सेन्ट जेभियर्स स्कूलका फादरका हत्यारा १८ वर्षपछि पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सेन्ट जेभियर्स स्कूलका फादरका हत्यारा १८ वर्षपछि पक्राउ पछिल्लो समय प्रहरीले हाइप्रोफाइल हत्या घटनामा संलग्नलाई सार्वजनिक गरिरहेको छ। न्यायाधीश रणबहादुर बम र रानीबारी हत्याकाण्ड जस्ता पुराना र हाइप्रोफाइल घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान गरि मुद्दा अदालतसम्म पुर्‍यायो।    उपत्याकामै घटेको अर्को पुरानो घटना थियो सेन्टजेभियर कलेजका संस्थापक तथा संरक्षक ६५ वर्षिय फादर थोमस इ ग्याफ्नीको हत्या घटना।    सोमबार, महानगरीय अपराध महाशाखाले १७ वर्ष पुरानो ग्याफ्नीको हत्यामा संलग्न भन्दै दोलखाका गोकुल भन्ने ढालबहादुर खड्कालाई सार्वजनिक गरेको छ।    सिआइबीले समेत अनुसन्धान गरिरहेको यो हत्याकाण्ड आजसम्म अनुसन्धान सफल हुन नसकेको सबैभन्दा पुरानो घटना थियो।    सिआबीलाई उछिन्दै महाशाखाले हिजो अभियुक्त पक्राउ गर्न सफल भयो। खड्कालाई हिजो मात्रै प्रहरीले काकडभिट्टाबाट पक्राउ गरेको हो।    महाशाखा प्रमुख पुष्कर कार्कीले बताए अनुसार, प्रहरीले खड्काको मोबाइलनम्बर समेत पत्ता लगाएर निगरानी गरिराखेको थियो।    काम गरेबापत दिन्छु भनेको पैसा फादर ग्याफनी ले नदिएपछि उनको हत्या गरेपछि भागेर भारत पुगेका खड्का आफ्नो घर दोलखाको फोस्लु समेत कहिलै गएका थिएनन्।    घर आउन मन लागे पनि उनी काकडभिट्टा सम्म आएर फेरि भारत नै फर्किने गरेको उनले प्रहरीसंँगको वयानका क्रममा व्यक्त गरेका छन्।    उनले प्रहरीसंग आफूले फादर ग्याफ्नीको हत्या गरेको स्वीकार गरेका छन्।    प्रहरीको प्रारम्भीक अनुसन्धानमा घटनाको विवरण यस्तो छ:   भोटेबहाल बस्ने सिन्धुपाल्चोकका मानबहादुर भण्डारीले खड्कालाई फादरसंँग चिनाइदिएका थिए। त्यसपछि उनी फादरको घरेलुकाम सघाउन जाने गरेका थिए। घरको काममा गरेको सहयोग बापत खड्कालाई पैसा दिउँला भनेका थिए फादर ग्याफ्नीले। दिन्छु भनेको पैसा पनि दिन आनाकानि गरेपछि खड्कालाई झोँक उठिरहेको थियो।    फादरको घरमा आएर काममा सहयोग गर्ने खड्काले एकदिन दराजमा २२ हजार रुपैँया देखेँ।    २०५४ साल मंसीर २८ गतेको राति आठबजे आफ्नो कोठाबाटै दापसहितको खुकुरी लिएर फादरको घरमा पुगे। सुरुमा उनले खुकुरी टेवुल मुनि लुकाए। कफि खादैँ साढे १० बजेसम्म बसे।    आफूले मागेको पैसा फादरले नदिएपछि राति साढे १० बजे खुकुरी झिकेर खड्काले फादरको घाँटीमा प्राहर गरे। फादरको घाँटी रेटि हत्या गरेपछि उनी खुकुरी त्यहीँ छोडेर २२ हजार दराजबाट झिकिवरी त्यहाँबाट भागेँ। ललितपुरको कालो पुल भन्ने ठाउँमा पुगेपछि रगतपच्छे भएको आफ्नो लुगा फुकालेर नयाँ लुगा लगाएँ।    भोलिपल्ट बिहानै उनी दक्षिणकाली गएँ। दिउँसो साढे ३ बजे कालिमाटी फर्किदै गर्दा फादरको हत्याबारे सुनेपछि कलंकी पुगेर इटहरी जाने गाडी चढे। त्यसपछि उनी सिधै भारत पुगे। काठमाडौँमा भरिया मजदुरी गर्ने खड्का भारतमा गई घरेलु मजदुरी गरी गुजारा चलाउने गरेको प्रहरीले जनाएको छ।    हनुमानढोकाले अनुसन्धान गरि पक्राउ गरेपनि कानुनी कारबाही चलाउन ललितपुर महानगरीय परिसरमा खड्कालाई पठाएको छ।    को थिए फादर ग्याफ्नी?   २०१५ सालमा काठमाडौँ आएका अमेरिकी नागरिक फदर ग्याफ्नीले सेन्टजेभियर स्कुलमा पढाउन थालेका थिए। २०२६ सालमा सेन्टजेभियर सामाजिक सेवा केन्द्र खोलेर डारेक्टर भएका थिए।   त्यस्तै उनले  मुक्ति सेवाकेन्दै सातदोवाटो, अन्धा कल्याण केन्द्र नखिपोट, खोलेर सामाजिक काम गर्थे। त्यस्तै निशुल्क प्राथमिक उपचार सेवा प्रदान गर्ने काम समेत गर्थे। उनी, त्यहबाहेक पनि  विभिन्न सामाजिक कार्यमा संलग्न रहने गरेको प्रहरीले जनाएको छ।   ‘२०४१ सालमा उनले नेपाली नागरिकता लिएको पनि देखिन्छ,’ महाशाखा प्रमुख कार्किले भने। 

cybernepali · Apr 21, 2015 11:04 AM · 2,200 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all