कथा : सुबोध, अप्सरा र अमेरिकी घर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~प्रदीप गौतम “अंकित”~ “My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि “ओके” मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार सुबोधको छ दिने गोरु जोताइपछीको बिस्राम गर्ने दिन। एकै छिनमा एउटा कल आयो “सुबोध बेटा, एक बात सुनो, कल तुम जल्दी आना, ओ दुस्रा बन्दा बिमार होगया यिसिलिये”, “ठिक है भाई साहेब” यति भन्दै सुबोधले फोन राख्यो। भारी मन लिएर सुबोध किचन तिर पस्यो। “अलिकति पैसा बच्यो भने त यो धोतीको ग्यास स्टेसन लात हानेर हिड्छु, आफ्नो त केही पनि चल्दैन यार। सधैं नोकर जस्तो भएर बस्नु पर्ने त्यो पनि ग्रीन कार्ड भएको मन्छे।” हल्का क्रोध मिश्रित बदलाको भावना लिएर फत्फताउदै बेडतिर फोन हुरर्‍याएर शान्त पार्न खोज्यो आफ्नो क्रोध । सुबोध! हो, त्यहि सुबोध जो अमेरिकाको डि.भि. भरेर छ बर्ष अघि सपनाको देशमा सगरमाथा भन्दा अग्ला सपनाहरु बुनेर आएको थियो। गाऊमा सरकारी स्कुल पछि आर. आर. क्याम्पसमा स्नातक तिर हल्लिने क्रममा अमेरिकाको ग्रीन कार्ड पाउने शुभ समाचार सुन्दा सुबोध कम्ता खुशी थिएन। सच्चिकै भन्नुपर्दा सुबोध त्यहि नेपालमा बिताएका अन्तिम बर्षमा सबैभन्दा खुशी भएको थियो। अमेरिकामा आएपछि पनि उसले हल्का फुल्का डलर जोडेकै थियो, एउटा दश वर्ष पुरानो भएपनि जापानीज होण्डा कारमा चढेको थियो, घरमा नेपालको जस्तो लोडसेडिङ थिएन, तातोपानी, ए. सी. , हिटर सबै चलेकै थियो, श्रीमतीको पनि साथ थियो तर एउटा कुराको साह्रै कमी थियो – मनभित्रको खुशी। सुबोध बिगत छ बर्ष देखि शायदै धित मारेर हाँसेको होस। अमेरिका टेकेको पहिलो दिनमा एअरपोर्टबाट कोठामा जाने समयमा देखेका गगनचुम्बी भवनहरु, काठमाडौंको पुतलीसडकतिर साइबर बस्दा देखेका तस्बिरहरुभन्दा पनि आकर्षक रहरलाग्दा पुलहरु, फराकिलो बाटो, सफा शहर, चिल्ला गाडीहरु देख्दा मनमनै खुबै भाग्यशाली ठानेको थियो सुबोधले आफुलाइ। तर त्यो खुशी ४/५ दिनपछी एउटा ईण्डियन रेस्टुराँमा काम शुरु गर्दा देखिनै खोसिएको थियो जसले उसलाई नेपालमा बस्दा चियाको चुस्की सगै राजनैतिक गफ चुटेर आफूलाई जानकार र बुद्धिमानी छु भन्दै पालेको आत्मरती ईण्डियनको भांडा उठाउदा पहिलो रातमै तातो पानीले जूठा भांडा पखालेजस्तै गरि पखालीदियो। अमेरिका आउँदा लागेको ऋण, बर्षेनी पानी चुहिने छानोको घर, आमाको त्यहि पुरानो पछ्यौरी, बाको दुईठाउंमा टालेको टोपी, भाई-बहिनिको पढाई सबै कुराले सुबोधलाई जस्तो सुकै काम गरेर भएपनि पैसा पठाउनु पार्ने बाध्यता थियो। यस्तै गरेर सुबोधले दु:ख-सुख (हुन त उसको शब्दकोशबाट सुख भन्ने शब्द हराइसकेको थियो) ४ बर्ष बितायो। भाई-बहिनीलाई बोर्डिङ स्कुल पढायो, घरमा ढलान गर्‍यो, अलिकति पाखोबारीको पनि जोहो गर्‍यो तर आफूले शायदै कहिल्लै मस्ती गर्‍यो यो बिसाल शहरमा। जिन्दगी संघर्ष हो, दु:ख गरेपछी सुख गर्ने दिन पनि आउछ भन्ने राम्रै बुझेको थियो सुबोधले। काम पनि ३ बर्षको रेस्टुराँबाट मुस्किल ले ग्यास स्टेसनमा प्रमोशन भएको थियो यध्यपि पैसा उही न्युनोतम ज्यालानै थियो। अरु धेरै सपना देख्न छोडिसकेको थियो सुबोधले किनकी नेपालमा पढाइ नसकिदै भिषा लागेकोले आफ्नो अधकल्चो पढाईको भबिष्य खासै छैन भन्ने लगिसकेको थियो। आफ्नो उमेर, आफन्तको करकाप अनि जवानीको रौनकतामाझ सुबोध दुई बर्ष अघि नेपाल हानियो बिहे गर्न। धेरै ठाउबाट राम्रा-राम्रा घरहरुबाट बिहेको प्रस्ताब आए सुबोधलाई बिशेषगरी उसको ग्रीनकार्ड देखेर। सुबोध अन्योलमा पर्‍यो किनकी जति पनि घरमा जान्थ्यो, केटीका बाबु आमाले अमेरिकाबाट आएको भनेर सत्कार गरेर छोरीसँग कुरा गराउन छोडिदिन्थे, जब केटी सित कुरा गर्थ्यो, प्राय सबैको एउटै जवाफ आउथ्यो। “बुवा-आमाको करले तपाइसँग कुरा मात्र गरेको हो, मेरो पहिल्लै लव परिसकेको छ अर्कैसित त्यसैले मेरो बारेमा केही दु:ख नगरी अन्तै कुरा चलाउदा हुन्छ” यस्तै-यस्तै। खिन्नतामा रुमलिरहदा सुबोधलाई उसका मामा पर्नेले अप्सरासित बिहेको कुरो चलाए। सुबोध खासै उत्साहित थिएन तैपनि एकपटक हेरौ न त भनेर कुरा गर्न सहमत भयो। अप्सरा, नाम सुन्दै सुबोधको मनबाट निराशाका बादलहरु बिस्तारै हट्न थालिसकेका थिए। धनी बाउकी कान्छी छोरी। अप्सरा; सलक्क जिउडाल, हसिली, एट्टिटुड भएकी, बेच्लर इन होटेल म्यानेज्मेन्ट सकेकी, शहरिया टांठी केटी थियी। अप्सरा आफ्नो भबिष्य सुन्दर बन्ने देखेर सुबोधलाई सहर्श स्वीकार गरी। अप्सरामा राम्रै खुबी देखेर सुबोधलेपनि आफ्नो अमेरिकी गोरुजोताइ कम हुने आशाहरु सङालेर धुमधामपुर्बक बिहे गरेको थियो।

Rudramati · Mar 31, 2015 8:42 AM · 14,163 views

4 Replies

हुन पनि अप्सरा लक्की अनि स्मार्ट दुबै रैछ। आएको १ महिनामै राम्रो होटेलमा ब्रान्च असिस्टेन्ट मेनेजरको जागिर पाई। पाँचदिन काम, अनि सुबोधको भन्दा धेरै कमाइ। सुबोध दु:ख बुझेको अनि मनको साह्रै असल मान्छे थियो भलै शारिरिकरुपले त्यति धेरै आकर्षक नभएको होस। समय सामान्यरुपमा अबिच्छिन्न चलिरहेको थियो। समय सगसगै अप्सरामा बिस्तारै आफ्नो क्षमतामा र कमाइमा घमण्ड पलाउन थाल्यो । नपलाओस पनि कसरी, सुबोध ५ बर्ष देखि त्यहि ईण्डियनको रेस्टुराँ र पेट्रोल पम्पभन्दा माथी उठ्न सकेको थिएन, उता अप्सरा १ महिनामै अफिसियल काम गर्ने र राम्रो कमाई गर्ने भैसकेकी थियी । अब बिस्तारै सुबोधको महत्वो काम हुँदै गैरहेको थियो अप्सराको मनमा। सुबोधपनि घरी-घरी आफ्नो अप्सराप्रतीको निष्छल मायामा कतै पैसा तगरो बन्ने त हैन भन्ने अज्ञात भयलाई यत्तिकै तिलान्जली दिन सक्दैनथ्यो। “ह्या, मेरो सोचाइ पनि कति संक्रिण हो, बिचरी कति काम गरेर जेनतेन दुइजनाको राम्रै गुजरा चलिरहेको छ, पैसा बुढा-बुढी जसले कमाए पनि एउटै त हो नी! आखिर परिवारको न हो” यस्तै-यस्तै सोच्दै आँफैलाई ढाडस दिन्थ्यो र दैनिकीमा लाग्थ्यो। सुबोधले बिस्तारै अप्सरामा साच्चिकै गम्भीर परिवर्तन आएको महसुस गर्न थल्यो। अप्सरा यी दिनहरुमा सुबोधलाई कम अनि अफिसको काममा बढी समय दिन थाली। सुबोधको सानो कुरामा पनि बिबाद सुरु गरिहाल्थी अप्सरा। सुबोधका राम्रै आग्रहहरुलाई पनि अप्सरा लाजवाफ ब्यवास्था गर्थी बरु आफ्नै जिद्दीले सुबोधलाई चुप गराउथी। अप्सरा बिगत केही हप्ताहरुदेखी अली धेरैनै परिवर्तन भएको भान हुन्थ्यो सुबोधलाइ। अप्सरा घर पनि धेरै ढिलो आउने अनि अरु बहाना बनाएर घरका कामहरु सबै सुबोधलाई अराउन थालेकी थीई,। सुबोध घरीघरी त मुर्मुरिन्थ्यो बिचरा तर परदेशमा आफ्नो नियती र भाग्यलाई धिक्कर्दै चुपचाप सहन्थ्यो। पछिल्लो रात धेरै ढिलो गरि अप्सरा घर आई, राता आँखा अनि मादक मुहार लिएर। सुबोध मनमनै चिढियो तर केही बोलेन। आज पनि ढिलो आउने सूचना पाइसकेको थियो टेक्स्ट मार्फत। “आज केही सम्झाउनु पर्‍यो, आखिर मेरै बुढी त हो नी” मनमनै गुनगुनाउदै भान्सामा खाना बनाइ रहेको थियो सुबोध। धेरैबेरपछिको कुराईपछी अबेर रातमा अप्सरा आफ्नो बोसको गाडीमा लड्बडाउदै घर आइपुगी। मध्य रात्मा आफ्नी श्रीमती रक्सीको नसासगै बोसले छोड्न ल्याइदिएको देखेर सुबोधको मनमा असुरक्षित चिसो पस्यो र सोध्ने आँट गर्यो। “हैन तिमी आजकाल धेरै परिवर्तन भएको छौ, राती पनि धेरै ढिलो आउछौ त्यो पनि रक्सीको नसामा, यो त अती भयो हेर, अब म सहन्न, तिमीलाई लाज लाग्दैन आफ्नो मति बिगारेर यसरी हिड्न?” महिनौदेखी सँगालेको रिस छताछुल्ल पोख्यो सुबोधले। “तिमी बढी नकराउ, लोग्ने मान्छे भएर त्यहि धोतीकोमा ट्वाइलेट सफागर्न बाहेक तिमीले अरु के प्रगती गरेका छौ र मैले मस्ती गरेकोमा डाहा गर्छौ? जमना बदलियो बाबु, यस्तो सोझो भएर अब काम चल्दैन, हेर मेरो बोस कस्तो ह्यान्ड्शम अनि स्मार्ट छ। तिमी त नमर्द हौ, यो देश् तिमीजस्तालाई हैन, म जस्तालाई हो बुझ्येउ। घण्टाको ७ डलरबाट सुरु गरेको अझै ७ मै छौ। तिमी मेरो लागि एक कायर र नालयक पुरुष हौ”।

Rudramati · Mar 31, 2015 8:44 AM

सोझो सुबोधलाई आफूले कलपनै नगरेका कुराहरु आफ्नी अर्धङिनीले बारुद र बम जस्तै गरी पड्किरहदा आफ्नो निस्कपट ममताको एफील टावर क्षणभरमै टाउकोमा बज्रे जस्तै भयो सुबोधलाई। सुबोधको रीसको पारो यति माथी पुग्यो की अब उसलाई कसैले रोक्न नसक्ने भयो। अप्सरा र सुबोधबिच धेरै भनाभन भैरह्यो। मध्य रातमा सुबोध र अप्सराको ठुलो बिबाद, अपशब्द, घम्साघम्सी जारी रहिरह्यो। एकैछिन पछि छिमेकीको फोनकलले सिटी प्रहरी सुबोधको घरमा साइरन बजाउदै झुल्कियो। अप्सरा सुबोधलाई अब कुनै हालतमा पनि जीवनसाथी स्वीकार्न तयार थियिन भने सुबोध घरयसी इस्सु हो भन्दै प्रहरीलाई फर्किन आग्रह गरिरहेको थियो। अप्सराको जीवनमा सुबोध अन्जानमै काढा बन्यो। सुबोध होम भायोलेन्स र वोमन डिस्क्रिमिनसनको आरोपमा जेल पर्ने भयो। सुबोधका निर्दोस आंसुहरुभित्र अप्सराले अपत्यारिलो चैनको श्वास फेरिरहेकी थियी। नाटकिय घटनाले गर्दा सुबोध केही महिना जेल बस्नुपर्ने भयो। जेलबाट छुटेको दिन सुबोध सुन्नियेको मुख लियर सरासर घर आयो। ६ बर्ष अघि नेपालबाट लिएर आएको लगेजमा एकसरो कपडा राखेर तिनै पुराना जुत्तामा तना कसेर, काम गर्ने साहुकोबाट लिनबाँकी रहेको पैसा लिएर एअरपोर्टतिर हानियो फेरि कहिलै नफर्किने गरि। जीवनसाथीबाट धोका, असैह्य पिडा र कस्टदायी कामले अमेरिकाको मोह सकीसकेको थियो सुबोधलाई। यता अप्सरा भने बढार्नुपर्ने कसिङर हावाले लगीदिएकोमा गमक्क थिइ। सुबोध जेल गएदेखिनै अप्सराको बोस सुबोधको घरमा बाक्लै देखिन थालेको थियो। अप्सरा आफूलाई गोरे अंमेरिकी बोसले यतिधेरै माया गरेकोमा ‘स्मार्ट’ साम्झिन्थी । अब अप्सराको मनमा सुबोध एउटा मायालाग्दो पती हैन दयालग्दो पात्रझै भएको थियो ।

Rudramati · Mar 31, 2015 8:45 AM

समय सधैं एकैनासको कहाँ हुन्थ्यो र? केही महिना पछि अप्सराको बोसको ट्रान्सफर धेरै टाढाको स्टेटमा भयो अनि आर्थिक मन्दीको कारण देखाएर अप्सरालाई कामबाट बिदा दिइयो। बल्ल अप्सराका मनमा उदबेगको आधीहुरी चल्न थाल्यो अनि सुबोधको सम्झनाले तड्पाउन थाल्यो। अप्सरालाई जीवनदेखी बिरक्त लागेर आयो अनि आफूले आफ्नो लोग्नेप्रति गरेको अक्षम्य पापको प्रायस्चित गर्न टाउको ठोक्क्याउदै बेहोसिमा लट्पटिरही अप्सरा रातभर। अब सायद धेरै ढिलो भैसकेको थियो, अप्सराका कुनै पनि आसुहरुसामु सुबोधको निस्कपट र निस्छल मायाहरुले कदापी माफीदिने थिएनन्। सुबोध आफ्नै गाऊको बगैचामा मुक्तिको श्वास फेर्दै स्‍मृतीमा हराइरहेको थियो भने यता उसको अतितको अमेरिकी घरमा सन्नटा थियो। कसैले चाल पाएन अप्सरा फेरि बिटुलो जवानी लिएर जीवनको कुन गोरेटोमा अनि कुन घुम्तिमा गएर कता बिलय भई। सुबोधको अथक मेहनतले जोडीएको अमेरिकी घरमा सदाका लागि ताला लागेको खबर आयो । source Sangrahalaya.wordpress.com loved the story so sharing with sajha ppl... hope you like it too.....

Rudramati · Mar 31, 2015 8:46 AM

Apsara kahan chin, ekchoti bhetna paye hunthyo...

khotokarma · Mar 31, 2015 10:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion