गृहमन्त्री भन्छन्,'हामीले नसक्ने भएर विदेशीलाई दिन लागेका हौं' 'सूचना चुहिन्छ भन्नु गलत' काठमाडौ, चैत्र १३ - सभासदहरुले भिसा प्रोसेसिङको सबै काम निजी कम्पनीलाई दिने गृहमन्त्रालयको प्रस्तावबारे संसदकाे राज्य व्यवस्था समितिकाे बैठकमा बाेल्दै गृहमन्त्री बामदेव गाैतमले अध्यागमन सुधारको काम सरकार आफैंले गर्न नसक्ने भएकाले विदेशी कम्पनीलाई दिन प्रस्ताव अघि बढाएको दाबी गरे। एक दर्जन सभासदले उठाएको प्रश्नको जवाफ दिंदै गृहमन्त्री गौतमले कम्पनीलाई जिम्मा दिँदा सूचना चुहिन्छ भन्ने तर्क गलत भएको उनको दाबी थियो। 'अहिले चाहिँ नेपालका सबै सूचना लिक भएका छैनन्?' गौतमको जवाफ थियो। My comment: ठीक भन्न भो तपाईंले , तेस्करण गोपनियता सम्बधी कनुन नै खरेज गरी दिम समितिमा झन्डै एक घण्टा प्रस्टीकरण राख्दै उनले भिसा र अध्यागमनसम्बन्धी कामहरू अनलाइनबाट गर्नुको विकल्प नरहेको बताए। र, त्यसो गर्दा सूचना नचुहिने उनको दाबी थियो। 'विदेशी कम्पनीले यहाँ सफ्टवेयरेखि सबै कामको पूर्वाधार बनाइदिने हो। हामीकहाँ दक्ष जनशक्ति पनि छैन। यी दुवै काम नेपालले गर्ने हो भने कम्तीमा ५ वर्ष लाग्न सक्छ। विदेशी कम्पनीलाई दिने हो भने ३/४ महिनाभित्रै काम थाल्न सकिन्छ,' उनको दाबी थियो। My comment: सम्भिधान बनाउन पानी नेपाल म दक्ष्य जनशक्ती छैन जस्तू छ, ५ बर्षा भन्दा बढी लागि सक्यो , बिदेशी लाई दिये ३-४ महिन मै बनै दिन्छन भर्ना गर्नुस् न सक्ष्य्म जनसक्ती, पार्टी कार्येकार्ता सजिलै भर्ना गर्न सकिन्छ, दक्ष्ये जनशक्ती छै छैनन रे ? गफ दिने ? गौतमले विदेशीले काम गर्ने भए पनि पासवर्ड अध्यागमन विभागअन्तर्गत नै चलाइने बताउँदा सभासदहरूमा हाँसो छाएको थियो। सि अाइ ए को त लिक हुन्छ, पासवर्ड नेपाली ले चलाऊदै मा लिक नहुने हो र प्रकाशित मिति: २०७१ चैत्र १३ ०८:१४
_____ · Mar 27, 2015 7:24 AM · 3,821 views
गृहमन्त्रीले भने- 'म विरुद्ध अनर्गल प्रचार गरियो विदेशीलाई भिसाको जिम्मा दिने बारे स्पष्टोक्ति कान्तिपुर संवादद काठमाडौ, चैत्र १३ - उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले अनलाईन भिसाको सिस्टम सञ्चालन गर्न सरकार आफै सक्षम नभएसम्मका लागि विदेशीलाई दिने प्रस्ताव गरिएको बताएका छन् । उनले अहिलेको जनशक्ति अध्यागमन प्रणालीलाई आधुनिकीकरण गर्ने कामका लागि सक्षम नदेखिएको बताए । 'हामीले ती काम गर्न हाम्रो जनशक्तिले सक्छ कि सक्दैन भनेर अध्ययन गर्यौं,' उनले भने-'त्यो काम अध्यागमन विभागकाे जनशक्तिबाट सम्भव नहुने निष्कर्षमा पुग्यौं । किनभने, त्यहाँ कसैले अंग्रेजी बुझ्दैनन्, कतिले बोल्न सक्दैनन्, कसैले कम्युटर चलाउन जान्दैनन् ।' विभागमा जान्ने मान्छेहरु ज्यादै कम रहेको उनको भनाई छ । पार्टी निकट पत्रकारहरुको भेलामा शुक्रबार उनले आफू विरुद्ध अनर्गल कुरा प्रचार गरिएको भन्दै भिसा प्रोसेसिङको काम निजी कम्पनीलाई दिने मन्त्रालयको प्रस्तावका विषयमा आएको समाचार ७५ प्रतिशतभन्दा बढी असत्य रहेको दावी गरे । 'नेपालको भिसा प्रोसेसिङ्ग सम्पूर्ण रुपमा विदेशीलाई सुम्पिइँदैछ र नेपालको गोपनीयता विदेशीलाई विक्रि गरिँदैछ, ठूलो आर्थिक चलखेल गरिँदैछ भन्ने कुरा आएको छ,' उनले भने-'ती झुठ हुन, जुन देशको निम्ति मैले ६७ वर्षसम्म दुःख, कस्टसँग बिताएको छु, राष्ट्रको निम्ति लडेको छु, म राष्ट्रहित विपरित जानै सक्दिन । बरु, म मर्न सक्छु, राष्ट्रलाई धोका दिन सक्दिन ।' गलत तरिका ले लदेर देश को लगिकेही हुँदैन गृहमन्त्री जिउ, तपै हरु लद्न भो, माओवादी हरु लडे, देश मा भने सम्भिधान समेट बनेको छैन युध्ह दिमाग ले लद्न पर्छ। बिचरा र दिमागले अन्यए, अत्याचार कुरिती, कुसन्स्कार बिरुध्ह लद्नुस् ६७ बर्ष मा होइन १० बर्ष मा देश बन्छ ७५% असत्ये समाचार बहिर आको छ भने सत्ये के हो भन्नुस् न त, जनता लाई किन लुकाउने। कुन देश ले बिदेशी कोम्पनी लाई दिएको छ भन्नुस् न त, स्वोदेशी प्राइभेट कम्पनी लाई दिएको त मलाई पनि थाहा छ, बिदेशी कोम्पनी लाई दिएको छै थाहा छैन। फेरी इराक ले द्या छ. अफ्गनिस्तन ले द्या छ् भन्नु होल त्यो चाँही मिल्दैन है उनले कतिपय देशमा अनलाइन भिसाको सिस्टम सञ्चालन गर्ने काम निजी क्षेत्रलाई दिइएको भन्दै नेपालले पनि नोट र एमआरपी पासपोर्ट आफैले नछाप्ने गरेको उदाहरण आफ्ने बचाउमा प्रस्तुत गरेका छन् । अध्यागमन विभागको आधुनिकीकरण नहुँदा विश्वभर नेपालको बदनामी भइरहेको उल्लेख गर्दै उनले अफूले त्यस कार्यको पहल गरेको उल्लेख गरे । उनले प्रस्ताव मन्त्रिपरिषदमा गएपनि पारित हुने कि नहुने कुरा बाँकी रहेकाले आफूले त्यस विषयमा धेरै नबोलेको उल्लेख गरे । 'मन्त्रिपरिषद्बाट त्यो कुराको टुंगो लागिसकेपछि दस्तावेजसहित पत्रकार सम्मेलन गरेर यथार्थ कुरा बाहिर ल्याइने छ,' उनले भने । कहिले एन जि ओ को रुप मा बिदेशि अौछन, अब बाबुराम ले भारतीये लाई एर्पोर्ट को जिम्मा दिन लागेको थ्यो, भारतीये भनेर नेपाल मा बिरोध भएपछी, मलेसियली खोल वोढेर भारतीयेहरु अध्यागमन को काम थुत्न, आए तेती पनि बुझ्न हुन्न? भारत को बिरोध गरेको होइन मैले, राम्रो काम नेपाली हरुले नै पाउन भनेर मात्र भन्न खोजे को, एसो भन्दा बढी राष्ट्रबादी पनि हुन खोजेको होइन। नेपाल को समर्थन गर्नु भनेको भारत को बिरोध होइन जुन सुकौ देश ले पनि राम्रो काम आफ्नो द्श को मान्छे लाई दिन्छ, यो कमन सेन्स हो प्रकाशित मिति: २०७१ चैत्र १३ ०५:०४ Last edited: 27-Mar-15 08:33 AM
_____ · Mar 27, 2015 8:07 AM
दक्ष्य जनशक्ति छैन ? हा हा कति पाउछौ : कमिसन ? देश चलेको रेमिट्यान्स अनि देश चलाउने कमिसन मा क्या मिलेको छ ? वा मिलाएको छ ? ४० बर्स भएन कम्पुटरको अफिस खोलेको ? हजारौ होलान दक्ष कम्पुटर जनसक्ति, मगाउ एउटा बिसेशग्य अनि किन चाहिने पुर्जा , किन नसक्नु नेपालीले | भातमारा लाइ कमिसनकै ध्याउन्न |
magorkhe1 · Mar 27, 2015 9:28 AM
Bam Dev bhaneko ki Kham Dev ! Deshko Immigrationko mul kaam pani sarkarle garna sakdaina bhane rajinaama deu na! Mujhi chor, password timro bhae pani, network ta timro hoina, software ta timro hoina. Software ma hook rakhyo wa malware rakhyo bhane timro passwordko kehi pani lagdaina. Sony ko hack bhaeko chha, Anthem Blue Cross Blue Shieldko Hack bhaeko chha, Home Deport ko Hack bhaeko chha, ke uni harule password chaleko chhaina. Salale, passport bideshi lai bechera commission khane ani computer hack bhayo bhanera computer ra softwarelai dosh dine bichhar gareko hola
magdadela · Mar 27, 2015 9:48 AM
नालायक सरकार. इमिग्रेशन जस्तो संवेदनशील ठाउमा पनि बिदेशी राखेर हुन्छ? पैसाको लागि खोला-नाला सब बेचेर खान तयार छन् हाम्रा देशका नालायक नेताहरू. हैन, पैसा भन्दा माथि उभिएर सोच्ने कोहि छैनन् नेपाल मा?
ujl · Mar 27, 2015 12:09 PM
ujl · Mar 27, 2015 2:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion