चैत्र २९ ,वाशिंगटन डिसी विजय थापा नेपाल ,कोशी अञ्चल ,सुनसरी ,धरान घर भै हाल ४ बर्ष देखि अमेरिकाको भर्जिनियाको हर्नडन शहरमा बसोबास गर्दै आउनु भएकी अत्तर क्षेत्रीलाई अझ पनि संबिधान नबनेको देख्दा दिक्क मान्नु थाल्नु भएको छ l नेता र राजनीति दल बिच सहमतिको बिन्दुमा नपुग्दा देशका जनताले दुख पाएका छन् भन्दै राजनैतिक दल र नेताहरुलाई व्यंगात्मक कविता सुनाउन चाहनु हुन्छ l अमेरिकाको भर्जिनियामा आफ्नो निवासमा उनको कविता सुन्न लालायित भएका आफन्तहरु झुम्मिएका छन् भने उनलाई हौसला प्रदान गर्ने श्रीमान ,छोरा ,बुहारी ,समाज सेवी बिमल आचार्य तथा सम्पूर्ण नाति नातिनीलाई धन्यबाद दिएकी छिन् l "संबिधान आएन के भयो भयो ,देशको स्थिति बिग्रदै गयो बिर्सियौकि भनेर सम्झाएको मैले "भन्दै संबिधान छिट्टै हेर्न पाउ भन्दै अमेरिकाबाट कविता वाचन गर्दै अत्तर क्षेत्री : भिडियो https://youtu.be/UI0UM05bvGE
mahoday · Apr 12, 2015 6:27 PM · 10,206 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion