ROAD MAP TO DIVORCE

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल मा सबैभन्दा सजिलो-चाडो divorce कसरि गर्न सकिन्छ. १. लोग्ने स्वास्नी दुवै divorce गर्न राजि अनि श्रीमती ले divorce फाईल गर्ने अनि अङ्क्स दाबि नगर्ने खण्डमा २. श्रीमती ले दिवोर्चे फाईल गर्ने अनि अङ्क्स दाबी गरेको खण्डमा कति सम्पति मा हक दाबि गर्न पाउछ सुन्नमा यो आयो कि श्रीमती ले केवल श्रीमान को बाबु बाट पाउने अङ्क्स मा मात्र हक दाबी गर्न पाउछ विदेश मा लोग्ने ले कमाको पैसा मा हक दाबि गर्न पाउछ कि पौदैना? कृपया, यो थ्रेअद मा जथा भाभी नलेखिदिनु होला मैले मेरो श्रीमती बाट केहि दाइजो लेको थीन मेरो श्रीमती मेरो घर छोडी उनको जन्म घरमा बस्न थालेको ३ वर्ष भयो कृपया, केहि अपसब्द प्रयोग नगरिदिनु होला धेरै धन्यवाद सुजाब- जानकारी को लागि

goodheart · Apr 9, 2015 3:19 AM · 17,738 views

11 Replies

Good luck to you I would recommend not posting these questions in this forum You should find a lawyer There are lawyers in Nepal now that can handle this for you without having to be there physically.

Yuvaraj · Apr 9, 2015 5:21 AM

अल्लि पहिला पनि कसैले येस्तै प्रश्न सोधेको थियो अनि राहुल दाइ ले होकी जस्तो लाग्छ, उत्तर दिनु भएको थियो \ मलाई पनि तपाईले भने जस्तै लाग्छ 'बिदेशमा कमाएर नेपाल नलगेको सम्पतिमा' हक लाग्दैन होला \ येदि नेपालनै लगेको छ भनेपनि ब्यबहारिकता को हिसाबले - तपाईको श्रीमती सासु-ससुरा संग बसेर घर धानेको भए अंश लाग्थ्यो होला - तर लामो समय माइतमा बसेकोले गर्दा , हक लाग्दैन भन्ने जिकिर स्थापित गर्न गारो पर्दैन जस्तो लाग्छ मलाई \

nepalilaure · Apr 9, 2015 8:24 AM

यस्तो घम्भिर मामिलामा, कानुनी बिशेसज्ञकै सुझाब, परामर्श लिए राम्रो होला जस्तो लाग्छ मलाई!

sherlock · Apr 9, 2015 8:29 AM

Isn't it supposed to be opposite, she could probably ask for part of money you made, but how the she can claim money from your parents. You don't even know u will get or not. I am no expert but it just sounds logical, if that the case then every woman will get marry and acting wired to get divorced and claim money. On top of that all these equal right feminist don't feel ashamed of claiming dads money. God have mercy on my country and country man.

Yaaku · Apr 9, 2015 12:23 PM

Last edited: 09-Apr-15 03:50 PM

hakim_saab · Apr 9, 2015 3:43 PM

महल १२ मा लोग्न स्वास्नीको ः ४ नं. सासू ससूरा समेत भै वा लोग्नेले मात्रखान लाउन नदिई घरबाट निकाला गरेको वा बरावर कुट्पिट गरी दुःख दिने गरेको वालोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्ती स्वास्नीले लोग्नेको अंशकाट आफ्नो अंश छुट्याई लिन पाउँछे । त्यस्ती स्वास्नीमानिस मरेमा वा निजले अर्को विवाह गरेमा उसले खाई लाई बाँकी रहे जति हकवालाको हुन्छ । सासु  ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ । ४ क नं. (एघारौं संशोधन) यस महलको १ नम्बर बमोजिम लोग्ने र स्वास्नीको सम्वन्ध विच्छेद हुने भएमा अदालतले निजहरु बीच अंशवण्डा गर्न लगाएर मात्र सम्वन्ध विच्छेद हुने निर्णय गर्नुपर्छ । सम्बन्ध विच्छेद हुने लोग्न मानिसले नै अंश लिई नसकेको अवस्थामा अदालतले तायदाती माग गरी अंशियारहरु बीच अंशवण्डा गर्न आदेश दिई त्यस्तो लोग्ने मानिसको भागमा पर्ने अंश र सो अंशबाट सम्वन्ध विच्छेद गर्ने स्वास्नी मानिसले पाउने अंशको अन्जाम गरी अंशबण्डा नभएसम्मको लागि त्यस्ती स्वास्नी मानिसको जीवविकाको निमित्त मासिक रुपले खर्च भराई दिनुपर्छ । अंशबण्डा भइसकेपछि सम्बन्ध विच्छेद भएकी स्वास्नी मानिसको अंशमा परेको सम्पत्तिमा निजको हक हुनेछ । त्यस्ती स्वास्नीमानिसले अर्को विवाह नगरेमा वा अर्को विवाह गरेको भए पनि कुनै सन्तान नभएमा निजको शेषपछि निजले पाएको त्यस्तो सम्पत्ति अघिल्लो लोग्ने पट्टिका सन्तान भए त्यस्ता सन्तानले र त्यस्ता सन्तान नभए अभिल्लो लोग्नेले पाउनेछ । ५ नं. स्वास्नीको दाइजो पेवा मास्ता अंश नभई एकाघरसंग बसेका अरु अंशियारहरु समेत रहेछन् भने अंशको हकदार सोह्र बर्ष नाघेका सबैका मन्जुरीको लिखत भएमा मात्र सो सासेको दाइजो पेवा लेनदेन ब्यवहारको महल बमोजिम सबै अंशियाहरुको गाश्वारा धनबाट भर्ना हुन सक्छ । लेखिए बमोेजिमको रीत नपु्ययाई मासे दिएकोमा अरु अंशियारहरुको मन्जुरी नभएमा अंशियारहरुले बेहोर्न र गोश्वाराका धनबाट भर्ना हुन सक्तैन ।     Source : http://gharjam.com/?p=967 Last edited: 09-Apr-15 03:50 PM

hakim_saab · Apr 9, 2015 3:43 PM

here is a cool idea for you good heart. http://www.nagariknews.com/mai...

sojoketo · Apr 10, 2015 12:43 AM

yuvraj धन्यबाद! वकिल संग बुज्नु अघि नेपाली साथि दाजु भाइ बाट केहि जानकारी लीउ भनेर मैले साझा मा पोस्ट गरेको हू "There are lawyers in Nepal now that can handle this for you without having to be there physically. " एस बारे अझै जानकारी पाउन सकिन्छ कि? nepali laure तपाइको सुझाब को लागि धन्यबाद. मा ओकिल संग त्यो कुराको बारे अवस्य सल्लाह गर्नेछु sherlock म तपाई संग पूर्ण सहमत छु. कानुनि कुरा हो, ओकिल संग त सल्लाह अवस्य लिनु पर्नेछ. हाल म नेपाल मा नभएकोले पहिला साझा मार्फत जानकारी लीउ भन्ने विचार गरेर यो थ्रेअद सुरु गरेको हु yakku मैले बुजे अनुसार हाम्रो नेपाल को कानुन अनुसार श्रीमान ले पाउने अङ्क्स मा मात्र श्रीमती ले हक दाबि गर्न पाउदछ. एस बारे अझै बुह्नु छ मैले hakim saab धेरै धेरै धन्यबाद हजुरले दिनु भाको जानकारीको लागि sojoketo धन्यबाद मेरो नियेती मेरो श्रीमती लाई झुक्याएर उनले पाउने सम्पति नदिनु अवस्ये होइन म मध्यम बर्गीय परिवार को हू मैले कहिले मेरो बुबा को सम्पति अङ्क्स स्वरूप् लिनेछु भनेर सोचिन मेरो सिदान्त स्वरूप मैले दाइजो पनि लीन मलाई एस्तो लाग्छ मानिस आत्मा निर्भर हुनु नि सबै भन्दा अमुल्य सम्पति हो अनि खुबी पनि आफुले कमाको धन को जति माया अङ्क्स बाट प्राप्त धन मा हुदैन म येही कुरा मेरो श्रीमतीले बुजोस र आत्मा निर्भर होस् भन्ने चाहन्छु र आफुले दुख गरेर जति पनि कमाउन सक्छु , एउटा आमा बुबाको लागि काठमाडौँ मा घर बनाउने इच्छा छ तेस्को लागि अझै २-३ वर्ष मैले कडा परिश्रम गर्नु पर्ने छ. तसर्थ divorce प्रक्रिया सरल र कम खर्चालु होस् भन्ने कोसिस गर्दैछु सबै साथि दाजु भाई लाई धेरै धन्यवाद आफ्ना विचार अनि सुझाब अझै शेर गर्नु होला Last edited: 10-Apr-15 01:13 AM

goodheart · Apr 10, 2015 1:13 AM

हेर बुद्धि !

bittertruth · Apr 10, 2015 10:59 AM

काठमाडौँ मा कोहि राम्रो divorce lawyer वा divorce firm कसैले रेफेर गर्न सक्नु हुन्छ कि ?

goodheart · Apr 12, 2015 6:31 PM

मेरो व्यक्तिगत बिचारमा बिदेशमा कमाएकोमा पनि हक दाबि गर्न सक्छ : किनकी विबहा गरेर श्रीमान बर्सौ र्बिदेस बसी कमाउने अनि श्रीमती घर कुरेर बस्ने : त्यो बर्सौ कुराई र घर दखि सासु ससुराको हेर विचार गरि श्रीमान आउछ र बाकि जिबन बिताउने आशा बिलाषा मा श्रीमान्को बिदेशी आम्दानि करोडौ रहेछ तर नेपालमा पाउने पैत्रिक सम्पत्ति चै  Nominal  रहेछ , केटि पक्ष का मार्कामा पर्न जान्छन :  चल अचल सम्पत्ति स्वदेश वा विदेश दुबैमा दाबि गर्न सक्छ जस्तो लाग्छ |  "सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ " यो नियम अलिक महिला पक्ष लाइ सम्पतिको हकदाबी गर्न बन्देज गर्छ ? तेसो हो भने सम्पत्ति को हक दाबि बाट बन्चित गर्न सबिले सासु ससुरालाई अगाडी सारे भै हाल्यो नि ?   Last edited: 13-Apr-15 12:17 PM

magorkhe1 · Apr 13, 2015 12:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all