बिहान उठ्ने बितिकै अचानक घर को याद आयो जिन्दगि को गोरेटो ले धेरै टाडा लागेको भान भयो खै किन हो किन, घर उडेर हो कि गुडेर पुग्न मन लग्यो सरिर थियो लल्याकलुलुक , मन थियो भारी आखा भरि आउन थाले आमा ले लाएको त्यो घर पछाडी को करेसा बारी हो मलाई आमा को यादले सताएको, बुवा को मायाले बोलाएकै हो कुदेर गएर गोडा ढोग्न मन लाग्यो तर उफ्फ़ मेरो पर्देसी जीवन फेरि पनि कर्मथलो ले नै समय माग्यो केहि खान खोज्छु ,आमा ले बनाएको याद आउछ एति त खाइदे मेरो लागि भन्ने सब्द गुन्जिंछा ए मेरी आमा ,हे मेरा बुवा कति धेरै माया मलाई हजुरहरु सात समुन्द्र टाडा भए पनि त्यो हसिलो मुहार सधै आखा मा आउछ आमा आज भोलि मैले घुर्की लाएर खन्न भनेको कुरा खादैछु लौदिना भनेको कपडा खोजि खोजि लौदैछु सायद तिम्रो काख मा आएर लड्न लाई होला तिमि नजिक हुने दिन औला भाची भाची गंदैछु आब धेरै छैन आमा , चिन्ता नगरे हुन्छा बुवा म छिट्टै घर आउदैछु म छिट्टै घर आउदैछु
mikal · Apr 21, 2015 3:36 PM · 14,325 views
मैले सुने अनुसार अल्जैमरको इन्जेक्शन पाउछ रे , खोजि नीति पो गर्ने कि | नाना भाति सोच्ने दिमाग त मज्जा ले फोर्म्यात नै पो गरि दिन्छ रे नि |
stallon · Apr 21, 2015 4:59 PM
Sarai ramro kabita ani bhabanatmak sabda. Aama ko Maya bideshi mato ma kaha..
Xoom · Apr 21, 2015 10:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion