उनलाई कोठामा बोलाएका थिए। उनी त्यस दिन आफ्नो कोठामा भएको दापसहितको खुकुरी लिएर बेलुका ८ बजे ललितपुरस्थित ग्याफ्नेको कोठामा पुगे। खुकुरी टेबलमुनि लुकाए।  ग्याफ्ने नुहाएर आई उनलाई कफी बनाउन भने। उनले इलेक्ट्रिक भाँडोमा पानी तताए र आफू र ग्याफ्नेका लागि कफी बनाए। प्रहरीलाई उनले दिएको बयानअनुसार बेलुका साढे १० बजेतिर फादर ग्याफ्नेले आफूसँग पुनः अप्राकृतिक यौनसम्बन्ध राख्न खोजेपछि उनले काम गरेबापतको पैसा मागे। उनले पछि दिउँला भनेपछि खड्काले टेबलमुनि लुकाएर राखेको खुकुरी निकालेर गर्धनमा प्रहार गरे। हत्यापछि खुकुरी त्यहीँ छाडे, दराजमा भएको २२ हजार रुपैयाँ लिएर कोठाबाट निस्किए। खड्काले प्रहरीलाई दिएको बयानअनुसार उनी झम्सिखेलबाट निस्किएर ललितपुरकै कालोपुल भन्ने ठाउँमा पुगेपछि रगत लागेको बाहिरी कपडा निकालेर मिल्क्याए। उनी घटनाको दिन त्यतै बसे र बिहान बस चढेर दक्षिणकाली पुगे। दिउँसो साढे ३ बजेतिर दक्षिणकालीबाट फर्किएर कालिमाटी आउँदा ग्याफ्ने हत्याको चर्चा सुनेपछि पक्राउ पर्ने भयले कलंकी गएर इटहरीको बस चढेका थिए। प्रहरीका अनुसार उनी काँकडभिट्टा हुँदै भारतको सिक्किम गएर घरेलु काम गरेर बसेका थिए। प्रारम्भमा घोडा चराउने काम गरेका उनी पक्राउ पर्नुअघि सिक्किमको एक अपार्टमेन्टमा ढुंगा बोक्ने काम गर्थे। अनुसन्धान क्रममा बेपत्ता देखिए पनि प्रहरीले उनलाई फेला पार्न सकेको थिएन। उनी भागेर भारत गए पनि उनी कहाँ छन्, प्रहरीले १८ वर्षसम्म खुलाउन सकेन। परिवार भेट्न उनी पटकपटक काँकडभिट्टासम्म आइपुग्थे, तर पक्राउ पर्ने डरले पुनः सिक्किम नै फर्कन्थे। सफल नभएका पुराना घटनाको फाइल पल्टाइरहेको महाशाखाको टोलीले खड्का सिक्किममा मजदुरी गर्ने गरेको सूचना आएपछि वैशाख पहिलो साता सिक्किम हान्निएको थियो।  उनको १८ वर्ष पुरानो तस्बिर बोकेर गएको टोलीले हुलिया चेक सर्ट लगाएको पूरै तालु खुइलिएको एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रारम्भमा उनले आफू ढालबहादुर खड्का होइन भने। तर, निरन्तर केरकारपछि उनले स्वीकार गरे। ‘म यता भागेर आउँदा श्रीमती गर्भवती थिइन्, छोराको मुखसमेत हेर्न पाएको छैन,' खड्काको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘फादरलाई मैले नै मारेको हुँ, मलाई नेपाल लैजानुस्।' - See more at: http://www.nagariknews.com/soc...

_____ · Apr 22, 2015 5:25 AM · 3,033 views

3 Replies

हैन यो जीजस का पुजारी हरु सब किन तेस्ता भन्या ।

facebook · Apr 22, 2015 2:41 PM

गाउ गाउ पुगेका छन् यिनी हरु तेमाथी धर्म परिवर्तन गराएर नजिक हुन् सजिलो बनायो :तेता तिर पनि यस्तै छाल त चलिरहेका छैनन् ?

magorkhe1 · Apr 22, 2015 2:54 PM

chya mula yo khadka ko aglti cha, sala fag, gora gori haru ta treansgender bhai halchan tara nepali le at least aafno chak ta bachayera hidnu

divorceguy · Apr 22, 2015 6:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all