गोल्डमेडलिस्ट एमएलएका छोरा ‘चपरासी’ ! शनिबार , ७ चैत्र २०७१ ५:४९ पम धेरै जसो राजनीतिज्ञले आफ्ना सन्तानलाई आफूजस्तै बनाउन खोज्छन् । तर भारतको राजस्थानका भाजपा विधायक हीरालाल रैगर भने आफ्नो छोराले चपरासी (कार्यालय सहायक) पदका लागि अन्तर्वार्ता दिएकोमा खुशी छन् । तीन विषयमा पोष्ट ग्राजुएट र गोल्डमेडलिस्ट विधायक हीरालाल रैगरका छोराले राजस्थानको अजमेरमा कृषि उपज बजारमा चतुर्थ श्रेणीको कर्मचारी पदका लागि अन्तर्वार्ता दिएका हुन् । विधायक रैगरले भने, “मैले पढाईमा स्वर्णपदक समेत पाएको हुँ, तर छोरो हंसराजले पढ्न सकेन । उसले ८ कक्षासम्म मात्रै पढ्यो । म समाज कल्याण विभागमा उपनिर्देशक पनि थिएँ । थाहा छ, सरकारी जागिर पायो भने उसको भविष्य सुरक्षित हुनेछ । पढ्न नसक्नेले यही काम भए पनि गर्नै पर्छ ।” रैगरले आफ्नो छोराले अन्तर्वार्ता राम्रो भएको बताएको र सफल हुने आशा राखेको पनि बताए । दुई पटक विधायक भैसकेका रैगर मानिसले आफ्नो क्षमता अनुसारको काम गर्नु पर्ने मान्छन् । उनका अनुसार छोरो कम पढेलेखेको छ त्यसैले उसले आफ्नो हैसियत अनुसारको काम खोज्नु पर्छ । “पढ्न नसकेको हंसराज चपरासीकै लायक छ,” रैगरले भने ।सञ्चारमाध्यमहरुबाट - See more at: http://www.himalkhabar.com/?p=...
_____ · Mar 22, 2015 6:20 AM · 1,754 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion