राजनीतिले आक्रान्त मेरो देस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एउटा देस थियो तेहा राजनीति थियो न अर्थतन्त्र सुद्रिड थियो, न विकास को छाट काट थियो, न मानब अधिकार थियो, न स्वतन्त्रता थियो, तेह केवल राजनीति थियो । तेहा खाने पानी थिएन, बत्ति थिएन, बाटो थिएन, स्कुल थिएन, किनकि तेहा राजनीति मात्र थियो ! योजना कागज मा तुङ्गिन्थे सर्बदलीय बैठक बस्थो त कति खाने, मा कति खाने तैले कति बेर लुट्ने, मैले कति बेर लुट्ने केवल भागबण्डा मात्र हुन्थो ! तेहा सरुवा हुन्न थो बढुवा हुन्न थो किनकि तेहा राजनीति हुन्थो ! पैसा को खेल हुन्थो, चिनेको जानेको माथि जान्थो नत्र अबकास मा घर जान्थो ! तेहा काम हुदैन थियो , केवल राजनीति हुन्थो ! तेह क्याम्पस नामका थिए, पढाई थिएन, केवल राजनीति थियो बिद्धार्थीको लाम सभामा हुन्थो बिद्धार्थी पनि पढाई हैन राजनीति गर्थे शिक्षक पनि राजनीति गर्थे त्यो पाठशाला हैन पार्टी कार्यालय थियो ! तेहा सरकार थिएन सत्ताको राजनीति थियो पालै पालो पार्टी पिच्छे नेता गनी गनी खुर्ची को खेल मात्र थियो सरकार चलाउन पर्दैन थियो केवल कुर्ची जोगाए पुग्थो किनकि तेहा शाशन हैन राजनीति हुन्थो भत्ताको खेल हुन्थो योजनाको किन बेच हुन्थो जनताको भाग्य संग खेलबाड हुन्थो तेहा देस भ्याउने राजनीति हुन्थो ! तेहा भ्रस्टाचार खुले आम हुन्थो ठगि मन लाग्दी हुन्थो समान लुकाउदै हाहाकार मच्चायिन्थो किनकि तेहा खानामा राजनीति हुन्थो कति समान पूर्ति गर्ने , कहाँ कति समान बाड्ने , राजनीति ले निर्धारण गर्थो ! तेहा न कानुन थियो न सेवा थियो कानुन 'हुने'का लागि मात्र थियो सेवा पैसाले मात्र किन्थो न्याय पैसामा बिक्थो अदालातमा खुले आम मोलतोल हुन्थो पार्टी हेरी हेरी न्याय निर्धारण हुन्थो ! विकास ठप्प थो प्रगति सुन्य थियो युवा केवल बिदेस भासिन्थे बुढापाखा केवल काल कुर्थे तेहा बाटो दिनहु बन्द हुन्थो अस्पताल मा खुलेआम सर्टिफिकेट बेचिन्थो ठग्न पाइएन भनेर चक्काजाम हुन्थो हत्यारा खुलेआम हिद्थो डनले नेता को सुरक्ष्या गर्थो त्यो देस राजनीति ले ग्रस्त थियो ! देस को निर्णय बिदेस मा हुन्थो , तेहा नेता बिदेस धाउथे , खुलेआम बिदेसी हस्तछेप माग्थे ! सार्वभोमसत्ता केवल कागज मा थो देस प्रेम एउटा नाटक थियो तेहा रास्ट्रियता केवल देखाओटी थियो फेसबुक का फोटा हरु मा सिमित थियो किन कि त्यहाँ केबल देखाउनु थियो । येत्र तत्र राजनीति ले छरपस्ट देस , स्वास्थ मा राजनीति , खेल मा राजनीति जात मा राजनीति धर्म मा राजनीति कण कण मा राजनीति यो देस हो कि राजनीति ? कुनै दिन एस्तो आउला तेहा केवल राजनीति होला न देस होला न जनता होलान केवल नेता र कार्येकर्ता तेहा भूभाग नहोला सिमाना नहोला केवल राजनीति होला प्यालेस्टाइन जस्तै !

amricane · Mar 24, 2015 3:40 PM · 17,071 views

1 Reply

केवल राजनीति होला प्यालेस्टाइन जस्तै !

magorkhe1 · Mar 24, 2015 3:49 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all