वाशिंगटन डिसी ,चैत्र १६ विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको तल्लो सदन 'हाउस अफ डेलिगेट 'का डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका नेपाली मुलका जीवन तिवारी डेमोक्र्याटिक पार्टीका आधिकारिक उम्मेदवार घोषित भएका छन् l डेमोक्र्याटिक पार्टीको आधिकारिक प्रेस बिज्ञप्ति अनुसार तिवारी आधिकारिक उम्मेदवार भएको उल्लेख गरेको छ l उनले आगामी जुन ९ मा हुने प्राथमिक चरणको निर्वाचन नलड्नु पर्ने भएको छ l तिवारीले भर्जिनियाको निर्वाचन क्षेत्र ८७ बाट हाउस अफ डेलिगेटका उम्मेदवार हुन् भने तिवारीको नाममा दलको तर्फ सर्बसम्मत जुटेको छ l उक्त क्षेत्र रिपब्लिकन पार्टीका उम्मेदवारले पहिलो निर्वाचनमा करिब ५० मतको फरक र दोश्रो निर्वाचनमा १ सय ८७ मतले जितेका थिए l उक्त निर्वाचन क्षेत्र वाशिंगटन डिसी महानगर क्षेत्र वरपरका अन्य निर्वाचन क्षेत्र भन्दा अत्यन्तै प्रतिस्प्रद्धात्मक क्षेत्र मानिन्छ l तिवारीले औपचारिक रुपमा उम्मेदवारीको घोषणा छिट्टै गर्ने भएका छन् भने उनले उठाएका शिक्षा ,स्वास्थ्य ,आवास ,विविधता आप्रवासन मुद्धाहरु निकै लोकप्रिय हुदै गएको छ l तिवारीको नाममा डेमोक्र्याटिक पार्टी भित्र सर्बसम्मत बने पछि आगामी जुन ९ मा हुने प्राथमिक चरणको निर्वाचनमा चुनाब नलड्ने भएपछि तिवारीले आगामी नोभेम्बरमा ३ मा मात्र अन्तिम चरणको निर्वाचनमा रिपब्लिकन दलसंग प्रतिस्प्रद्धा गर्नु पर्ने भएको छ l
mahoday · Mar 29, 2015 7:30 PM · 10,140 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion