कठै म निराश हुन सकिन --------------- अँह म निराशावादको शिकार हुन सकिन, कती धेरै नेपाली अमेरिका आए, सोचे जस्तो नभएर निराश भए, कती पासो लगाएर झुण्डिए, कती दबाई दाबेर श्वास फेरी रहे, खै कुन्नी किन हो, म त निराश हुनै सकिन, निराश हुन नपाएर रुन पाईन, रुन नपाएर आँशु बेच्न पाईन, बिचरा म हास्या भएर, पलायन हुने नेपालीहरुको समाजमा अटिन ! अमेरिका आए पढ्न भनि, सरकारी स्कुल पढ्या मुन्छे म, अँग्रेजी त कनी कनी बुझिन्थ्यो, त्यसैले होला, धेरै जान्न पाईन, धेरै जान्न पाएको भए, केहि बुझ्थे होला, निराश हुन पर्ने रै'च भनेर बुझ्थे होला, जाबो सरकारी स्कुल पढ्या म, के कुराले निराश बन्न पर्छ भनेरै बुझ्न पाईन, अँह म निराश हुन पाईन, त्यसैले अनलाईन पोर्टलाँ कथा छपाउन पाईन ! पढेर पास नभए कागज फुस्किन्छ भन्ने जान्या थे, बिस्तारै पढ्दै गए बसाई लम्बाउन सकिन्च भन्ने जान्या थे, काम पाएमा कामदारी भिषा पाईन्च भन्ने जान्या थे, जानेका काम शुरुशुरु गरेर हो कि के हो, कतै पनि निराशा हात लागेन, आशा नभएको हल्लुडो जिन्दगी भएर पो हो कि, अँह म त निराश हुनै पाईन, सबैले सेयर गर्दिने दु:खका कथा लेख्न पाईन कामबाट भन्दा ब्या गरे कागज बन्च भन्ने जाने, एउटी काली खोजेर ब्या गरे, कागज नि बनाए, कालीसँग दुई चार साल रमाए, खै कतै निराश हुनै पाईन, कालीले सन्तुष्टी दिएर हो कि कुन्नी, हरियो कागजे दिएको खुसीले हो, जती कोसिस गर्दा पनि, अँह म निराश हुनै पाईन, आमा बा म सन्चै छु भनेर, अनलाईनाँ चिठी लेख्न पाईन ! अमेरिकामा दु:ख नपाएर हो कि, कथा लेख्चु भन्ने आँटै आएन, सुखमा कलम नि अल्चि हुदोँ रै'च, कविता लेख्न बस्या लम्बाउनै जानीन, अब यही कुराले निराश हुन पर्यो, यो कविता साझामा हाल्न पर्यो, कठै बिचरा म भनेर, आफ्नट टाउको काठको भित्ता भएको, भाडाको घरमा ठोक्न पर्यो, टाउको त दुख्दैन होला, त्यही नि यसो निराश भए भन्ने लाम्च होला, अनि निराशहरुले भरिएको समाजाँ परिन्च होला ! धन्यवाद!
aaitey · Apr 3, 2015 9:09 AM · 11,435 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion