साथी अब म नेपाल फर्कन्नँ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथीलाई पत्र अमेरिकाबाट साथी तपाईँले पटक पटक गरी मलाई नेपाल फर्कन गरेको अनुरोधका लागि धन्यवाद। हो म मान्छु पाँच वर्षको अवधि लामो हुन्छ। अथवा भनौ एउटा सानो तिनो युग नै। यो पाँच वर्षमा घरका आफन्तहरुले पनि यस्तै यस्तै अनुरोध नगरेका हैनन्। तैपनि साथी म अमेरिकावाट फर्कन सकिरहेको छैन अथवा भनौं चाहिरहेको छैन। हुनत आफूलाई जन्म दिने आमा र आफ्नो जन्म भूमि प्राणभन्दा प्यारो हुन्छ भन्छन्। तरपनि साथी मानिसको जीवनमा गराई र भोगाई फरक फरक हुँदो रैछ। साथी, यता सानो तिनो काममा व्यस्त हुन्छु। काम सानो तिनो भए पनि रमाई रमाई गर्छु कारण मैले काममा कसैको चाकडी गर्न पर्दैन। काम कसैले गर्नेपर्छ भनेर प्रेसर हाल्दैन। हप्तामा काम भएको खण्डमा ४०–५० घण्टाको हाराहारीमा नभएमा ३०–४० घण्टा जोतिन्छु। कामका लागि कसैको ढोका कुर्दिनँ, कसैलाई नमस्ते कामकै कारणले गर्दिनँ। मैले कुनै हाकिमलाई खुसी पार्नू छैन वस काम गर्छु पैसा बन्छ। काम नभएमा पनि त्यत्ति सारो पिर लाग्दैन किनकि, एक दुई साता घरमा वस्नु न हो दोस्रो काम त पाई हाल्छु। साथी, जति पैसा बनाउँछु सन्तुष्ट छु किनकि, यो पाँच वर्षमा मैले पैसा भएन भनेर कसैसँग एक पैसा माग्नु परेको छैन। घर भाडा, बत्ती, पानी, टेलिफोन, किनमेलदेखि छोराको खर्च, श्रीमतिको खर्च अनि  नेपालमा भएका वुवा आमालाई पकेट खर्चसम्म यक्तिकै कमाईले धानेको छु। नेपालमा मनाइने दशैं, तिहार र अन्य चाड पर्व पनि अमेरिकामा बसेयता मनाएकै छु। यति गरिकन पनि खर्चका लागि कसैसँग ऋण काढ्नु परेको छैन। हरेक महिनाको अन्तमा लौ खर्च कसरी पुर्‍याउँ भनि पिरोलिन परेको छैन। साथी, नेपालमा घरी घरी वत्ती गएको सम्झन्छु। म आउँदा दिनमा १० घण्टासम्म लोडसेडिङ थियो। जुन अहिलेसम्म पनि कायमै छ। पानी पनि काठमाडौंका धारामा विरलै आउँथे। कति पटक त धारामा पानीका सट्टा लेदो माटो आएको सम्झना छ। यता ५ वर्षमा बत्ती गएको सम्झना छैन। धाराको पानी यति कञ्चन छ कि, सोझै खादा पनि कहिल्यै समस्या छैन। त्यस्तै मिसावटको ‘म’ सम्म नभएका खानेकुराका कुनै लेखाजोखा छैन।  साथी, देख्छु नेपालमा अहिले पनि पेट्रोलको समस्या क्यान्सर रोग जस्तै छ। उता वेला वेलामा खाना पकाउने ग्यासको पनि उस्तै हाहाकार सुन्छु। मान्छेहरुले खाना पकाउने ग्यास नपाएर २–३ दिनदेखि भात खान नपाएको कहानी कति हो कति। कहिलेकाही टिभीमा रित्ता सिलिण्डरहरुको ताति देख्दा वाल्ल पर्छु। यहाँ आएको पाँच वर्षमा साथी एक दिन पनि मैले यी समस्याहरु भोग्न परेको छैन। पेट्रोल, ग्यास हर दिन २४ सै घण्टा चाहेको अनुपातमा पाईन्छ। साथी, नेपालका राम्रा राम्रा स्कूलहरु साह्रै महंगो छन्। चार वर्ष अगाडि छोरालाई नेपालको मन्टेस्वरीमा भर्ना गराउँन लागेको २० हजार खर्च यताबाट पठाएको याद आउँछ। अहिले त झन कति हो कति। भर्ना शूल्क, खाजा शूल्क, कापी–कलम शूल्क, लाइव्रेरी शूल्क, बस शूल्क आदि आदि। स्कूल पनि हेरी हेरी महँगा। यता त साथी छोरा आएदेखि स्कूलका लागि १ पैसा पनि लागेको छैन। बस चढेर स्कूलमै खाना खाने गरि दिनहुँ छोरा स्कूल जान्छ। स्कूलमा के के गर्‍यो दिनहुँको टिपोट ल्याउँछ अनि व्यवहारीक शिक्षा लिन्छ। साथी, एक ढेड वर्षअघिको कुरा हुनुपर्छ नेपालका प्रख्यात डा. चित्रप्रसाद वाग्ले उपचार खर्चको अभावमा मरेका थिए। त्यस्तै अस्ती भर्खर पनि उदाउँदी गजलकार कौशला लामिछानेको मृत्यु उपचार खर्चकै अभावमा भयो। प्रचारमा आएका व्यक्ति बाहेक प्रचारमै नआई उपचार बिना मर्ने त कति हो कति। हरेक महिना जस्तो उता नेपालबाट ठूला भनाउँदाहरु करौडौ खर्च गरी यता अमेरिकामा उपचार गराउँन आउने त छँदै छन्। अमेरिकामा त साथी उपचारका लागि व्यक्ति प्रथम खर्च दोस्रो मान्यता हुँदो रैछ। आफूलाई केहि भएमा उपचार गराउन जाँदा हुने भइहाल्यो। के भएको हो उपचार पूर्ण हुन्छ अनि मात्र खर्चको प्रश्न तेर्सिन्छ। यहाँ खर्च धान्न नसक्नेका केटाकेटीहरुलाई १८ वर्ष नपुग्दासम्म उपचार खर्च पूरै फ्रि हुन्छ। साथी, नेपालमा कहिले बन्द कहिले हड्ताल, कहिले चक्काजाम त कहिले राँके जुलुस, कहिले स्कूल बन्द त कहिले कलकारखाना हडताल खबर सुन्दा सुन्दा आजित भैसक्यो। भीडभाड पनि ज्यादै। बसमा भीड, मन्दिरमा भीड, पैसा तिर्ने ठाउँमा भीड, पैसा लिने ठाउँमा भीड, बाटामा भीड, पढने ठाउँमा भीड, परीक्षा लिने ठाउँमा भीड, परीक्षा दिने ठाउँमा भीड, पसलमा भीड, विदेश जानेको भीड, विदेशबाट आउनेका भीड, नियम बनाउनेको भीड, नियम तोड्नेको भीड जताततै भिडम्भाड। यता त साथी बन्द हडताल भनेको आजसम्म सुन्या छैन हल्ला खल्ला पनि ज्यादै कम। सार्वजनिक ठाउँमा यसो एक दुई जना देखिन्छन् ती पनि वडो सर्तकता आफ्नो पालो पर्खेर बसेका हुन्छन्। भीडभाड त साथी कि त फिल्म हलमा अलिअलि कि त ग्रोसरी पसलमा, अन्त त खै मान्छे देख्नै गाह्रो गाडीहरु पनि बढो सर्तकता साथ आ-आफ्नो लेन अनुसार चलेका, ट्राफिक साइनमा रोक्नै पर्ने अनि रोकिएका, आफ्नो आफ्नो पालो कुर्न कुनै हिचकिचाट नगर्ने। साथी, यहाँ को कहाँ जाँदैछ, कस्ले के गर्दैछ, कति कमायो, के लगायो, कहाँ गयो चासो पट्टकै छैन। चाहे त्यो राष्ट्रपति नै किन नहोस्। फलानाको छोरा ठूलो भयो भनी न त इवि गर्नू छ न त नमस्ते नै। चोर आई सम्पत्ति सवै लग्ला कि भनि न त ठूलो पर्खाल लगाउनु छ न त भोटे कुकुर पाल्नु नै छ। आफ्नो पालो कसैले मिच्ला कि भनि न चाडो जानु छ न त पालो पाउन सोर्स लाउनु छ। यहाँ त साथी सिर्फ, नियम नमिचि जिन्दगी चलाउनु छ। नियममा वसी असल हुनु छ ठूलो हुनु छैन। यही नियममा बस्ने बानीले हो कि साथी अब त नियम तोडिनी ठाउँ प्रति त्यत्ती मोह पनि नलाग्दो रैछ। यी सबै कुराहरु सोच्दा खै म कसरी नेपाल आउँ साथी तपाई आफै भन्नुस? प्रकाशित मिति: आइतबार, बैशाख ६, २०७२ ११:००:२१

cybernepali · Apr 19, 2015 7:14 AM · 39,817 views

23 Replies · Showing 21 - 23
Page 2 of 2

Saathi ho. Yo duniyan ma paisa huna parchha. Paisa tanna bhaye ta Nepal nai thik chha ni. Huna ta sabai lai tyasto nalaglaa tara nepal pharkine haroo ma maily atleast 10 yrs or 10 yrs bhanda badi basera pharkeko dhekheko chhu. Afno pani tyahih plan ho..7 yrs bhayo. Next 3 years ma nepal pharkine b4 chha. Aba nepal pharkinu aghi yeso europe tour hanu ki bhanne sochdai chhu.

robwin · Apr 20, 2015 8:58 PM

suru mai aauna na hunay... 10 years ma afu sangai ko sathi haru Nepali ma well settled , well placed in career bhai sakyo.. aba budo face and ghanta jasto khuere attitude liyara k joke huna janay? we are the victims of confused show off Nepali society 10+ years ago.. we suffer because our society was dumb enough to think that US is heaven and as soon as we land we will be all set. our family did not think the consequences of staying away from family, nor did they have vision how hard it is for younge ones to work and pay or school.. now parents are more aware and they do not send their children to suffer in student visa.. we're the victim , now sit back and enjoy while life fks you from behind... hahaha

loperthapa · Apr 20, 2015 9:07 PM

loperthapa sahi kura garyo yaar

divorceguy · Apr 20, 2015 9:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all