१२ चैत, काठमाडौं । प्रेम प्रस्ताव अस्वीकार गरेको बदलामा एसिड छर्किएर आक्रमण गर्ने एक अभियुक्तलाई प्रहरीले फक्राउ गरेपछि राजधानीमा अर्को तेजाब आक्रमणको घटना बाहिर आएको छ । ललितपुरको मंगलबजारमा युवतीमाथि एसिड आक्रमण गर्ने अनुप रानालाई प्रहरीले पक्राउ गरेपछि प्रेम अस्वीकार गरेको बदला दिन एसिड आक्रमण भएको खुलेको हो । मंगलबजारको कृष्ण मन्दिर परिसरमा गत माघ ८ गते साँझ २२ वर्षकी अन्जना तण्डुकारमाथि एसिड आक्रमण भएको थियो । फागुन १० गते बसन्तपुरमा दुई किशोरीमाथि एसिड आक्रमण भएको घटनाले ठूलो चर्चा पाए पनि अन्जनामाथिको आक्रमण गुपचुप नै राखिएको थियो । ललितपुरको घटना ३ महिना पछि मात्र सार्वजनिक भएको छ । प्रहरीका अनुसार एसिड आक्रमणबाट तण्डुकारको निधार र दायाँ गालामा असर परेको छ । तन्डुकारको घाउ अझै पूर्णरूपमा निको भएको छैन । घटना लगत्तै अन्जनालाई पाटन अस्पताल लगेर उपचार गरिएको थियो । प्रहरीका अनुसार अनुप र अञ्जना बालकुमारीको माइलस्टोन केलजमा बीबीएस तेस्रो बर्षमा अध्ययनरत थिए । अनुपले एसएमएसबाट प्रेम प्रस्ताव राख्ने गरेका थिए । एसिड आक्रमणमा संलग्न टिकाथलीका २० वर्षका अनुप राना मगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी अपराध महाशाखाका एसएसपी पुस्कर कार्कीले जानकारी दिए । ललितपुरमा ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेकाले उनलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । ललितपुर प्रहरीका डीएसपी किसन सिंह थापाका अनुसार फागुन १२ गते मुद्दा दार्ता भएको थियो भने मगर चैत १० गते पक्राउ परेका हुन् । - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Mar 26, 2015 3:03 PM · 1,628 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion