आन्द्राको सेल्फी र यमराजसंग च्याट ======================== कथाको सुरु गत साल डिसेम्बर महिनाको तेस्रो हफ्ता देखि हुन्छ | प्रि क्रिसमस भन्दै छिमेकीहरुसंग साँझलाई रमझम बनाउंदै थियौं | धेरै पिउने भन्दा पनि धेरै जिउने चाह थियो | तै पनि कोटा अनुसार झुम्मिएँ | भोलिपल्ट पेट फुलेको फुलेको , दुखेको दुखेको जस्तो भयो | सितन र बियरको मात्रा, मात्रा भन्दा बढी भयो कि भन्ने लाग्यो | यो क्रम जारि रह्यो केही दिन | मेरो पेट भरि हेलियम ग्याँस भरेको र बेलुन झैँ उड्न खोजेको तर खुट्टाले यो धरतीमा जबर्जस्ती बन्धक बनाइ राख्या जस्तो | १ हफ्ता सम्म यो क्रम जारि रह्यो | खास दुखेको पनि हैन तर केही असजिलो महसुश हुन्थ्यो | अब भएन भनेर डाक्टर सहिबालाई को-पे ३० डलर “पुइं हाय” नगरी भएन भनेर प्राइमरी फिजिसियन संग समय लिइयो | ( नेवार समुदायमा सामन्य अस्वस्थातामा अक्षताम फलफूल र कपासको माला बिशेष बनाई ढलको निकास मा पूजा गर्ने चलन लाई पुइं हायगु भनिन्छ| बिभिन्न कारणले अरुलाई पैसा बुझाउनेको पर्याय “पुइं” हाय “ हुन गएको छ) डाक्टर साहिबाले मेरो कुरा नबुझेकी हो कि मैले बुझाउन नसकेको थाहा भएन | मलाई त आउँ लागेको ओखती दियो बाइ | अनि एन्टी बायोटिक| अनि एब्डोमिनल सिटी स्क्यान गर्नु भनेर पर्ची लेखेर दिई | डाक्टरी डिग्री भएका संग बहस गर्नु हुन्न भन्ने लाग्यो | ओखातिले त झन् खान मन नलाग्ने र बिरामी नै महशुश भयो | सिटी स्क्यानिंग गर्न गइयो | ६ घण्टा अघि देखि केही खान नहुने , बेरिलियमको smoothie २ लिटर पिउने पर्ने अर्को टेन्सन, लास्तई गन्हाउने | सिटि स्क्यान गरियो | स्क्यानिंगको रिपोर्ट प्रतिकूल भयो भने खबर गर्छु हैन भने केही गर्नु पर्दैन भन्यो | २-३ दिनसम्म कुनै फोन आएन | मेरो पेटमा खराबी छैन भन्ने कुरा ढुक्क भैयो | क्रिसमस आयो | नेपालीको महान चाड, खैरे गैरे क्रिस्चियन भन्दा नि २ कदम आगे छौं प्रभु यशुको जन्म दिन मनाउन | एकजना डाक्टर मित्रको सल्लाहमा त्यो ओखती सोखाती खान छोडेर मर्स्याको पसलमा हाजमोला किनेर खाए देखि पेट को दर्द गयाब भयो | साला २ डलरको एक बट्टा हजोमोलाले काम निको हुने कुरामा डाक्टर साहिबाले अनेक यातना दिई भन्ने लाग्यो | ++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++ गत फेब्रुअरी महिनामा वाशिंगटन मेट्रो एरियामा चिर परिचित ट्राभेल एजेन्टको ब्यबसाय गर्ने मेरो भाइ ( काकाको छोरो ) राकेशको पत्नीको कोलोंन क्यान्सरले ग्रसित थिईन् | अन्तिम अवस्थामा रहेकोले भेट्न भनी जाँदा जाँदै बाटोमा दुखद निधन भएको शोक थियो ( यसबारे अन्तै लेखि सकेको छु )| जिउँदोलाई भेट्न सकिन लाश माथि ह्याप्पी बर्थ डे र गेट वेल सून को कार्ड र बुके चढाएर फर्किने अभागी मै थिएँ | फेरी भ्यालेन्टाइन डे को दिन अन्तिम यात्रामा सहभागी भै पुन आफ्नो वासस्थाममा फरेको थिएँ | आज उनै बुहारीको ४५ दिनको पुण्य तिथी, भारि मनले पुन: एकपल्ट श्रद्धान्जली | +++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++ फेब्रुअरी महिनाको अन्त्य तिर नियमित सेवन गर्नु पर्ने उच्च रक्त चापको ओखतीको लागि डाक्टर साहिबाकोमा गएको थिएँ , पर्ची माग्न | पर्ची दिनुको साटो हप्काउँछे बाइ .......| तिम्रो सिटि स्क्यानको रिपोर्ट राम्रो छैन सम्पर्क गर्नु भनेर फोन गरेको किन नआएको पो भन्छे | ए बाबा फोन भने पछी यमराज को त उठाउने मान्छे म . न उठाउने कुरै छैन भने | रेकर्ड देखायो फलानो मितिको फलानी ट्याममा फोन गरेको भनेर | फोन पनि आएको थिएन , मेसेज नि छोडेको थिएन | यो कुरामा बहस गर्नुको कुनै तुक छैन भनेर मैले आफै सरि भनें | ग्यास्त्रो स्पेश्लिस्टकोमा जानु मैले पर्ची लेख्दिन्छु भनी | आफु पनि अलि अलि पढे लेखेको मान्छे, कुनै जमानामा बायोलोजी पढेर डाक्टर बन्ने सपना चकनाचूर भएको इतिहास भएको मान्छे , अलि अलि त शारीरिक संरचनाको ज्ञान थियो भन्ने दम्भले “ त्यो रिपोर्टमा कहाँ गडबड भएको जस्तो देखिन्छ ?” भन्ने प्रश्न गरि हालें| डाक्टर न ठहरियो, यस्ता औंठा छापले के सोध्या होला भनी ठानी कि कसो, बम्किदै कोलोंनमा प्याचेज छ, त्यो जे पनि हुन सक्छ, जी आई स्पेश्लिस्टलाई देखाउनु पर्छ | अघि सम्म जिन्दगी नर्मल थियो, सपनाहरु रंगिन थिए | एकै छिनमा खर्ल्यांगखुर्लुम्म भए | केही दिन अघि मात्र आफ्नै बुहारीको लाशलाई अग्नि समाधीमा राखेको हेरेर आएको आँखाले आफैलाई त्यही कफिन भित्र देखें | कोलोंन मा प्याचेज , याने कि कोलोंन क्यान्सरको बलियो सम्भावना | एक मन लाग्थ्यो भैहाले पनि प्रारम्भिक चरणको भए त निको हुन्छ नि , साहस बटुलें| डाक्टरको क्लिनिकबाट निस्किने बित्तिकै कार मै बसी ग्यास्त्रोवाला लाई फोन हानें | १५ दिन पछी मात्र समय छ भने | यत्रो दिन त बाँचियो र बच्यो भने फेरी अर्को १५ दिन सही भन्दै समय लिएँ | टेन्सन खाँदै , टेन्सन पिउंदै जिउंदै भएँ| भनेको समयमा दिनमा, अस्पतालमा गइयो | जी आइ स्पेश्लिस्ट डाक्टरी साहिबाले छामछुम गरी पेटमा, रिपोर्ट सिपोर्ट हेरी | लामो सुस्केरा तान्दै “ खासै ठुलो समस्या जस्तो त देखिदैन “ भनी , यति के भनेकी थिई म मा जीवन संचार भैहाल्यो | आन्द्राको पिक्चर देखाएर – “ यहाँ निर सानो प्याचेज छ, मेरो बिचारमा कुनै ठुलो प्रोब्लेम हैन , तै पनि के हो भनेर इन्डोस्कोपी गरेर हेर्नु पर्छ, त्यो गर्दा शंका लागेमा बायोप्सी पनि गर्न सकिन्छ , त्यसैले टेन्सन लिनु पर्दैन “ भनी | डाक्टरले यहाँ निर भनेर देखाएको भाग कोलोन थिएन | त्यसैले कन्फर्म गर्न मैले सोधें – यो भाग त कोलोंन हैन नि , कहाँ निर प्याचेज हो ? “ यो त डुडेनम हो , कसले भन्यो कोलोंन ? “ डाक्टर साहिबाले प्रष्ट्याइ | हैन मैले न जानेर , कोलोंन मा हो कि भनेर | कोलोनमा हैन , त्यसैले चिन्ता लिनु पर्दैन, मेरो प्रारम्भिक अनुमानमा यो कुनै अप्ठेरो चिज हैन, इन्डोस्कोपी गराउ सब कन्फर्म हुन्छ | अहिले कुनै ओखती पनि खानु पर्दैन “ भनी | गर्ने पर्छ भने पछी गर्नु पर्यो नि , मखुला ?? इन्डोस्कोपीको समय एक हफ्ता पछी रहेछ | लिइयो | इन्डोस्कोपी अर्थात् आन्द्राको सेल्फी | त्यो प्रोसिजर गर्न भन्दा १२ घण्टा अघि देखि केही खान नहुने , पानी समेत पिउन नहुने कडा निर्देशन पाइयो | बुधबार मध्यान् १२ बजे अस्पताल आउने फोन आयो , राती १२ बजे देखि पानी समेत पिउन नहुने भन्दै | फेरी फोन आयो हैन हैन , साढे १० मा गर्ने भएकोले १० बजे आउनु भनेर | मा जस्तो खन्चुवालाई केही राहत मिल्यो | भने जस्तो पानी समेत न पिई गइयो , आन्द्राको सेल्फी लिन | अनेक १० थरिको पेजहरुमा सहि गरायो , यता सहि उता सही, के लेख्या छ पत्तो छैन | पुरै बेहोस बनाउनु पर्ने भएकोले साथमा कोइ हुनु पर्छ भनेकोले जीवन भरि साथ् दिने गृह लक्ष्मी साथमा थिई | भित्र लगियो सर्जिकल युनिटमा | लुगा फेरिवरी खाटमा सुताई स्लाइन पानी चढाई हाल्यो | एकजना बुढा डाक्टर हाइ भन्दै आयो | म आजको यस प्रोसिजरको एनिस्थेसीयन डाक्टर फलानो भन्दै | छाती को विभिन्न भागमा र हातको औम्लाहरुमा जडेका तारहरुले अगाडिको मोनिटरमा ब्लड प्रेसर देखि लिएर धड्कनको पदचाप समेत देखाइरहेको थियो | त्यो हेर्दै स्वास्थ सम्बन्धी प्रश्न गर्दै गर्यो | “यो भन्दा पहिले कहिलेइ अनेस्थेसिया लिएको छ ?” डाक्टरले सोधे | छैन मैले भनें | ओहो अहिले सम्म कुनै सर्जरी वार्जारी गरेको छैन ? मैले छैन , दांत निकालेको बाहेक | दांत निकाल्दा एनेस्थेसिया दियो होला नि ?? अहँ लोकल मात्र लिएको | यह मान्छे त बहादुर रहेछ रे | के थाह त्यो डाक्टर लाई , म नेपाली हुँ अनि आफ्नो नाममा मिडिल नेम बहादुर पनि छ भनेर | नाक मा अक्सिजन को पाइप नि घुसायो | एक छिन हामी बेहोस बनाउन्छौ , १० मिनेट जति प्रोसिजरमा लाग्छ , आधा घन्टामा होस् आउँछ | कुनै चिन्ता लिनु पर्दैन , म साथ् हुन्छु- डाक्टरले आफ्नो तर्फबाट आस्वस्त पारे | एकै छिनमा डाक्टर क्यास्पर आइपुगी, ग्यास्त्रो बिशेषज्ञ | छड्के पारेर सुत्न भनी | मुख आँ गर भनी | आँ गर्ने बित्तिकै मुखमा एक डल्ला घुसाई | अनि त्यो बत्ती भएको क्यामेरा भएको पाइप सेल्फी खिच्न घुसाई | आमा मरें नि , मा चिच्याएँ | होसमा रहेछु क्यामेरा घुसाउँदा | हत्तनपत्त क्यामेरा झिकी | त्यति मात्र याद छ मलाई | त्यस पछी त अर्कै संसारमा................................ | म त यमराज संग च्याटमा पो ब्यस्त भएँ | यमराज बोरो त लास्तई स्लो मोशनको औलाद रहेछ | अनलाइन भ्वाइस च्याट | भकभके पनि रहेछ बोरो त | परिचय आदान प्रदान गर्दैमा च्याटको टाइम सकियो | इन्टरनेट कनेक्सन प्रोब्लेम | अर्कै कोठामा आँखा खोलेछु | संगै एक जना नर्स थिई | कस्तो छ अहिले ? तिनले नरम स्वरमै सोधी | ठिक छ म्यादम भन्न खोजेको ज्यान जाला बोलि फुट्दैन | हातको इशाराले ओके भने | एनेस्थेसियाको प्रभाव हटेको थिएन , झुम्म थियो | छाती भारि थियो | बोलि बन्द | केही समय पछि फेरी आइ त्यो नर्स , जुस पिउने हो भन्दै | हो भन्न पनि सकिन , इशारामा हो भनें | मुलाहरुले क्यामेरा घुसाउँदा भोकल कर्ड सोकल कर्ड नै खत्तम पारे छ जस्तो लाग्यो | जुस पिएँ | अमृत सरि भयो | एक छिन पछी एनेस्थिसिया को डाक्टर आयो , कस्तो छ हाल भन्दै | भन्न सके पो | बल गरी एकदुई शब्द निस्कियो . आइ आम ओके | भोकल कर्ड चाहि जिम्दै रहेछ , धन्न भगवान | नत्र पटरपटर बोली रहनु पर्नेको भोकल गए पछी त नून खाएको लोकल भैहाल्यो नि , कुरो......... | डाक्टरलाई कुन्नि के लग्यो , यो मान्छेले इन्ग्लिश बुझ्दैन भनेर बाहिर कुर्दै बसेकी गृहलक्ष्मी लाई बोलाएर ल्याई | डाक्टर संग किन नाबोलेको भनि सोधी | के बोल्नु अघि एक शब्द त निस्केको थिएन | भोकल कर्ड चेट | बल्ल, ग्यास्त्रो स्पेश्लिस्ट डाक्टर साहिबा आइन्| इन्डोस्कोपीको रिपोर्ट एकदम झक्कास छ | त्यो प्याचेज केही हैन , केही गर्नु पर्दैन . एक छिनमा घर गए हुन्छ | थ्यान्कु डाक्टर , थ्यान्कु भगवान | अघि यमराज संग च्याट मात्र भएको थियो | झन्डै प्रत्यक्ष यमराज नै आएको थियो | ढुक्क भएँ| छाती दुखेको , बोली न निस्केको कुरा अब ठुलो इस्स्यु भएन | छाती दुखेको बोल्न गाह्रो भएको गुनासो गर्दा , यो नर्मल हो , २४ घन्टामा ठिक हुन्छ भनी | त्यसपछि घर आएँ | प्यारीले बडा मीठो जाउलो पकाईवरी खुवाई | एक छिन सुत्न भनी | त्यसै त झुम्म परेको , सुती हालें | दिउसो सुत्नुको मज्जा नै बेग्लै | सुतिरहंदा एक्कासी जाडो भयो | कम्बलले ओढी सुतियो | जरो आएको हेक्का भएन | श्रीमतीजीले सुत्न पुग्यो उठ, चिया खानेकी भन्दा झल्याँस ब्युन्झें | हनहंती ज्वरो आएको रहेछ | १०३ देखाउछ त्यो चाइनिज थर्मामिटरले | हैन होला भनेर फेरी थर्मामिटर राखियो, १०३.१ . हो रहेछ जिउ नि पुरै इलाहाबादको गर्मी जस्तो| अस्पतालबाट डिस्चार्ज गर्ने बेलाँ देको पर्चिमा १०१ भन्दा बढी ज्वरो आएमा सिधै इमर्जेन्सीमा जानू भनेर लेखेको रहेछ | तै पनि ज्वरो घट्ला कि भनेर पानी पत्ती हालेर बसियो | भगिरथ प्रयास पछी १०२ मा झर्यो | १०२ बाट झर्ने नाम लिएन | डाक्टरलाई फोन गरें | डाक्टर हिडीडाक्यो | इमर्जेन्सी जानू भन्ने आदेश आउछ उताबाट | १०२ बाट नझरे पछी झारफुक गर्न इमर्जेन्सी जानै पर्यो | के भा हो के ? ताइनोनोल् एड्भिल खाउँ भन्ने सोच आको हो, फेरी डाक्टरलाई न सोधी किन खाइस भन्ने पो हुन् कि भन्ने लाग्यो | इमर्जेन्सीमा सामान्य बिबरण लिए पछी बस्न भनियो | कुर्दा कुर्दा .......... मुर्दा हुन मात्र बाँकी | सात न बज्दै अस्पताल पुगेको १० बज्यो , जांच पड्ताल भाको हैन | बल्ल १० बजेर १० मिनेटमा भित आउन बोलायो | एउटा कोठामा सुत्न भनियो | एक जना नर्स आए , बेड मिलाए , सामान्य जानकारी लिए , रिमोट कन्ट्रोल हातमा दिएर टिभी हेर्नु भनेर गइ | धन्न टिभी हेर्न पाइयो , भोक ले रन्थनिए पनि | एनबिए को ग्याम हेर्दै बस्यौं | बल्ल डाक्टर आयो ४५ मिनेट पछि | जानकारी लिए | ज्वरो घटेर ९९.९ मा | छाती को घ्यारघ्यार नापे | छातीमा समस्या छ , एक्स रे गर्नु पर्छ , म ब्यबस्था गर्छु , त्यतिन्जेल एउटा ज्वरो घट्ने औषधी पठाई दिन्छु भन्दै गयो | १० मिनेट पछी एक जना आए एक्स रे गर्न लैजाने रे भनेर | हिडेर जान्छु भन्दा मानेन , बेड समेत गुडाएर लगे | एक ठाम मा पुगे पछी अर्कै ले गुडाए | एक्स रे रूम अघिल्तिर छोडेर गए | एक्स रे वालीले फेरी भित्र लगी| एक्स रे लिई | गुडाएर बाहिर सम्म छोडी . अर्को आएक फेरी गुडाएर अघि कै रुममा हुल्दिए | एक छिन पछी अर्कै नर्स आई | पेट दुखेको ओखती लिएर | मलाई पेट दुखेको छैन भन्दा नि डाक्टरले खाउ भनेको छ भन्यो | साथमा टैनोनोल २ ट्याब समेत | दुवै खाइयो | १२ बज्यो रातको अझै इमर्जेन्सीको इमर्जेन्सी को काम सकेको हैन | भोकले मर्ने लागिसक्यो | एक छिन पछी डाक्टर आयो | एक्स रे रिपोर्टमा सानो छातीमा प्याच छ , इन्फेक्सन को , एन्टिबायोटिक खानु पर्छ भने | “ हजुर त वरिष्ठ , हस त नमस्ते “ बरु छिट्टै डिस्चार्ज गरि देउ भनें | १० मिनेट जति लाग्छ , म डिस्चार्ज स्लिप बनाउछु, भन्दै हिडे | बल्ल रात जी १ बजे तिर घर आइयो | भोकले रन्थनिएर | त्यसपछि नियमित एन्टिबायोटिक खाँदै छु | आज अन्तिम दिन | एन्टी बायोटिक र त्यो सेल्फीको चोटले पूर्ण स्वस्थ भैसकेको नहुँदा आज प्यारी बुहारी इश्वरीको ४५ दिनको पुण्य तिथिमा पर्साद ग्रहण गर्न जान असमर्थ छु | त्यही खबर सम्प्रेषण यसै मार्फत गर्दैछु | अस्तु !!!
rahulvai · Mar 23, 2015 9:15 AM · 24,023 views
ब्रो को बुहारीलाई हार्दिक श्रद्दान्जली | संसारबाट छुटिएको आत्माले चिर शान्ती पाओस | अनि ब्रोलाई फिउल ट्यांकीको तर्फ बाट एउटा गेट वेल सुन को ग्रीटिंग कार्ड छ है | मुलाहरुले क्यामेरा घुसाउँदा भोकल कर्ड सोकल कर्ड नै खत्तम पारे छ जस्तो लाग्यो हाहाह यो पढ्दा त हाँसो लायो ब्रो , धन्न ब्रोको भोकल कोर्द जिम्दै रच |
Fuel Tank · Mar 23, 2015 10:31 AM
Get well soon thuldaai - त्यो फिसिसियनको सर्टिफिकेट एकचोटी भेरिफाइ गर्नु पर्ने कतै बिहार सिहार को त परेन
serial · Mar 23, 2015 11:56 AM
Get well, Looks like procedures were done in Nepal.
Bichitra_Kumar · Mar 23, 2015 2:55 PM
नहुँदा केहि हुन्न भएसी सब एक्कै फेर भयेछ . बिचरा ठुल्दाई . चांडै स्वस्थलाभ होस् ठुल्दाई हजुरको . यस्तो हुँदा पनि सेन्स अफ ह्युमर मरेको छैन हजुरको . सिरियस स्वास्थमा छु भन्दा नि हँसाउने तरिकाले भंस्यो नि ....
