नेपालका अरबपतिहरुले हाँक्ने करोडौं जाने गाडीहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उद्धव थापा/जनक तिमिल्सिना काठमाडाैं, चैत्र २९ । गाडी सामान्य नेपालीका लागि 'विलासिता'को साधन होला । तर, त्यही गाडी सम्पन्नता हासिल गरेकाहरुका लागि 'प्रतिष्ठा र सौख' दुवै बन्ने गर्छ । आर्थिक विकासका हिसाबले कमजोर मानिने मुलुक हो नेपाल । त्यसैमा यहाँका सडकहरुको अवस्था झन दयनीय छ ।   तर, तिनै सडकमा करोडौ मुल्यका विलासी कारहरु कुद्छन । अझ काठमाडौंका सडकहरुमा सामान्य नेपालीलाई नयाँ स्कुटर चलाउँदा नै मनमा घोच्छ-कोरिएला, टुटला भन्ने चिन्ताले ।  तर, तिनै सडकमा नेपालका सम्पन्नता हासिल गरेका केही ब्यवसायी, उद्योगी, बैकरहरु रहरलाग्दो गरी करोडौंका चिल्ला कारहरु गुडाउँछन ।  ती मध्ये केहीका लागि करोडौंको कार चढ्नु आवश्यकता होला त केहीका लागि सौख । जे भएपनि त्यस्ता धेरै नेपाली छन्, जो ३ करोडदेखि ५० लाखभन्दा माथिको गाडीमा हुइकिन्छन् । महंगा गाडीमा हुइकिने १६ नेपालीका र उनीहरुले प्रयोग गर्ने  गाडी :  १) कैलाश सिरोहिया कान्तिपुर समूहका अध्यक्ष कैलाश सिरोहिया धेरै महंगो गाडी चढ्ने ब्यवसायी मध्येमा पर्छन । नेपालको प्रतिष्ठीत मिडिया 'कान्तिपुर समूह'का अगुवा सिरोहिया ३ करोड मुल्य बराबरको मर्सिडिज एसयुबी चढ्छन । यसबाहेक उनीसँग २ करोड मुल्य पर्ने हमर र डेढ करोडको रेञ्ज रोभर पनि छ । २) विनोद चौधरी नेपालका एकमात्र डलर अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि महंगो गाडी चढ्छन । उनीसँग रेञ्ज रोभर छ । यस गाडीको नेपाली बजारमा २ करोड रुपैयाँभन्दा बढी पर्छ ।     ३) आङछिरिङ शेर्पायति एयरलाएन्सका मालिक आङछिरिङ शेर्पा बिएमडब्ल्यु चढ्छन् । जसको मुल्य करिब २ करोड रुपैयाँ पर्छ । उनी हर्वाइ क्षेत्रको व्यवसाय मार्फत पछिल्लो समयमा सर्वाधिक सफलता हासिल गरेको ब्यवसायी मध्येमा पर्छन । उनको लगानी हस्पिटालिटीका क्षेत्रमा पनि रहेको छ ।   ४) सुरज वैद्य नेपाल उद्योेग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य गाडीका पारखी मध्येमा पर्छन । वैद्य अर्गनाइजेशनका अध्यक्ष समेत रहेका उनी झण्डै  एक करोडभन्दा बढी मूल्यको टोयटा फच्र्युनर हाँक्छन । सुरज त्यस्ता ब्यवसायी हुन्, जो आफै गाडी हुइकाउन रुचाउँछन् । उनले वैद्य अर्गनाइजेनशन मार्फत नेपालमा टोयोटा ब्राण्डको गाडी विक्री गर्छन् ।     ५) सौरभ ज्योती ज्योती समूहका निर्देशक सौरभ ज्योती पनि गाडीका पारखी ब्यवसायीहरुमा पर्छन । उनी १ करोड मुल्यको होण्डा एकोड चढ्छन । उनीसँग होण्डा इनसाइट पनि छ, जुन पेट्रोल र ब्याट्रीबाट चल्छ । जसलाई हाइबि्रड कार भनेर पनि चिनिन्छ । होण्डा इनसाइटको मूल्य करिब ८० लाख रुपैयाँ पर्छ । यस्ता गाडी नेपालमा दुई वटा मात्र छन् ।  मोटरसाइकलका समेत सौखिन सौरभ अक्सर मोटरसाइकलमा यात्रा गरिरहेका हुन्छन् ।   ६) शेखर गोल्छा गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छा नेपालमा नाम कहलिएको अर्को ब्यवसायिक घरानाका लिडर हुन । आफै गाडी हाँक्न रुचाउने उनी फक्सवागन टोरेग चढ्छन । जसको मूल्य झण्डै करिब १ करोड ५० लाखभन्दा बढी पर्छ ।      ७) पशुपति मुरारकानेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष पशुपति मुरारकका ल्याण्ड रोभर चढ्छन । मुरारका पनि आफै गाडी हाँक्न रुचाउने व्यवसायी मध्येमा पर्छन । उनको गाडीको मुल्य झण्डै १ करोडभन्दा बढी पर्छ ।     ८) विनोद ज्ञवाली रिपब्लिक मिडियाका अध्यक्ष विनोद ज्ञवाली पनि रेञ्ज रोभर चढ्छन । जसको मुल्य नेपाली बजारमा करिब २ करोड रुपैयाँभन्दा बढी पर्छ । रिपब्लिक मिडियाअन्र्तगन नागरिक दैनिक, रिपब्लिका र शुक्रबार साप्ताहिक प्रकाशन हुन्छ ।     ९) साहिल अग्रवाल   जगदम्बा ग्रुपका निर्देशक साहिल अग्रवाल २ करोड मुल्य पर्ने हमरमा हुइकिन्छन् । यस ग्रुप अन्र्तगत जगदम्वा सिमेन्ट, जगदम्वा छड लगायत विविध क्षेत्रमा उनीहरुको लगानी रहेको छ ।     १०) मीनबहादुर गुरुङ नेपालमा सुपर मार्टेक कल्चर भित्र्याएको श्रेय पाएका प्रतिष्ठित व्यवसायी हुन मीनबहादुर गुरुङ । उनले भाटभटेनी नाममा देशभर ८ वटा ठूला सुपरमार्टेक चलाइरहेका छन् । वाणिज्य बैंकबाट जागिर सुरु गरेका गुरुङ पछि व्यापारमा लागेका थिए । श्रीमतिको सुन विक्री गरेर व्यवसाय सुरु गरेको दावी गर्ने गुरुङ अहिले मर्सिडिज एसयुबी र ल्याड रोभर प्रयोग गर्छन् । मर्सिडिज एसयुबीको मूल्य करिब २ करोड र ल्याड रोभर करिब एक करोड रुपैयाँ पर्छ ।     ११) अरुण चौधरी एक मात्र नेपाली डलर अर्वपति विनोद चौधरीका भाई अरुण चौधरी रेन्ज रोभर र सुजुकी ग्राण्ड भिटारा चढ्छन् । सुजुकी, टिभिएस ब्राण्डको मोटरसाइकल, सिजी मार्ट र सिजी हिल्स अरुण चौधरीले हेर्छन । उनले चढ्ने गाडीको रेन्ज रोभरको मूल्य करिब २ करोड पर्छ भने सुजुकी ग्राण्ड भिटारा करिब ८० लाख रुपैयाँ पर्छ ।   १२) अनुज अग्रवाल विशाल ग्रुपका निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवाल फक्स वागनको टिगुवन चढ्छन । नेपाली बजारमा उक्त गाडीको मूल्य करिब ७५ लाख रुपैयाँ पर्छ ।   १३) विष्णु अग्रवाल अटो व्यवसायी विष्णु अग्रवाल स्कोडा लाउरा सेडान कार र स्कोडा यति एसयुभी चढ्छन । अग्रवालको एमएडब्लु इन्टरप्राइजेज अन्र्तगत यामाहा मोटरसाइकल, स्कोडा गाडी र जेसीबी ब्राण्डको हेवी इक्विपमेन्ट नेपालमा भित्र्याउँछन । उनले चढ्ने स्कोडा लाउरा सेडान कारको मूल्य ६० लाख रुपैयाँ र स्कोडा यति एसयुभीको मूल्य ८० लाख रुपैयाँ पर्छ ।    १४) अनिल शाह नेपालमा बैंकर सेलिब्रेटी भनेर चिनिएका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह रेन्ज रोभर चढ्छन । यसअघि नविल बैंकको सिइओ भएका शाहले विभिन्न कारण चर्चामा आउने गर्छन् । अन्य बैंकरको तुलनामा शाह सामाजिक कार्यहरुमा पनि सक्रिय रहन्छन् । उनले चढ्ने रेन्ज रोभरको मूल्य करिब २ करोड रुपैयाँ पर्छ ।     १५) रामेश्वर थापा सञ्चार र हवाई व्यवसाय व्यवसाय गरिरहेका क्याप्टेन रामेश्वर थापा ल्याण्ड रोभरमा हुइकिन्छन् । उनको थि्रएनआई अन्र्तगत अन्नपूर्ण पोष्ट प्रकाशन भइरहेको छ भने सिमि्रक एयरलाइन्स अन्र्तगत हवाईजहाज र हेलिकप्टर सञ्चालन गर्छन । उनले चढ्ने ल्याण्ड रोभरको मूल्य १ करोड रुपैयाँभन्दा बढी पर्छ ।     १६) रामकृष्ण प्रसाईंनेपाली ब्राण्डको चर्चित जुत्ता शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईं सुजुकी ग्राण्ड भिटारा चढ्छन । उक्त गाडीको मूल्य नेपाली बजारमा करिब ८० लाख रुपैयाँ पर्छ ।      http://www.nepalipatra.com/new...

cybernepali · Apr 13, 2015 7:30 AM · 19,762 views

14 Replies

Sad to see none of the Nepalese in the expensive car list have car worth more than $100k. The Hummer H3 costs around $30k, including 200% tax in Nepal, the price should have been around 100k. Why is it priced 2 crore? thats more than 600%. Insane.

helpjava11 · Apr 13, 2015 8:05 AM

Anybody recollect Bhuwan KC's Lamborghini?

mangale · Apr 13, 2015 8:25 AM

Honda Accord नै १ करोड़ , थुईया ।।।

atomic · Apr 13, 2015 9:04 AM

How does anyone drive a low clearance car in the pothole jungle ( so called "sadak") of kathmandu valley? I bet you can't even drive 1km anywhere inside the valley

sajhamitra · Apr 13, 2015 9:08 AM

आफुले चलाएको गाडी लागेको खण्डमा कति भन्सार लाग्छ ? लैजाउकि क्याहो एउटा ?

magorkhe1 · Apr 13, 2015 10:55 AM

Yi sabai thug hunn. Kaanoon na bhako desh ma nai mancche chito arabpati banna sakcha.

Hydrogen Sulphide · Apr 13, 2015 2:45 PM

These people are worth 20 - 200 million dollars and looking at their cars, i would say they are still living humble. Again with how much worth they are they are still spending very little on cars. I know few people who are merely worth 2 million dollars in Nepal and are driving 200K cars. Again, these people on the list buy their cars from VAT stolen money. Its Nepali People's cars actually LOL. Bastards bought them with our parents tax paid amounts.

sidster · Apr 13, 2015 4:00 PM

the marwaris have become pretty much the kingmakers of nepal. all the big corporate houses belong to them . they are investing in foreign lands and evading taxes at home.in 20-30 yrs time, i think the whole nepali politics and economic sectors will be in their hands.

shiva_linga · Apr 13, 2015 9:54 PM

Sidster, Nepalis in US drive 40,000 bmw while they make 50,000 a year. Does that make them not humble? I think what people do with their money is their own business.

funtush · Apr 14, 2015 8:42 AM

Last edited: 15-Apr-15 02:30 AM

Keyser Soze · Apr 14, 2015 9:28 AM

funtush....living humble is a choice. I am not arguing whether its good or bad. My point was that i was not surprised with the arabpati's vehicles of choice. Looked just normal and nothing extravagant to me.

sidster · Apr 14, 2015 12:12 PM

nepal ko Don haru le pajero chalayera hidcha k kura garne.

divorceguy · Apr 14, 2015 7:13 PM

5% of 30 million is 1.5M. There is no way in hell there are 1,500,000 Nepali millionaires in Nepal. That branch manager doesn't know what he is talking about.

BadhiJanne · Apr 14, 2015 7:26 PM

Meanwhile,our first billionaire in dollars Binod Chaudhary is inspecting some private jets or bizjet for gliding across the globe to see his housing business in Dubai,deluxe and upscale resorts in Maldives and to promote new pizza-flavored wai wai to people of Gujraat.

Alias_ · Apr 15, 2015 12:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all