मेरो नाम टंकबहादुर मल्ल ठकुरी, घर दाङ घोराही, हाल कन्सास सिटी संयुक्त राज्य अमेरिका. म एउटा सफ्ट्वेर कम्पनी मा सिस्टम एनालिस्ट को तह मा काम गर्छु, श्रीमती एक, दुई साना छोरी, आमा ले नेपालाँ छोरो पाउन पर्यो भनेर रोएर कराएर धूमचक्र. खैर भान्जी को बिहे मा नेपाल गैयो, सात बर्ष पछी गाको घर पुग्ने बित्तिकै सुटकेस तानतान, भान्जा, भतिजा, भाउजु, भिनाजु सबै ले आइ-फोन पाएनन भनेर मुख फुलाएर आधा दिन बसे। फेरी ठुल्दाइ को सालो जाँठो लाई अमेरिका विसा स्पन्सर गर्नु पर्यो रे, तुल्सिपुर मा किराना पसल थाप्ने मुजीलाई डलास आएर बिज्नेस गर्नु पर्यो रे, कुरा सुन्दै थप्पड हान्न मन लाग्ने. माइली भाउजु भोलीपल्ट बिहान चिया बोकेर कोठै मा आइपुगिन्, अन्डरवियर लगाएर सुत्या म, हतपत ओढ्ने ले आफु लाई छोपें, लाज को मर्दो। भाउजु को आफ्नै समस्या, उनकी दिदी कि छोरी को अमेरिका बस्या केटा सित बिहे रे, भतिजी लाई पनि ग्रीन कार्ड भा केटा खोजिदिनु पर्यो रे, चिया खाए पछी एक्छिन टाउको दुख्यो. पर्सी पल्ट बिहान स्वयम्बर, दिदी का साथी हरु, भाउजुका बैनी हरु ले च्यापेर सेल्फी खिचे आफुलाई भने एकैचोटी सात वटा वक्षस्थल ले छोइएको मा भयानक आपत, फोटो पनि मंसिर को जाडो मा पसिना पसिना भएको आयो जुन उनिहरुले तुरन्तै फेस्बुक मा राखे, पाँच मिनेट पछी हेर्दा दस वटा फ्रेन्ड्स रिक्वेस्ट अनी ती फोटा हरुमा १८ वटा लाइक्स, भएन अब? बेलुकी पख जन्ती आयो, आउनु भन्दा अघी सानो भिनाजु जाँड खाएर टिल्ल, मलाई आएर - "मुजी सालो भएर अमेरिका बाट स्कच ल्याउनु पर्दैन?" रे, ठुलो भान्जो ले नसाम्हाल्या भए झन्नै पिट्या थिए। गोडा धोए पछी ठुलि भाउजु की दिदी ले "त्यत्रो अमेरिका बाट आएको मामा ले खाम मा एसो डलर नहाल्या...." भनिछन् मेरो जाँड खाएर मात्तेको सानै देखी को साथी ले सुनेछ, भाउजुको भिनाजु र त्यस्को झन्नै मारामार, मोरो मदने सानै देखी ठीश, भाउजु को भिनाजु लाई " तँ मुजी बदिनी ठोक्न गाको मैले आफ्नै आँखा ले देख्याछु" भनेछ सारा संसार अगाडि. रात भरी जाग्राम बसियो, हाइ हाइ गर्दै ८ घन्टे बिहे सिद्धियो बिहान बिदावारि भैसकेपछी पो थाहा पाएँ सोफा मै निदाएछु। ठुलो भिनाजु लाई भान्जी बिदा नगर्या देखेर चित्त दुखेछ क्यारे त्यस्पछी बोल्दै बोलेनन. अमेरिका फर्किनु भन्दा एक दिन अघी मदने ले खान बोलायो, एसो तीन हजार रुप्पें खाम मा हालें त्यस्को छोरो लाई दिन भनेर, त्यहाँ पुग्दा त मोरो ले ४ तल्ले घर ठड्याएछ, गाडी पनि किनेछ, ठेका पट्टा राम्रै रैछ्, सितापाइला मा घडेरी नि किन्या छ रे, हतपत बाथ्रूम गएर खाम मा ३ हजार अझै थपेँ। मासु टोक्दै मदने रेड लेबल पिएर गफ दिन थाल्यो म भने एक बोतल स्यान मिगल मै टिल्ल. चार थरीको मासु खाएर पेट खराब, भात खानु अगाडि बाथ्रूम गएर मार छेरेँ, अनी बल्ल जिउ हल्का भो, बिहान देखी अटस पटस भा पेट तुरन्तै चङ्गा भो। हगी सके पछी हेर्छु ट्वाइलेट पेपर नाइं, अब परेन फसाद? घरां ठुल्दाइ ले म आउने भनेर १० रोल आफ्ना कोठाँ राख्या थ्ये, हग्न जान भन्दा अघी लान्थे समस्यै थिएन, अब मुजी मदने को शान्दार बाथ्रूम मा ट्वाइलेट पेपर नाइं। खैर घिन मानि मानि कसैगरी पानी ले चाक पुछेँ, हुनत पहिले नपुछ्या हैन तर १२ वर्ष अमेरिका बसाइ ले बानी बिगारेछ। अब एसो हेर्छु साबुन नाइं, साला ट्वाइलेट पेपर त छैन छैन साबुन पनि नाइं, सारा बाथ्रूम हेरें कतै छैन, त्यस्पछी मार पानी ले हात धोएं, बाहिर निस्केर साबुन माग्न मन लाग्याथ्यो तर भाउजु लाई भन्न लाज लाग्यो, उनिहरु आँफैलाई ग्लानी होला भनेर. गएर हेर्दा भात पस्कीसक्या रैछ् तर एउटा समस्या - चम्चा-काँटा नाइं, भाउजु लाई भनेर कसैगरी चिनी चलाऊने चम्चा ले भात खान लागियो, हगी सकेको पेट भोक ले खाली, सानो चम्चा को गांस कम, अनी त्यसमाथि मदने को गफ र स्यान मिगल लागेर टिल्ल भैयो, भात सिद्धिंदा एसो हेर्छु चम्चा खसेर काँ पुग्या रैछ् हात चाहिँ जुठो - भएन सत्यानाश ? ४ दिन पछी छोरी ले सोधी " Daddy what did you do in Nepal? " एसो हेरें, मनै खिन्न भो र मनमनै जवाफ दिएं "के हुन्थ्यो छोरी आफ्नै गु चाखेर आएँ" Last edited: 21-Apr-15 08:52 AM
sajhasexy · Apr 21, 2015 8:37 AM · 65,036 views
दंगाली ब्रो पर्यो कि ? : मेरो दाइको साथि पनि उतै तिरका का बडो विनोदी स्वभावको हुनु हुन्थ्यो| एक दिन खाना खादै गरेको बेला पातलो दालको झोल लाई व्यंग गर्दै : तिम्रो दालमा , दाल को गेडा भेट्टाउँन त लगौटी धरेर डुबुल्किनै लगाउनु पर्ला ? हामि साना ठिटा हरुलाई देखाउदै तै भएर यिनी हरु एति को यस्ता भएका ? अर्को दाइले व्यंग मार्दै आफ्नो अनुहार कहिले ऐनामा हेर्या छौ ? उनि सबै भन्दा दुब्ला र ख्याउटे देखिन्थे | अनि हाम्रो अन्न दाता को नाम पहिल्कोलाई माइकल अनि एस्लाई छै चार्ली राखी दिएका थिए अनि टोली भरि नामी थियो | पुराना सम्झना हरु|
magorkhe1 · Apr 23, 2015 8:46 AM
दंगाली ब्रो पर्यो कि ? : मेरो दाइको साथि पनि उतै तिरका का बडो विनोदी स्वभावको हुनु हुन्थ्यो| एक दिन खाना खादै गरेको बेला पातलो दालको झोल लाई व्यंग गर्दै : तिम्रो दालमा , दाल को गेडा भेट्टाउँन त लगौटी धरेर डुबुल्किनै लगाउनु पर्ला ? हामि साना ठिटा हरुलाई देखाउदै तै भएर यिनी हरु एति को यस्ता भएका ? अर्को दाइले व्यंग मार्दै आफ्नो अनुहार कहिले ऐनामा हेर्या छौ ? उनि सबै भन्दा दुब्ला र ख्याउटे देखिन्थे | अनि हाम्रो पहिलो दाता को अन्नमाइकल अनि तत्कालिन को नाम चार्ली राखी दिएका थिए अनि टोली भरि नामी थिe पुराना सम्झना हरु|
magorkhe1 · Apr 23, 2015 9:07 AM
साझाकामुक मित्रको हल्का मुख-छाडिएका सब्दले भरिपूर्ण नेपाल डायरी राम्रो छ , कुनै ठाउमा त लोलिदा लोलिदा झन्डै मरेको \ बाई द वे घोराई तिर 'ठ्यसने' भन्ने सब्द प्रयोग हुदैनन् जस्तो लाग्यो, कि के हो ? अनि गोर्खे सोल्टी सानो छदा 'फुकीढल ' हुनुहुन्थ्यो कि क्या हो ? हाम्रो टोलको रोशनचा जस्तै , बेपत्ता संग दौडेको बेला झन्डै झन्डै 'take -off ' नै गर्ला जस्तो \
nepalilaure · Apr 23, 2015 9:51 AM
मेरो बिचारमा पुर्बेलिको थेगो हो क्यारे ? आमा को होटेल हुदा मौलाउने ; होस्टेल बसाइ मा दुब्लाउने / हैन त्यो त दार नै तेस्तो रहेछ भन्नु पर्यो | तेतिखेर र अहिलेमा १०/१२ पाउण्ड मात्रै फरक ( थपिएको ) छ |
magorkhe1 · Apr 23, 2015 10:18 AM
dang ghorai ko tyo address ta chirparichit lagyo ni sexyji...
bhustigrekodai · Apr 23, 2015 12:25 PM
म मान्छे खानाबदोश जन्मे देखिन एक ठाउँ देखी अर्को ठाउँ हिड्या हिंडै, के गर्नु भावी ले खुट्टा मा चक्र लेखिदिए, कहिले कुनै बास-ठहर भएन, कहिले कसैले पत्त्याएन, यसै गरी बांचियो, यसै गरी मरिन्छ, तर ठाउँ धेरै देखियो, मान्छे धेरै चिनियो, त्यही सबै जोडेर हाँसाउने र गाली गलौज गर्ने गर्छु, जिन्दगी चली रा छ त्यति मात्र हो.
sajhasexy · Apr 23, 2015 9:38 PM
म मान्छे खानाबदोश जन्मे देखिन एक ठाउँ देखी अर्को ठाउँ हिड्या हिंडै, के गर्नु भावी ले खुट्टा मा चक्र लेखिदिए, कहिले कुनै बास-ठहर भएन, कहिले कसैले पत्त्याएन, यसै गरी बांचियो, यसै गरी मरिन्छ, तर ठाउँ धेरै देखियो, मान्छे धेरै चिनियो, त्यही सबै जोडेर हाँसाउने र गाली गलौज गर्ने गर्छु, जिन्दगी चली रा छ त्यति मात्र हो.
sajhasexy · Apr 23, 2015 9:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion