गुन्द्रुक कहाँ किन्न्नी होला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथी हरु , सारै गुन्द्रुक खान मन लग्यो . अमेरिका मा कुनै online पसल छ कि गुन्द्रुक किन्न. थाहा भए कमेन्ट गर्नुस है.

helpjava11 · Apr 7, 2015 10:20 AM · 11,735 views

8 Replies

नजिक भए आऊ भन्न  हुन्थ्यो : बसाइ कता हो ? Last edited: 07-Apr-15 10:26 AM

magorkhe1 · Apr 7, 2015 10:26 AM

Nepaligoods.com maa dekheko thiye maile... hernus na.. chaki ajhai...

ThahaChaena · Apr 7, 2015 10:38 AM

Wonton जी , मलाइ एउटा साथीले जिम्बु किन्न सुझाएको वेबसाइट थ्यो त्यो तर कहिले किनेको छुईन मैले त्यहाँ बाट . म गुन्द्रुक आफै हाल्ने भएकोले खासै किन्दिन . त्यस वेबसाइटमा 'कन्ट्याक्ट अस' मा यो इन्फो रहेछ , कल गरेर नै पो सोध्ने हो कि : BRS Global Trade LLC 43240 Isle Royal St Fremont, CA 94538 Phone: +1 - 650 315 8979 , 650 455 4197 माफी चाहन्छु हजुरको धेरै मद्दत गर्न सकिन . - थाहा छैन

ThahaChaena · Apr 7, 2015 2:18 PM

थाहा छैन मित्र, गुन्द्रुक कसरि आफै हाल्ने हो? येसो सिकौनुस न !

lamopuri · Apr 7, 2015 2:20 PM

magorkhe ji, म Georgia तिर बस्छु . नजिक भए येसो खबर गर्नुस . म सुटुक्क गुन्द्रुक लिन आइ हाल्छु .

helpjava11 · Apr 7, 2015 3:15 PM

i dun uderstand whats so good about gundruk? i never eat gundruk, dhedo, jaulo etc

divorceguy · Apr 7, 2015 6:55 PM

लामोपुरी मित्र, गुन्द्रुक बनाउन खासै गाह्रो छैन . पहिला त कुन सागको बनाउने त्यो छान्नुस(रायो , तोरी, मुला को सागको मिठो लाग्छ मलाई चै). तेस्लाई अलिक दिन फ्रिज बाहिर छोडी दिने , वोईलाउन . अलिक अलिक पहेलो पनि होला तर केहि फरक पर्दैन . फ्रिज बाहिर सुकाउन राख्दा चै पखालेर राख्नु होला , नत्र पछि गुन्द्रुक किर्किर होला . अनि साग पुरै वोईलाये पछि एउटा हावा नछिर्ने प्लास्टिकको भाँडा लिनुस र त्यो साग लाइ तेस्मा कोच्नुहोस अनि अलि अलि(करिब १ चम्चा) कागतीको रस या भेनेगर हलिदिनुस र तातो पनि हालेर हावा नछिर्ने गरि बट्टा बन्द गरेर घाममा राखी दिनुस (मैले मेरो कौसीमा राख्ने गरेको छु ). समय समय मा हेर्दै गर्नु होला , लगभग एक हफ्ता जति पछि त्यो बट्टा खोलि सानो त्यान्द्रो चाख्नु भए नि हुन्छ . अमिलो अमिलो भयो भने त्यहाँको सागलाइ घाममा या खुल्ला हावामा सुकाउनुहोस . ल हजुरको गुन्द्रुक तयार भयो . धेरै समय प्रयोग गर्न घाममा झुरुम झुरुम हुने गरि सुकौनुहोला . यसरि नै हो मैले बनाउने गरेको चाहिं . - थाहा छैन

ThahaChaena · Apr 8, 2015 10:36 AM

Korean pasal ma kimchi khaye bhaigayo ni gundruk bhanda better chha

bokaman · Apr 8, 2015 2:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all