विज्ञानमा जनजाति, नेपाली र गणितमा बाहुन क्षेत्री अब्बल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

११ चार्ट : जसले बताउँछ नेपालका विद्यालय शिक्षाको हालत विज्ञानमा जनजाति, नेपाली र गणितमा बाहुन क्षेत्री अब्बल २०७१ चैत १९ गते १८:४४ मा प्रकाशित १९ चैत, काठमाडौं । पछिल्लो दशक सरकारी विद्यालयका विद्यार्थीहरुको सिकाइको स्तर खस्किँदै गएको र नतिजामा समेत ह्रास आएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । सरकारी विद्यालयमा शिक्षाको स्तर कस्तो छ त ? कुन विषयमा विद्यार्थीहरुले सिक्न अप्ठेरो मानिरहेका छन् ? यो तथ्य पत्ता लगाउन सरकारको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २८ जिल्लाका १ हजार ९ सय ९९ विद्यालयका झण्डै ४८ हजार विद्यार्थीमाझ एउटा सर्वेक्षण गरेको छ । बुधबार सार्वजनिक यो प्रतिवेदनमा यस्ता धेरै तथ्यहरु सार्वजनिक भएका छन्, जसले नेपालका विद्यालयमा शिक्षाको स्तर र अवस्था कस्तो छ भनी छर्लङ्ग पार्छ । आज हामी तपाईलाई यस्ता ११ वटा चार्ट पेश गर्दैछौं, जसले नेपालको विद्यालय शिक्षाको सम्पूर्ण तस्वीर पेश गर्छ । १. नेपाली र विज्ञानमा काठमाडौं अब्बल नेपाली र विज्ञान विषयमा काठमाडौंका विद्यार्थीहरु अरु जिल्लाका भन्दा अब्बल छन् । उनीहरुको सिकाइ उपलब्धि अन्य जिल्लाको भन्दा बढी भएकाले अब्बल भनिएको हो । नेपाली विषयमा काठमाडौंका विद्यार्थीहरुको सिकाइ उपलब्धि ६८ प्रतिशत छ भने विज्ञानमा ५९ प्रतिशत छ । नेपाली विषयमा सबैभन्दा कमजोर मुगु छ, जहाँको सिकाइ स्तर २९ मात्रै छ । त्यस्तै पाँचथर, बाजुरा, दाङ सुनसरी र सिरहाको भन्दा मधेसको धनुषा र सर्लाहीका विद्यार्थीको नेपाली राम्रो भएको अध्ययनले देखाएको छ । धनुषाको ३९ र सर्लाहीको ३७ छ । विज्ञानमा काठमाडौंपछि क्रमश भक्तपुर, ललितपुर, लमजुङ छन् । सबैभन्दा कमजोर धनुषा छ । विज्ञानमा धनुषाका विद्यार्थीहरुको सिकाइ क्षमता मात्र २४ मात्र छ । २. गणित : भक्तपुर अब्बल, डोल्पा कमजोर सन् २०११ को तुलनामा २०१३ मा गणितमा समग्रमा नै नेपाली विद्यार्थीको सिकाइ खस्किएको छ । सबै परिसूचकमा विद्यार्थीहरु गणितमा कमजोर देखिएका छन् । गणितमा पनि नेपाली विद्यार्थीहरु बीजगणित र ज्यामितिमा कमजोर देखिएका छन् । गणितमा भक्तपुरका विद्यार्थीहरु अब्बल देखिएका छन् । भक्तपुरको सिकाइ उपलब्धि ५९ छ । पाँच जिल्ला मात्र राष्ट्रिय औसतभन्दा माथि छन् । ५४ अंकका साथ ललितपुर दोस्रो र ५१ अंकका साथ काठमाडौं तेस्रो स्थानमा छ । पाल्पा ३९ र पर्वत ३८ अंकमा छन् । गणितमा सबैभन्दा कमजोर डोल्पा छ । उसको अंक १२ मात्र छ । दोस्रो कमजोर तेह्रथुम १४ र मुगु १५ अंकमा समेटिएका छन् । ३. नेपाली भाषी गणितमा अब्बल विद्यार्थीहरुको सिकाइ उपलब्धीमा मातृ भाषासँग पनि सम्वन्ध हुन्छ । अध्ययनका अनुसार नेपाली भाषा नै मातृ भाषा भएका विद्यार्थीहरु गणितमा अब्बल देखिएका छन् । उनीहरुको सिकाइ क्षमता अरु भाषीहरुको बढी पाइएको हो । नेपाली मातृ भाषा भएका विद्यार्थीहरुको सिकाइ उपलब्धी ४९ प्रतिशत छ । दोस्रोमा नेवारी छ, जसको प्रतिशत ३७ छ । अन्य मातृभाषा भएका विद्यार्थीहरुको गणितमा सिकाइ उपलब्धि राष्ट्रिय औसतभन्दा कम छ । गुरुङ र तामाङको समान ३२ छ । सबैभन्दा कम राई भाषाको छ । उसको मात्र २० प्रतिशत सिकाइ उपलब्धी छ । ४. नेपाली सिकाइ : नेपालीभाषीभन्दा नेवारी अगाडि अध्ययनले देखाएको रोचक तथ्य के हो भने नेपाली विषयमा मातृभाषा नेपाली हुने भन्दा नेवारी भाषा हुने विद्यार्थीहरुको सिकाइ स्तर माथि देखिएको छ । शेर्पा भाषा पनि नेपाली भन्दा अगाडि छ । मातृ भाषा नेवाारी हुने विद्यार्थीको सिकाइ उपलब्धि ६१ प्रतिशत छ । दोस्रो स्थानमा शेर्पाको ५२ छ । नेपाली भाषा नै मातृ भाषा भएको विद्यार्थीको नेपाली विषयमा सिकाइ उपलब्धि ५२ मात्र छ । सबैभन्दा कमजोर लिम्बू भाषा छ, यो भाषा मातृ भाषा भएका विद्यार्थीको सिकाइ उपलब्धि ३४ प्रतिशत मात्र छ । ५. उर्दूभाषी विज्ञानमा अब्बल मातृ भाषा उर्दु हुने विद्यार्थीहरुको विज्ञानमा सिकाइ क्षमता अब्बल देखिएको छ । अध्ययन अनुसार उर्दू मातृभाषा भएका विद्यार्थीको सिकाइ क्षमता ६० प्रतिशत छ । त्यसपछि नेवारी ५२ छ भने गुरुङको ४५ प्रतिशत छ । नेपालीभाषीको भने चौथो नम्बर छ । विज्ञान विषयमा नेपाली मातृभाषा हुने विद्यार्थीको सिकाइ उपलब्धि ४३ प्रतिशत छ । ६. नेपाली र गणितमा बाहुन क्षेत्री, विज्ञानमा जनजाति अब्बल गणित र नेपाली विषयमा ब्राम्हण क्षेत्री विद्यार्थीको सिकाइ उपलब्धि बढी देखिएको छ । तर, विज्ञानमा भने जनजाति विद्यार्थीले उछिनेका छन् । गणितमा जनजाति विद्यार्थीको सिकाइ क्षमता ४५ प्रतिशत छ । ब्राम्हण र क्षेत्रीको ४१ छ । दलितको ३५, मधेसीको ३६ र अल्पसंख्यकको ३४ अंक छ । ७. जति उमेर छिप्पिन्छ, उति सिकाइ कमजोर यो अध्ययनले बालबालिकालाई कुन उमेरमा स्कुल भर्ना गर्दा राम्रो भन्ने संकेत देखाएको छ । हुन त यो कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीमा गरिएको हो । तर, उसको भर्नासम्म जोडेर हेर्न सकिन्छ । अध्ययनका अनुसार कक्षा आठमा १३/१४ वर्षका उमेरका विद्यार्थीको सिकाइ क्षमता बढी पाइएको छ । जति उमेर ढीलो हुँदै जान्छ, उनीहरुको सिक्ने क्षमता पनि कम हुँदै गएको पाइएको छ । ८. जति गृहकार्य, उति राम्रो सिकाइ विद्यार्थीहरुलाई दिइने गृहकार्यले पनि उनीहरुको सिकाइ क्षमतालाई ठूलो प्रभाव पर्ने अध्ययनले देखाएको छ । नियमित गृहकार्य दिँदा गणितमा विद्यार्थीहरुको सिकाइ उपलब्धि ३६ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो । तर, कहिलेकाँही मात्र गृहकार्य दिनेको ३१ ३१ र गृहकार्य नै नदिँदा विद्यार्थीहरुको सिकाइ स्तर २७ मा झरेको छ । ९. साथीभाइले गिज्याउँदा पढाइमा कमजोर अध्ययनका अनुसार विद्यार्थीहरुमा साथीले गिज्याउँदा उनीहरु निकै कमजोर हुने देखिएको छ । तर, त्यसको मात्रा अनुसार उपलब्धी फरक देखिन्छ । अलिअलि साथीभाइले गिज्याउँदा केही उपलब्धी देखिन्छ । शायद ईर्ष्या ले हुनसक्छ । तर, धेरै अवहेलनाको शिकार हुने विद्यार्थीहरुको सिकाइ उपलब्धि निकै कमजोर अर्थात् २६ प्रतिशतमा झरेको छ । प्रतिवेदनमा भनिएको छ- ‘जुन विद्यार्थीले अन्य विद्यार्थीबाट धकेल्ने, पिट्ने, मन नपर्ने काम गर्न लगाउने, होच्याउने, खिसिटिउरी गर्ने, समूहबाट एक्ल्याउने जस्ता समस्या भोग्नुपरेको छ, त्यस्ता विद्यार्थीको सिकाइ उपलब्धि कमजोर पाइयो ।’ १०. कृषकका छोराछोरी कमजोर, गणित र विज्ञानमा छात्रा पछि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट नमूना छनोटमा परेका २८ जिल्लाका ११ सय ९९ विद्यालयका कक्षा ८ का ४८ हजार विद्यार्थीमा परीक्षा लिएर अन्वेषण गरेको थियो । यस क्रममा छात्रा र छात्रको सिकाइ उपलव्धी तुलनात्मक रुपमा धेरै भिन्नता नभए पनि गणित र विज्ञान विषयमा भने छात्रा केही पछि परेको देखिएको छ । बाबुआमा निरक्षर र कृषि पेशामा रहेका बच्चाहरुको शैक्षिक स्तर कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । ११. एक-दुई घण्टा टीभी हेर्न दिनु उपयुक्त विद्याथीहरुले औषतमा दिनमा १ घण्टा घरको काम गर्ने र दुई घण्टा जति टिभी हेर्ने गरेको पाइएको छ । टीभी हेर्नै नपाउनेभन्दा टीभी हेर्ने विद्यार्थीको सिकाइस्तर राम्रो देखिएको छ । कक्षा ८ मा १३ र १४ वर्ष उमेरका विद्यार्थीको पढाइको स्तर राम्रो पाइएको छ । सामुदायिक विद्यालयका विद्यार्थीको भन्दा निजी विद्यालयका विद्यार्थीको स्तर सबैमा राम्रो देखिएको छ । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Apr 2, 2015 7:34 AM · 4,138 views

3 Replies

Researcher must take caution when doing this kind of research because high correlation doesn't mean one caused the other. What was the research method? What was the variables considered while doing this research? Was the sample big enough? There are many factors that affects one's capabilities and we cannot just conclude that Newars are good in learning new skills and Bahuns are good in Maths and Urdu speaking people are good in science. This type of hasty generalization can create Eugenics in our society. Twins of same genetic make up can show different characters provided different environments. Researcher also needs to take into consideration that environment plays big role. There are many lurking variables that needs to be scrutinized before coming into conclusion. These type of conclusion creates bias in our society and can create an unequal treatment to different classes.

ujl · Apr 2, 2015 1:06 PM

thats one dumb research paper.just because the elite kashmiri muslims and newars of ktm are good in studies doesnt mean the muslims and newars of siraha and nepalgunj.

shiva_linga · Apr 3, 2015 3:26 AM

At first I was stumped at the mediocrity of the article and legitimacy of it's conclusions. It seems obvious that the source has not demonstrated any rigor in using systematic research methodology. But a comforting supposition I made was that there is an unwavering criticism in Sajha and elsewhere about this and many other articles that are not backed by scientific methods. Had there been more rigor and instrumentation involved, one could appreciate the effort.

kalidasbhaisaab · Apr 3, 2015 9:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all