भारतीय नागरिकता नस्वीकार्ने फूदोर्जी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतीय नागरिकता नस्वीकार्ने फूदोर्जी शुक्रबार , १३ चैत्र २०७१ ६:३६ पम -बुद्धबीर बाहिङ राई तत्कालीन राजा महेन्द्रबाट ‘नेपालश्री’ पदक लिदै । ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ लोकगायक धर्मराज थापाले गाएको यो गीत कुनै बेला खुबै चलेको थियो । सर एडमण्ड हिलारीसँगै तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथा पहिलो पटक आरोहण गरेपछि यो गीत रचना भयो । भारतको तत्कालीन राष्ट्रपति सर्वपल्ली राधाकृष्ण भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै । पहिलो नेपालीका रुपमा सगरमाथा टेकेका तेञ्जिङ शेर्पाले पछि भारतको नागरिकता लिए । तेञ्जिङपछि दोस्रो र तेस्रो नेपाली आरोही नवाङगोम्बु र आङकामी शेर्पाले पनि उनकै बाटो समाते । तर, चौथो आरोही फूदोर्जी शेर्पा भने नेपाली भएरै मरे । सन् १९६५ मा भारतीय सेनाको आरोहण टोलीसँगै सगरमाथा आरोहण गरेका खुम्जुङ–१, सोलुखुम्बुका फूदोर्जीले भारतले दिएको नागरिकता लिन अस्वीकार गरेको उनकी छोरी फूटी शेर्मा बताउँछिन् । उनी भन्छिन्, ‘‘भारतले दिएको सम्मान लिएपनि बुवाले नागरिकता लिन भने चाहनुभएन ।’’ फूदोर्जीलाई भारत सरकारले त्यहाँको ठूलो खेल पुरस्कार ‘अर्जुन’ले पुरस्कृत गर्‍यो । भारतीय सेनाको एमएस कोहली नेतृत्व टोलीको २१ जना मध्येका फूदोर्जीलाई भारतका तत्कालीन राष्ट्रपति सर्वपल्ली र प्रधानमन्त्री लालबहादुर शास्त्रीले उनलाई सम्मानपत्र प्रदान गरेका थिए । (हे. तस्वीर) सोलुखम्बुको लुक्ला बजारमा होटल व्यवसाय सञ्चालन गरिरहेकी उनकी छोरी फूटी भन्छिन्, ‘‘भारतले पछिसम्मै नागरिकता लिन आग्रह गरेका थिए । तर, बुवाले म नेपाली भएरै मर्छु भनेर उक्त प्रस्ताव अस्वीकार गर्नुभयो ।’’ भारतको तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै । नेपाल सरकारले पनि फूदोर्जीलाई पहिलो नेपाली आरोहीका रुपमा सम्मान गरेको पाइन्छ । राजा महेन्द्रले फूदोर्जीलाई ‘नेपालश्री’ पदकले सम्मान गरेका थिए । (हे. तस्वीर) महेन्द्रकै हुकुम अनुसार वि.सं. ४ साउन २०२२ मा बसेको मन्त्री परिषद बैठकले ‘सगरमाथामा पुग्ने सर्वप्रथम नेपाली फूदोर्जी शेर्पालाई सम्मानार्थ मासिक रु. ४ सय रुपैयाँ दिनु’ भनेर हुकुम दिए । (हे. तस्वीर) सगरमाथा आरोहणकै क्रममा सन् १९९६ मा उनको मृत्यु भयो । जापानी आरोहण दलसँग सगरमाथा आरोहण गर्ने क्रममा हिउँमा चिप्लिएर निधन भएका फूदोर्जीका छोरा दावाले भारत सरकारकै छात्रवृत्तिमा पढे । फूदोर्जीकी छाेरी फूटी भन्छिन्, ‘‘बुवाको सम्झनामा भारत सरकारले अहिले पनि विभिन्न कार्यक्रममा हामीलाई सम्मान गर्दै आएको छ । तर, नेपाली नै भएर मर्न चाहने बुवालाई नेपाल सरकारले सम्झेको याद छैन ।’’ सगरमाथा शिखरमा पुग्ने प्रथम नेपाली फूदोर्जी शेर्पालाई सम्मानार्थ मासिक ४ सय रुपैयाँ दिने मन्त्रिपरिषदले गरेको निर्णय । भारतसरकार शिक्षा मन्त्रालयबाट ‘अर्जुन’ पुरस्कारको प्रमाण पत्र । - See more at: http://www.himalkhabar.com/?p=...

_____ · Mar 28, 2015 3:41 PM · 2,028 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all