H2kinfosys is an IT training institute based in Alpharetta, GA, United States of America. It is a well-known and widely recognized brand in providing online training services on several software technologies throughout the world. Our instructor’s main intention is to give much priority to course seekers by delivering innovative software training services with bunch of essential skills. Our instructors have designed Hadoop online training program that closely connects to present IT sector. They were expertise in giving appropriate solutions for your queries regarding the subject. We have a recruiting team, after completion of the course they will market your resume and help you in placement assistance according to the current IT job market requirement. Attend Free DEMO before join the class. Advantages of enrolling IT training classes with H2KInfosys: - Enroll once and enjoy a lifetime membership with access to all our live classes and materials. - Live, instructor led classes are available right from your desktop. - Unlimited access to all recorded sessions, available after every live class. - Real time project work sessions on various domains. - Walk into your next interview with confident as you attend our unlimited mock interview sessions. - Help with Resume preparation by our experts. - Recruiter driven placement service. - Syllabus built based on professional standards and employer insights - Instructors are Certified Experts in their corresponding field and they bring years of industry experience into the training classes. Contact Us: http://www.h2kinfosys.com/cour... Call: USA: +1- 770-777-1269. UK: (020) 3371 7615. Email: trainining@h2kinfosys.com , h2kinfosys@gmail.com. http://www.h2kinfosys.com/hado...
MikeWillson · Apr 16, 2015 5:09 AM · 1,754 views
H2kinfosys is an IT training institute based in Alpharetta, GA, United States of America. It is a well-known and widely recognized brand in providing online training services on several software technologies throughout the world. Our instructor’s main intention is to give much priority to course seekers by delivering innovative software training services with bunch of essential skills. Our instructors have designed Hadoop online training program that closely connects to present IT sector. They were expertise in giving appropriate solutions for your queries regarding the subject. We have a recruiting team, after completion of the course they will market your resume and help you in placement assistance according to the current IT job market requirement. Attend Free DEMO before join the class. Advantages of enrolling IT training classes with H2KInfosys: - Enroll once and enjoy a lifetime membership with access to all our live classes and materials. - Live, instructor led classes are available right from your desktop. - Unlimited access to all recorded sessions, available after every live class. - Real time project work sessions on various domains. - Walk into your next interview with confident as you attend our unlimited mock interview sessions. - Help with Resume preparation by our experts. - Recruiter driven placement service. - Syllabus built based on professional standards and employer insights - Instructors are Certified Experts in their corresponding field and they bring years of industry experience into the training classes. Contact Us: http://www.h2kinfosys.com/cour... Call: USA: +1- 770-777-1269. UK: (020) 3371 7615. Email: trainining@h2kinfosys.com , h2kinfosys@gmail.com. http://www.h2kinfosys.com/hado...
MikeWillson · Apr 16, 2015 5:09 AM
‘भूमिगत गिरोह’ भन्दै ज्ञानेन्द्र र धिरेन्द्रसँग लड्यौं पदम ठकुराठी pri सुन्नेबित्तिकै मेरो मनमा हामीले गरेका सहकार्यको क्षणहरु घुम्न थाले ०३४ सालताका राष्ट्रिय पञ्चायतको निर्वाचनमा म भर्खरै जितेर आएको थिएँ। त्यतिबेला जितेका रापंसहरुसँग राजाले एक्लाएक्लै कुराकानी गर्ने चलन थियो। पहिलो भेटमै मैले राजा वीरेन्द्रबाट पुरानै परिचितजस्तो व्यवहार पाएँ। एक डेढ घन्टै कुराकानी भयो। नयाँ शिक्षा योजना र स्वतन्त्र विद्यार्थी मण्डलको स्थापनामा मैले काम गरेको थिएँ। पञ्चायतलाई विचारसहितको युवा पुस्ताले मात्र धान्न सक्छ भन्ने अवधारणा मण्डलको थियो। यद्यपि पछिल्लो समयमा गुण्डागर्दी गर्ने मान्छेहरु पनि यसमा पसेर यसलाई ‘मण्डले' नामाकरण गराइ दिए। सुर्खेत भ्रमणताका राजाले मेरो पक्षमा दिएको संकेतकै आधारमा मैले रापंस जितेको थिएँ। त्यतिबेला त्यस्तै हुन्थ्यो। ‘हेर पदम तिमीलाई तत्काल कुनै पद दिएर फँसाउलान्,’ निस्कने बेलामा राजाबाट हुकुम भयो, ‘यो मन्त्री बन्ने लोभमा तिमी अहिल्यै नफँस्नु।’ राजाको इच्छा मैले केहि समयसम्म सांसदको रुपमा सक्रिय भूमिका खेलूँ भन्ने थियो। मैले ‘हुन्छ सरकार' भनेँ। त्यसको लगत्तै प्रधानमन्त्रीको छनोट हुनेवाला थियो। कीर्तिनिधि विष्टले राजीनामा गरिसकेका थिए। भावी प्रधानमन्त्रीका निम्ति राजदरवारबाट राष्ट्रिय पञ्चायतका अध्यक्ष रामहरि शर्मालाई एउटा पत्र आएको थियो। अनौपचारिक रुपमा छलफल गरेर योग्य व्यक्तिको नाम सिफारीस गर्नू भन्ने त्यसमा आदेश थियो। त्यो चिठ्ठीसँगै सदनका साना कोठाहरुमा छलफल सुरुभयो। सबैका सबैथरि विचार आउन थाले। त्यसैबीच उभेर मैले अध्यक्षलाई एउटा अनुरोध गरेँ, ‘प्रधानमन्त्रीका निम्ति जो जो उम्मेदवार बन्न इच्छुक छन् उनीहरुले कारणसहित हामीलाई यहाँ उभिएर प्रवचन दिनुपर्यो।' त्यसपछि सबै सदस्यले आ आफ्ना विकासक्षेत्रहरुमा गइ त्यसलाई अनुमोदन गरेर ल्याउन लगाउनु पर्छ भन्ने मेरो राय थियो। अध्यक्षले त्यसैलाई स्वीकार गरे। नगेन्द्रप्रसाद रिजाल, केआइ सिंह, अध्यक्ष शर्मा आफै र सूर्यवहादुर थापा गरेर चारजना उम्मेदवार बने। त्यहाँभरिमा सबैभन्दा दह्रो कुरा थापाकै लाग्यो। उनले जनमतसंग्रहमा पञ्चायतलाई जिताउने स्पष्ट अडान तर्कसहित राखेका थिए। म त सुरुदेखि नै पञ्चायतको समर्थक थिएँ। सूर्यवहादुरकै कुराले मन छोयो। म खुलेरै लागेँ। थप साथीहरुसँग सल्लाह गरेपछि मेरो विकास क्षेत्रबाट पनि उनको एक्लो उम्मेदवारी सिफारीस गरेर पठायौं। त्यसको दुई दिनपछि नै नवराज सुवेदीले मलाई पुल्चोकस्थित उनको निवासमा खान बोलाए। त्यहाँ त पहिलेदेखि नै सूर्यवहादुर थापा रहेछन्। कुराकानीकै क्रममा थापाले एउटा कागज निकालेर मेरो हातमा थमाइदिए। त्यसमा विभिन्न मन्त्रालयको नाम लेखिएको थियो। ‘लौ पदम जी एउटा मन्त्रालय तपाईले छान्नु पर्यो,' भने। मलाई झसंग राजाको अनुहार याद आयो। तत्काल मन्त्री बन्दिनँ भनेर उता वचन दिएको थिएँ। त्यसैले थापाको नजिक रहेरै मैले राष्ट्रिय पञ्चायतमा भूमिका निभाउन थालेँ। उता राजाको हुकुम मैले सक्रिय सांसद बनिदिनु पर्यो भन्ने थियो। यस्तोमा मैले मन्त्रिपरिषद नभइ स्वयं पञ्चायती व्यवस्था भित्रै रहेका विकृति र कमी कमजोरीहरु खोज्ने र त्यसमा बोल्ने काम सुरु गरेँ। मेरो पहिलो आक्रमण गाउँफर्क विरुद्ध थियो। सुरुमा त गाउँफर्कका प्रतिनिधि त्यहाँ उपस्थित नरहेकाले बोल्नै पाइँदैन भने। मैले अडान लिएँ, बोलेँ र नजिरै बस्न गयो। पञ्चायतलाई भित्रभित्रै खोक्रो बनाइरहेका अरु पनि के के छन् भनेर मैले खोज्न थालेँ। एउटा भयावह समूहलाई मैले पहिलेदेखि महशुस गर्दै आइरहेको थिएँ। दरबारबाटै संरक्षित र परिचालित त्यो समूहले राज्यसञ्चालनमा समानान्तर भूमिका निभाइरहेको थियो। राजा महेन्द्र हुन्जेल यस्ता कुराहरु उठेका थिएनन्। भाइहरुले व्यापारसम्म गर्थे। वीरेन्द्र आएपछि त उनको कमजोरीलाई टेकेर पैसाकै निम्ति गर्ने नगर्ने सबै काम थालिदिए। वीरेन्द्रले राजा हुनेबित्तिकै एकपटक राजपरिवारका सदस्यले व्यापार गर्न पाउने कि नपाउने भनेर निधो गर्नका निम्ति आयोगै बनाउने घोषणा गरेका थिए। त्यतिबेला यो शक्ति निकै नै चल्मलाएको थियो। उनीहरु सत्तामा कतै देखिन्थेनन्। तर, एक हिसाबले मुलुक पूरै आफैँ हाँक्न खोज्थे। मैले त्यस्तो समूहलाई ‘भूमिगत गिरोह' र ‘गैर संवैधानिक शक्तिकेन्द्र' नाम दिएर राष्ट्रिय पञ्चायतमा बोल्न थालेँ। यो २०३५–२०३७ सालताकाको कुरा हो। त्यतिबेला सोझै भन्न नमिल्ने भएपनि भूमिगत गिरोह भनेको ज्ञानेन्द्र र धिरेन्द्रको ग्यांङ नै थियो। यिनीहरु नै माफियाका एजेन्ट पनि थिए। कुनैपनि मुलुकको शक्तिशाली मान्छेका नजिकको मानिसलाई हातमा लिएर गैरकानुनी काम गराउनु नै माफियाको उद्देश्य हुन्थ्यो। पञ्चायत कालमा ज्ञानेन्द्र र धिरेन्द्रजत्तिको शक्तिशाली त कोहि हुन्थेनन्। त्यसैले यिनीहरु नै माफियाको गोटी बन्न पुगे। भूमिगत गिरोह शब्दलाई प्रधानमन्त्री रहेकै बेला पछि सूर्यबहादुर थापाले पनि प्रयोग गरे। मेरो स्वर झनै चर्को बनिदियो। त्यसपछि लगत्तैको चुनावमा मलाई उनीहरुले भएभरका बल लगाएरै हराइ दिए। त्यतिबेला शक्तिशाली अञ्चलाधिशले समेत परैबाट निहुरेर नमस्ते गर्ने व्यक्ति हेलिकोप्टर चढेर सुदूरपश्चिम पुगेका थिए। व्यारेकबाटै ति व्यक्तिले मलाई जसरी पनि हराउनु पर्छ भनेर निर्देशन दिएको जानकारी मैले सुत्रहरुबाट पाएको थिएँ। ति व्यक्ति भनेको अरु कोहि नभएर स्वयं धिरेन्द्र थिए। त्यतिबेलै सरकारी उम्मेदवारका रुपमा एलपी विष्ट खडा गरिए। नतिजामा उनी पनि हारे र म पनि हारेँ। लबरु राना थारुले जिते। यसरी राजनीति गर्ने ढोका मेरोनिम्ति थुनिदिएपछि अब के गर्ने? मजस्तै त्यो भूमिगत शक्तिले किनारा लगाइदिएका थुप्रै साथीहरु थियौं। युवा पञ्चका संयोजक जनार्दन आचार्य थिए। आचार्यले एकदिन खानाखान बोलाए। उस्ताउस्तैहरुको गतिलै जमघट थियो। अब के गर्ने भन्ने चर्चा चलिरहँदा पत्रिका निकाल्ने कुरा उठ्यो। भूमिगत गिरोहलाई नङ्ग्याउने र राजनीतिलाई पनि अगाडि बढाउने काम यो पत्रिकाबाटै हुनसक्छ भन्नेमा सबैको सहमति बन्यो। सम्पादकका रुपमा मलाई नै अघि सारियो। सुरुमा त मानिनँ। तर, जनार्दन जीकै प्रस्ताव आएपछि मैले नाइ भनिरहन पनि सकिनँ। हामी साथीहरु सबैले १४–१४ हजार रुपैयाँ उठायौं। पत्रिकाको नाम पनि ‘साप्ताहिक मञ्च' भनेर तय भयो। त्यतिबेला पत्रिका निकालेर भूमिगत गिरोहको भण्डाफोर गर्नु सजिलो काम थिएन। कुनै न कुनै बलियो आड चाहिन्थ्यो। जनार्दन जी र म मिलेर एकपटक सूर्यबहादुर थापासँग कुरा गर्ने निधो गर्यौं। २०२९ सालमै थापाले शासन दरवार र सिंहदरवार दुवैतिरबाट चल्दा समस्या भयो भन्दै सिंहदरवारलाई मात्र शासनको अधिकार सुम्पनु पर्ने कुरा गरेका थिए। ‘ओहो यो कुराको त म पहिलादेखि नै विरोधी हुँ,' मालिगाउँ निवासमै थापाले भनिहाले ‘लौ मिलेर अघि बढौं।' त्यसको केहि पहिले प्रधानमन्त्री भएकै बेलामा सूर्यबहादुर थापालाई अधिराजकुमार ज्ञानेन्द्रले बोलाएर जापानबाट कपडा झिकाउनका निम्ति सरकारी कोषको पैसा माँग गरेका रहेछन्। त्यसका निम्ति दाई (राजा)सँग पनि कुरा गरिसकेको र हुकुमै भएको ज्ञानेन्द्रको भनाइ थियो। थापाले राजाको आदेश हो भने म गरिहाल्छुँ भनेर पन्छिएछन्। पछि बुझ्दा त राजा वीरेन्द्रलाई त्यो कुराबारे जानकारीसम्म पनि रहेनछ। यस्ता यस्ता धेरै कुराले यि दुईथरि बीचमा ‘टसल' परिरहेकै रहेछ। यसरी सूर्यबहादुर थापासमेत जोडिएपछि भूमिगत गिरोहलाई नाङ्गो पार्ने हाम्रो ‘मिशन'ले अझ ब्यापकता पायो। केहि ब्यापारीहरु भने यो पत्रिकामा सम्पूर्ण पैसा नै सूर्यवहादुर थापाको रहेको सोचाइ राख्थे जुन सरासर गलत थियो। एकपटक त दुरसञ्चारको एउटा समाचारलाई लिएर मोहनगोपाल खेतान थापाकहाँ गुहार माग्न गएछन्। थापाले मलाई बोलाए। खेतान त्यहीँ बसेका थिए। ‘यिनी मेरा सहयोगी हुन्,' थापाले भने, ‘कुनचाहिँ समाचारले यिनलाई समस्या भएछ। सुनिदिनुस् न।' मैले खेतानलाई सोधेँ। उनले टेलिकमको भनेर सुनाए। ‘तपाइँको व्यक्तिगत मानहानी हुनेकिसिमको समाचार भइदिए एउटा कुरो,' मैले भनेँ, ‘भ्रष्टाचार भएकै सत्य समाचारको म कुनै हालतले खण्डन छाप्दिनँ।' सूर्यबहादुरजीले खण्डन गरिदिनुस् भन्नुभए पनि मैले छापिनँ। यसरी त्यो पत्रिकाको सर्वेसर्वा सूर्यवहादुरजी नै हुन् भन्ने कुराको भ्रम तोड्नुपरेको थियो। भूमिगत गिरोहको विरुद्धमा लाग्ने समान उद्देश्यमा भने हामी डटेर साथसाथै अघि बढ्यौं। ज्ञानेन्द्र र धिरेन्द्रका एक एक बदमासीहरु हामीले सार्वजनिक गर्न थाल्यौं। एकपटक त भक्तपुरमा भूपतिन्द्र मल्लले बनाएको मन्दिरको गजुर झिक्न क्रेनै लिएर गएका थिए। मध्यरातमा क्रेन पुगेको रहेछ। त्यतिबेला त्यहाँका डिएसपी रुपक शर्मा थिए। थाहा पाउनेबित्तिकै मन्दिर पुगेछन्। सोधपुछ गर्दा ‘अधिराजकुमार ज्ञानेन्द्र सरकारले पठाइबक्सेर गजुर लिन आएको' भनेछन्। रुपकले ‘यो रातको १२ बजे यस्तो महत्वपूर्ण पुरातात्विक सम्पदा झिकेर लैजान म अधिराजकुमार त के राजाकै आदेश लिएर आएको भनिए पनि छोड्नेवाला छैन' भनेर फर्काइदिए। पञ्चायतको बेला, चोर्नै आएपनि ज्ञानेन्द्रको नाम लिएका छन्। रुपकलाई निकै गाह्रो भएछ। त्यतिबेला खरिपाटीमा रुपकका साथी एवं मेरो ज्वाइँ ज्ञानजंग थापा मेजर थिए। रुपकले ज्वाइँसँग सल्लाह मागेछन्। ज्वाइँले ‘ढिलो नगरेर मिडियामा यो कुरा दिइहाल् नत्र गइस्' भनेपछि रुपकले विहान छ बजे नै मलाई फोन गरे। मेरोनिम्ति यो ‘स्कुप न्युज' थियो। तर, विचरा रुपकको चाहिँ सातै दिनमा अप्ठेरो ठाउँमा सरुवा भइदियो। यस्ता थुप्रै घटना छन्। पछि त मलाई गोली नै हिर्काए। भूमिगत गिरोहले दिएको त्यो चोट आज पनि मेरो खोपिल्टो परेको निधार र देब्रेतर्फको नक्कली आँखाले बोकिरहेको छ। खासमा ०३६ सालको जनमतसंग्रहबाट भूमिगत गिरोहसँगको मेरो विभेद र सूर्यबहादुर थापासँगको सहकार्य सुरुभएको हो। त्यतिबेला पञ्चायतलाई उदार बनाउने र विस्तारै नेपालीलाई सबैखाले प्रजातान्त्रिक हक अधिकार दिँदै जाने पक्ष लिएर हामी अघि बढेका थियौं। सूर्यबहादुर थापाको नेतृत्व दह्रो थियो। उनी त विहान चार बजे उठिसकेका हुन्थे। सूर्यबहादुरको सबैभन्दा अचम्मको गुण भनेकै उनी चार बजे उठेर आधाघन्टा नबित्दै के कसो गर्ने भन्ने कुरा दिमागमा खेलाइसकेका हुन्थे। जनमतसंग्रहका बेला वालिग मताधिकारलाई नमान्ने भन्दै पञ्चायत पक्षधरसँगै अलग्गिएर बसेका तुलसी गिरीलाई समेत साढे चार बजे भेट्न बोलाएका थिए। त्यसपछि बल्ल गिरी टुँडिखेलको पञ्च र्यालीमा बोल्न तयार भएका हुन्। यसरी धेरै मेहनत गरेर थापाले पञ्चायतलाई जिताएका थिए। त्यतिबेला जंगल काट्ने लाइसेन्स ब्यापक रुपमा वितरण भएको र त्यसबाट ठूलो पैसा संकलन गरेर पञ्चायतलाई जिताउन लगाएको भन्ने पनि साँचो हो। यसरी जितेपछि पञ्चायत हामीले वाचा गरेअनुसार प्रजातन्त्रको बाटोमा हिँड्ला भनेको झनै खतरनाक पो भएर आयो। सुधारिएको पञ्चायती व्यवस्थाका नाममा मलगायत ६७ जनाले बनाएको र राजदवारले नै अनुमोदन गरेको मस्यौदा रद्दीको टोकरीमा पुग्यो। ‘पञ्चायत र बहुदलमा नामबाहेक कुनै कुराको फरक हुनेछैन' भनेर भोट माँगेका थियौं। मस्यौदामा हामीले राजाको सर्वोच्च नेतृत्व हुन्छ भनेका थियौं। पछि आएर यता लावतीजीहरु एउटा छुट्टै समूह बनाएर सर्वोच्च होइन सक्रिय नेतृत्वको कुरा पो झिक्न थाले। पशुपति शम्शेरहरुको पनि सक्रिय नेतृत्वकै लाइन थियो। ‘पञ्च भेला' नाम दिइएको कट्टरपन्थीहरुको यो समूहलाई भूमिगत गिरोहले पनि साथ दियो। यसरी मस्यौदामा रहेको राजाको सर्वोच्च नेतृत्वलाई ‘रिजेक्ट' गरेर सक्रिय नै बनाए। कालान्तरमा ज्ञानेन्द्रसँग सुर्यबहादुर फेरि कसरी नजिकिए म भन्न सक्दिनँ। किनभने म त्योताका उनीसँग नजिक थिइँन। तर, राजनीतिमा एउटा परिस्थितीले मान्छेलाई डोर्याउँछ। त्यत्रो विरोध गरेको र गोली नै खाएको मै पनि राजा भइसकेपछि ज्ञानेन्द्रसँग भेट्न खोजेको थिएँ। तर, भेट दिएनन्। उनले पुरानै इख पालेर बसेका रहेछन्। खासमा मलाई यो पछिल्लो भेटको चाह राजतन्त्रप्रतिको मोहले भएको थियो, व्यक्ति ज्ञानेन्द्रका कारणले होइन। म त्यो संस्था बाँचोस् भन्ने चाहन्थेँ। यसरी राजासँग भेट नमिलाउने पशुपतिभक्त महर्जनले एकैपटक मलाई अञ्चलाधीशको नियुक्ति दिने विषयमा टेलिफोन गरे। मैले अस्विकार गरेँ। पञ्चायतमा अञ्चलाधीश भनेको संवैधानिक पद थियो। पछिल्लो समय त्यहि पद राजाको लहडमा पुनर्जन्म गराइएको थियो। त्यसैले मलाई त्यतातिर जानु नै थिएन। मैले राजासँग भेट्न चाहेको कारण ‘जे हुनु थियो भइगयो। यो शरच्चन्द्र शाहजस्ता मान्छेसँग अब पनि नजिक भइरहनु उचित हुँदैन' भनेर सल्लाह दिनु थियो। त्यो बेला शाह नै ज्ञानेन्द्रका सबैभन्दा नजिकका मान्छे थिए। एकहिसाबले उनले फेरि समानान्तर सत्ताको पुनर्जन्म गराइरहेका थिए, पञ्चायतमै जस्तै। उतिबेलै भूमिगत गिरोहका मुख्य हर्ताकर्ता शाहले यत्रो समयको फेरबदलपछि पनि फेरि त्यहि फोहोरी अभ्यास गरिरहेका थिए। निकैपछि, नारायणहिटीबाट निस्केर नागार्जुन पुगिसकेपछि उनै पशुपतिभक्तले फोन गरेर राजासँग भेट्ने समय दिए। ‘त्यतिबेला भेट्नका निम्ति राजासँग समय थिएन,' मैले भनिदिएँ, ‘के गर्नु? अब अहिले भेट्नका निम्ति मसँग समय छैन।' मेरो जवाफ पुरा हुन नपाउँदै पशुपतिभक्तले फोन राखे। हामी एउटै विचारधाराको मान्छे भएर पनि सूर्यवहादुर जीसँग म कहिले नजिकिएँ भने कहिले टाढिएँ। भूमिगत गिरोहको विरोधमा हामी सदैव एउटै मोर्चामा थियौं। थापाको सक्रियतालाई चाहिँ मान्नै पर्छ। २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनालगत्तै पञ्चहरुको पार्टी बन्ने भयो र उनलाई त्यसमा अध्यक्ष राखिने भएन भन्ने थाहा पाउनेबित्तिकै दौडादौड बौद्धतिर भेला गराएर उहि दिन उहि नामको अर्को पार्टी खोलिहाले। त्यतिबेला पनि म थापासँगै थिएँ। सूर्यवहादुर जीको कमजोरी भनेकै पद र शक्तिविना बाँच्न नसक्नु हो। र, त्यहि कमजोरीले दिने उर्जा उनमा यति धेरै थियो कि जहिल्यै सक्रिय भइरहन्थे। सूर्यबहादुर जी राष्ट्रवादी थिए। भन्न त धेरैले भारतसँग नानाथरि जोड्छन्। ति भन्नेकै कुरा होलान्। उनी राष्ट्रवादी र त्यत्तिकै प्रजातन्त्रवादी पनि हुन्। उनको स्वर्गारोहण भएकामा साह्रै दुःख लागेको छ। जुन परिस्थितीमा उनी जनताको छोरा पुग्ने सर्वोच्च पदमा पुगे र जे जस्तो भूमिका निभाए, त्यसको आधारमा प्रजातन्त्रप्रतिको उनको प्रतिवद्धताको मूल्यांकन इतिहासले गर्नेछ भन्ने मलाई विश्वास छ।
_____ · Apr 16, 2015 7:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion