चर्चित हास्य कलाकार दिपक राज गिरीले आम हड्ताल नभएर भोक हड्ताल गर्न प्रचण्ड नेतृत्वको मोर्चालाई सुझाव दिएका छन् । प्रचण्ड नेतृत्वको विपक्षी मोर्चाले तीन दिने आम हडताल गर्ने तयारी गरिरहेको समयमा दिपकराज गिरीले फेसबुकबाट यस्तो सुझाव दिएका हुन् । उनले भनेका छन्ः नेपाल बन्द, आमहडताल र दलहरुको सम्बन्ध के छ? फेरि ३ दिने आमहडताल रे, सक्नु हुन्छ डा. के.सि जस्तै खान बन्द गर्नुस, साच्च्कै आन्दोलन गर्ने भए संयुक्त आम भोकहडतालमा बस्नुस, नत्र तपाइहरूको यो ३ दिने हडतालले कति मजदूरहरू भोकै सूत्न बाध्य हुनेछन्, संबिधान निर्माण गर्न नसक्ने नि तपाइहरू बन्द, हड़ताल गरेर निमुखाहरूलाई भोक हडतालमा धकेल्ने नि तपाईहरू? नेताहरुले संविधान निर्माण गर्न नसक्ने अनि बन्द गरेर मानिसहरुलाई भोकै बस्न बाध्य पार्ने भन्दै उनले कडा टिप्पणी समेत गरेका छन् । दिपकराज गिरीले समय समयमा फेसबुक टिप्पणीबाट हलचल नै ल्याउने गरेका छन् । यस अघि उनले नेपाल टेलिभिजनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा बनेको तितो सत्यको एपिसोड रोकिँदा सार्वजनिक गरेको फेसबुक स्ट्याटसले उनीसँग सञ्चार मन्त्रालयको टक्कर परेको थियो । दिपकले तितो सत्यमा सामाजिक विसंगतीका विषयमा ब्यङ्ग गर्छन् तर अति नै भएका विषयमा भने निजी फेसबुक पेजमा बहस चलाउने गरेका छन् । उनको फेसबुक पोष्टमा अधिकाँश फ्यानले समर्थनमा लाइक र कमेन्ट गर्ने गरेको देखिन्छ । उनले राखेको पछिल्लो पोष्टमा समेत हजारौं लाइक र समर्थनमा कमेन्ट आएका छन् । यद्यपी कतिपयले भने उनलाई कांग्रेस एमालेको भाषा बोलेको भनेर आलोचना समेत गरेका छन् ।
cybernepali · Apr 6, 2015 7:58 AM · 3,875 views
Agreed. Brought a good point.
MaGorkhe1 · Apr 6, 2015 12:50 PM
CyberNepali ho ki CyberIndian ho! "भुख" हड्ताल रे ??? When the HELL did the Nepali word "भोक" become "भुख"? Now I am thoroughly convinced that Bhanu Bhakta Achaarya did not translate Ramayana from Sanskrit to Nepali directly. Rather, he slid a Hindi version of the Ramayana between the Sanskrit version and his notebook. From then on, the epic translation must have been smooth sailing. LMAO
GeetMaiJawaafDiu? · Apr 6, 2015 2:00 PM
kahte giri jogi
divorceguy · Apr 6, 2015 7:28 PM
Ha!.to think our "netas" will skip any of their lunch,dinner or even snacks for the benefit and advantage of people is just hysterical.The politicians are famous for being an avid predators with an insatiable impulse to nibble and swallow,all the ideas and projects which represented the headway of a nation.Since democracy,they are in devouring roll;they munch on almost everything,from new roads,highways,bridges,factories,airports of a country to others humanly rights and interests,not forgetting the biggest one they have ever chow down:Constitution. Forcing a strike and showing monkey-acts on the streets is a senseless and indiscreet idea to perform when the country is already in a state of semi-strike and cutting-it-off more by halting existing things--troubling and pestering all included--just revealed their closed-minds.Instead,contrary of what Deepak Raj Giri announced,they will pig out more to be sound enough for carrying out their agitating schemes by gathering their hungry admirers.
Alias_ · Apr 6, 2015 10:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion