एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्यासीहरु बीच बहस सफलता पूर्वक सम्पन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चैत्र १२ ,डिसी विजय थापा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनका अध्यक्षका उम्मेदवारहरुका बीच प्रत्यक्ष बहस कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l अध्यक्षका आकांक्षीहरुलाई समेट्दै एनआरएन अमेरिकाको ईतिहासमा यस्तो प्रतक्ष्य बहस कार्यक्रम पहिलो पटक गरिएको हो l विश्वमै अनुकरणीय मानिने प्रजातान्त्रिक शैली,खुला प्रतिष्पर्धा र नेतृत्वका लागि चाहिने ज्ञान,अनुभव,कुटनीति,वाक पटुताको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपति चुनावमा गरिने बहसलाई मध्यनजर गर्दै यस्तो बहस कार्यक्रम गरिएको भिजन फर नेपाल फाउन्डेशनका अध्यक्ष पत्रकार कृष्ण शर्माले कार्यक्रम शुभारम्भ गर्नु अगाडी जानकारी गराएका थिए l डेढ घण्टा सम्म चलेको उक्त कार्यक्रम फाउन्डेशनका अध्यक्ष पत्रकार कृष्ण शर्माले कार्यक्रम संचालन गरेका थिए भने बहस कार्यक्रम मार्फत एनआरएनका सदस्यहरुले आफ्नो नेता छान्न सहयोग मिलोस भन्ने उदेश्यले कार्यक्रम गरिएको आयोजकले बताएका थिए l कार्यक्रम गत आइतवार साँझ ६ बजे देखि प्रत्यक्ष बहस कार्यक्रम गरिएको थियो l विभिन्न सामाजिक संजाल मार्फत करिब नौ जना अध्यक्षका प्रत्यासी भएता पनि प्रत्यक्ष बहसमा रमा सिहं, डा केशव पौडेल,दूर्गा दाहाल ,नगेन्द्र पौडेल ,गणेश कुँवर तथा श्री पराजुली सहभागी भएका थिए l र ,वर्तमान समितिका उपाधक्ष्य श्री पराजुली ले औपचारिक घोषणा गर्न नपाउदै उक्त बहसमा अध्यक्षका प्रत्यासीको रुपमा आफु लाई प्रस्तुत गरेका थिए l कार्यक्रमलाई तीन चरणमा विभाजित गरिएको थियो भने प्रथम चरणमा हरेक उम्मेदवारहरूले चार मिनटको समय आफ्नो बारेमा तथा आफ्ना कार्यसूचीको बारेमा प्रकाश पार्नका लागि समय दिइएको थियो l दोस्रो चरणमा कार्यक्रम सचांलकले चार वटा प्रश्न सबैका लागि सोधेका थिए भने पाचौं प्रश्न हरेक उम्मेदवारका लागि छुट्टा छुट्टै सोधिएको थियो l र ,तेस्रो चरणमा दर्शक दीर्घाबाट चार वटा प्रश्न सोधिने व्यवस्था मिलाईएको थियो भने दोस्रो र तेस्रो चरणका सबै प्रश्नको जवाफका लागि उम्मेदवारहरूले दुई मिनटको समय दिईएको थियो l कार्यक्रमको अन्त्यमा हरेक उम्मेदवारहरूले आफ्नो समापन मन्तव्यका लागि २ मिनटको समय उपलब्ध गरीएको थियो l नेपाली बर्णानुक्रम अनुसार सर्व प्रथम महिला उम्मेदवार तथा संचार कर्मी रमा सिहंले मौका पाएकी थिइन् l अध्यक्ष पदका प्रत्यासीहरुले सबैले समय भित्र जवाफ दिएका थिए l अध्यक्ष पदका प्रत्यासीहरुलाई यस्तो प्रश्नहरु राखिएको थियो l १) अर्थशास्त्रीहरु भन्छन- नेपालको अर्थतन्त्र रेमिट-अर्थतन्त्र हो। बिदेशमा कमाएर स्वदेशमा परिवारलाइ सहयोग गर्न र लगानी गर्न विदेशिने नेपालीहरुको परम्परा नै बसेको यथार्थ हो । यसले जिविकोपार्जनमा ठुलो सहयोग गरेको पनि पक्कै हो। बिदेशमा कमाइ गरि देसमा लगानी गर्ने उहिले देखिको असंगठित प्रयास भन्दा अहिलेको संगठित एन आर एन एको प्रयासले नेपालको आर्थिक विकासमा के भिन्नता राख्न सक्छ? २) पहिलो पुस्ताका नेपालीका छोराछोरीहरू आफ्नो अध्ययन पुरा गरी अमेरिकामा विभिन्न पेसामा आबद्ध भैरहेको अवस्थामा नेपाल र नेपाली प्रति त्यति चासो नदेखाएको पाइएको छ। यो समुहलाइ अमेरिकी नेपाली समुदाय तथा नेपाल प्रति आकर्षित गर्न हुनेवाला एन आर एन अध्यक्षका हैसियत्ले कस्तो योजना तयार पार्नु भएको छ? ३) अमेरिकाको नेपाल नीतिमा बिधमान उदाशिनतालाइ हटाउन तथा नेपालमा लगानी प्रबर्धनका लागि नेपाल अमेरिकी च्याम्बर अफ कमर्स एंड इण्डस्ट्री स्थापनाका लागि लबी गर्नु पर्यो भने तपाइले कहाँबाट कसरि काम सुरु गर्नु हुन्छ। ४) एक पटकको नेपाली सधैको नेपाली भन्ने नारा तपाइलाई कत्तिको बिरोधाभाष पूर्ण लाग्छ ? यदि लाग्दैन भने किन लाग्दैन? ५) दोहोरो नागरिकताको बारेमा तपाईं के भन्नु हुन्छ? ६)एन आर एन खोक्रा भाषण गर्न जान्ने, पैसा र पहुँचवालाहरुको क्लब बन्ने कि जनस्तर सम्म पुगेर काम गर्नेहरूको साझा चौतारी बन्ने भन्ने कुरा तपाइहरूले देखाउने ब्यवहारमा भर पर्छ। यदी चौतारी बनाउने हो भने लडेर होइन, जुटेर अगाडि बढ्नु पर्छ। तर तपाइहरू त जुट्ने होइन लड्ने मनस्थितिमा हुनुहुन्छ। कहिलेकाहीं हारेर पनि जितिन्छ भन्ने कुरामा कतिको बिश्वास गर्नु हुन्छ? ७) नेपालको राजनीति जस्तै अमेरिकामा रहेका नेपाली संस्थाहरुमा व्यापक राजनीतिकरण एबम धुर्बिकरण देखिन्छ। यो यथार्थका बीच आगामी दुइ वर्ष राजनीतिबाट टाढा रहेर समग्र नेपालीहरुलाई एनआरएन छातामुनी कसरि ल्याउन सक्नुहुन्छ ? ६ जना सबै अध्यक्ष पदका प्रत्यासीहरुले राम्रो जवाफ दिएका थिए भने दर्शकहरुले पनि कार्यक्रम नौलो र राम्रो लागेको बताएका थिए l र कार्यक्रम अत्यन्तै सहभागीमुलक रहेको थियो l उक्त प्रतक्ष्य बहस कार्यक्रममा डा धर्म अधिकारी, भरत दत्त कोइराला, राजेन्द्र ब श्रेष्ठ, अरूण भट्टराइ, केशर कार्की, सोना लामिछाने शर्मा, चन्द्र खतिवडा, अमृता लम्साल, नीलम शर्मा, पुरू सुबेदी, योगेश उपाध्याय, डा श्याम कार्की, हरीकृष्ण उपाध्याय, गिरीश पोखरेल, अमर प्रसाई तथा सुकृती शर्माले प्रश्नावली संकलन ,परिमार्जन कार्यक्रम संयोजनमा बिशेष सहयोग पुर्याएका थिए l पीएफए बिमा प्रतिष्ठान ,सगुन डटकम तथा अल इन वान सर्विस अफ भर्जिनियाले बहस कार्यक्रमको सौजन्यता गरेको थियो भने बहस सफलता पूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई आयोजक भिजन फर नेपाल फाउन्डेशनले धन्यबाद दिएको थियो l

mahoday · Mar 25, 2015 7:35 PM · 11,788 views

2 Replies

हो र !! मेरी बास्सै

facebook · Mar 25, 2015 8:37 PM

यो साले चोर हरु

nepal_nepal · Mar 25, 2015 8:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all