ThahaChaena · Mar 23, 2015 3:06 PM
प्याचेज केलाउन नसकी दश तिर डुलाउने PCP (इमरजेन्सीमा बस्ने Drले एक्सरे हेरेर पत्ता लगाउने) फेरी हाल्नु पर्यो | चिया पिउना साथ् " मिठिसि दर्द" हुन थालेकोले चिया पिउन छोडेको करिबन बर्स दिन भयो तर छोइला र एइला चै छोडिएको छैन | |५ /५ बर्समा colonoscopy screening त गरिराखेको हु | लौ म पनि पेटको जाच गराउन लाग्छु | Last edited: 24-Mar-15 11:38 AM
magorkhe1 · Mar 23, 2015 3:14 PM
Fuel Tank जी, Serial जी , Bichitra_Kumar जी , Thahachaena जी , magorkhe1 जी लगायत मन पराइ दिने एवं पढी दिने सबैमा हार्दिक आभार |
rahulvai · Mar 24, 2015 8:24 AM
"नेपालीको महान चाड, खैरे गैरे क्रिस्चियन भन्दा नि २ कदम आगे छौं प्रभु यशुको जन्म दिन मनाउन |" हा हा राहुलब्रो ! हामी नेपालिको विशेषतानै येही त् हो नि ! बहानामात्र चाहिन्छ "येला" पिउनलाइ ! हजुरको शिघ्र स्वस्थ लाभको भगवान श्री पशुपतिनाथसंग प्राथना गर्दछु ! अन्तमा श्री पशुपतिनाथले प्रभु येशुको आत्मालाइ चिर शान्ति प्रदान गरुन ! जय शम्भु !
Nas · Mar 24, 2015 11:21 AM
Enjoyed reading, as always. For all the advancements this country has made, the status of medical care is pathetic. Like George Costanza complained, you leave the waiting room to wait in a second room before you finally see a doctor. Also, doctors will not be reluctant on recommending antibiotic; please be careful with them. If at all possible, take them only when you absolutely need them. Some doctors prescribe it even on the mildest conditions. Also Ishwori bhaujyu lai hardik shraddhanjali.
Kiddo · Mar 24, 2015 12:43 PM
Rahulvai sacchi nai birami parya ho ra bhanya... Maile Sajha roast ma yehako byangya garya thiye sachai po parna gako Jhanddai... Welcome Back. Good read.
mangale · Mar 24, 2015 1:28 PM
यहाँ त हस्पिटल बाट नियतबस नभई रोग सारिन्छ मान्छेहरुलै | बरु दाईले तुरुन्त Turmeric , Goldenseal , garlic (BP छ भने doctor को सल्लाह बमोजिम ) capsule हरु को अत्यधिक प्रयोग गर्नु उचित देखिन्छ | साथै Vitamin C २०००-३००० mg | Doctors don't know about nutrition. We mustn't skep turmeric, garlic and other vital spices in our day to day food. I can't get these spices in foods I eat here, so, I've been gulping in pills form. Dai, if you are taking BP meds and have other health issues like cholesterol etc., I urge you or every other person to read this book "Over the counter Natural Cures" It's all food as medicine that you can buy at OTC for lowest price. And, I think you need to stop smoking and drinking. Also, if you have suppressed anger or don't laugh socially, laugh like crazy while you are driving. People who laugh a lot have great immunity to suppress diseases. If that infection is pre-cancerous, you need to UP those supplements immediately along with this vitamin B17(cancer prevention/cure) which can be found abundantly in apricot kernel. I buy from amazon and it's cheap. Good luck.
stallon · Mar 24, 2015 2:40 PM
नास जी, KIDDO जी . मंगले जी stallon जी लगायत सबैमा आभार | stallon जी को सुझाव मनन गर्ने छु |
rahulvai · Mar 25, 2015 10:01 AM
अनि राहुल ब्रो ! हजुरको आन्द्राको के छ हो हालखबर ? प्वा अझै श्ह्याट: जुइ का कि पूर्ण रुपमा जाति होइसक्नु भयो ? अपडेट गरि पाउ त !
Nas · May 18, 2015 8:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion