कनकमणि दीक्षित र बाबुराम भट्टराईबीच ट्विटरमा घम्साघम्सी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कनकमणि दीक्षित र बाबुराम भट्टराईबीच ट्विटरमा घम्साघम्सी - See more at: http://www.pahilopost.com/cont... पहिलोपोस्ट - काठमाडौं : पत्रकार कनकमणि दीक्षित र एनेकपा माओवादीका नेताबीच जुहारी चल्नु सामान्य नै हो। तर, कहिलेकाही सामाजिक सञ्जालमा हुने जुहारी दुई जनाबीचमात्र सीमित रहन्न। त्यसमा पक्ष र विपक्षमा बहस गर्नेहरु पनि उत्तिकै भेटिन्छन्। समाचारको माध्यम नै नभए पनि सामाजिक सञ्जाल अहिले कुनै बलियो मिडियाभन्दा कमजोर छैन। निजी विचार नै भए पनि सामाजिक सञ्जालमा छिरेपछि त्यसले निजी विचारको हैसियत राख्दैन र बन्छ – सार्वजनिक बहसको विषय।मानव अधिकारका विषयमा सामाजिक अभियान्ताकै रुपमा सक्रिय वरिष्ठ पत्रकार कनकमणि दीक्षितले आइतबार बिहान एउटा ट्विट गरे। बाबुराम भट्टराईलाई लक्षित गरेर गरिएको ट्विटमा भनिएको छ : @brb_laaldhwoj कसरी 'टीचिंग' जान सकेका, जब आफुले गोर्खा फुजेलको कृष्णप्रसादको हत्या अभियोगको खुलेआम अडचन लगाउँदै आए?उनको ट्विटमा फुजेल प्रकरणको उल्लेखसँगै अनशनकै क्रममा मरेका नन्दप्रसाद अधिकारीको शव राखिएको त्रिवि शिक्षण अस्पतालको फ्रिजको तस्बिर अट्याच गरिएको थियो। बाबुराम प्रधानमन्त्री भएकै समयमा नन्दप्रसाद अधिकारीले अनशन थालेका थिए। तर, बालुवाटारमा अधिकारी र उनकी पत्नीले थालेको अनसनलाई भट्टराई वास्ता गरेनन्। त्यतिमात्र होइन पागलखाना सम्म पुर्‍याउने काम बाबुराम भट्टराईको सरकारले गरेको थियो।यद्यपि अधिकारी दम्पतीको 'दोषीलाई कारबाही गर' भन्ने माग त्यसपछिका सरकार प्रमुखले पनि गरेनन्। अनशनको क्रम रोकिँदै सुरु हुँदै रोकिँदै बढिरह्यो। सत्ता फेरिए, सत्तामा पुग्ने दल फेरिए। वैचारिक आधारमा फरक फरक दल सत्ताको शिखरमा पुग्दा पनि अधिकारी दम्पतीको माग सुनुवाई भएन। अनि नन्दप्रसाद अधिकारीको मृत्यु भयो सुशील कोइरालाको प्रधानमन्त्रित्वको कालमा।त्यही पृष्ठभूमिमा ट्विट गरेका थिए दीक्षितले।प्रधानमन्त्री भइसकेका तथा एमाओवादीका वरिष्ठ नेतालाई मेन्सन गरिएको ट्विट दीक्षितबाट आएपछि भट्टराईले त्यसलाई सहज रुपमा लिएनन्। बाबुराम भट्टराई शिक्षण अस्पतालमा अनशनमा रहेका डा गोविन्द केसीको मागमा समर्थन गर्न पुगेका थिए। त्यहाँ उनले आफूले सरकारको नेतृत्व गरेको समयमा उनको माग पूरा गर्न नसकेकोमा आत्मालोचना पनि गरिसकेका थिए।भट्टराईको डाक्टर केसीको समर्थनमा ट्विट र समाचार आएपछि दीक्षितले उनलाई झस्काउने गरी ट्विट गरे। आफूविरुद्धको प्रतिक्रियालाई सहजरुपमा लिन नसक्ने बाबुरामले पनि प्रतिक्रिया दिन समय लगाएनन्। लगत्तै  उनले लेखे :  @KanakManiDixit दरबारको अपुताली र लोकतन्त्रको टोपी एकैसाथ स्याहार्नेहरुलाई गुड र गोबरको भेद छुट्याउन कति गाह्रो पर्दोरहेछ बरा! बाबुराम भट्टराईको यसरी प्रतिकृया आएको भने यो पहिलो होइन। उनले नागरिक दैनिकका प्रधान सम्पादकसँग पनि डेढ वर्ष अघि यसैगरी सामाजिक सञ्जालमा बाझाबाझ गरेका थिए।दीक्षित र भट्टराईबीच माइक्रो ब्लगिङमा परेको घम्साघम्सीपछि दुवैका समर्थकहरु एक अर्कालाई खुत्ल्याउन उत्रिहाले। टाइमलाइनमा यी दुईको भिडन्तपछि प्रतिक्रिया आउनेक्रम भने जारी रह्यो। - See more at: http://www.pahilopost.com/cont...

cybernepali · Apr 2, 2015 9:54 AM · 3,572 views

4 Replies

Babu ram pani kehi kum chaina. Dharma Rayna Yemiko Durbar jun ahile tengalma Cha tehi Baal basera aputali khayeko ho

many · Apr 2, 2015 10:05 AM

बिचरा बाबुराम ले twitter मा जति गालि खान्छ तेती त् साझा का divorceguy , MK , Boston Boy को सब जोडेर नि पुग्दैन होला !!

facebook · Apr 2, 2015 10:11 AM

Kanak mani landed a right upper cut while BRB had a non-related weak comeback.

nepaluk · Apr 2, 2015 10:20 AM

बाबुराम भट्टराई प्रधान मन्त्रि भाको बेला, माओबादी समर्थक मेडिकल कोल्लेज लाई सम्बर्धन दिन नमाने को थिए काठमाडौँ बिस्वो बिध्यलाये का सस्थापक उपकुलपति सुरेश राज शर्मा ले. तेसकारण काठमाडौँ उनिवेर्सिटी को बार्षिक सभा मा कुलपति प्रधान मन्त्रि बाबुराम भट्टराई ले सुरेश राज शर्मा लाई ब्यङ्ग हान्दै राजिनामा माग गरेका थिए. सुरेश राज शर्मा ले पनि तुरुन्तै राजिनामा दिए , तेस्पची माओबादी समर्थक राम कण्ठ माकाजु (धुलिखेल अस्पताल का सस्थापक निर्देशक ) लै उपकुलपति बनाइयो ( मान्छे ओग्य नै हुन् ) . उपकुलपति भए लगत्तै राम कण्ठ माकाजु ले माओबादी समर्थक ले चलाको मेडिकल कल्लेज लै बिद्यार्थी को संख्या बढाउने गरि अनुमति दियो. डाक्टर के सी को माग लै लात्तौदै. अहिले इ बाबुराम ले गोबिन्द के सी को माग को समर्थन मा बोल्ने ? अनी अफ्नो पालामा माग पुरा गर्न नसकेको मा आत्मालोचना रे ?? बाबुराम बाजे धेरै नाटक नगरम

_____ · Apr 2, 2015 10:21 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all