जनतालाई सक्ति संपन्न राज्य देउ भन्दा राज्यले धान्न सक्दैन भन्ने एमालेका र नेकाका नेताहरु धार्मिक स्थानमा पनि ओलीको निर्देसनमा गत चुनाव खर्चको भर्पाई बुझाउन भ्रष्टचार गरेको खुल्न आएको छ । यो बिषयमा माधव नेपाल पनि मुछिन सक्ने अख्तियारले बताएको छ । सेति नदी परियोजनामा पांच अरवको कमिसन माग्ने एमाले र त्यसका मन्त्रि राधा ज्ञावालीको काण्ड सेलाउन नपाउदै कुईकेल काण्डले ठांउ पाएको हो । संसदमा आप्mनो अधिकारकोलागी दुई चार कुर्चि सर्वस्व भयो भन्दै कुर्लने एमाले कांग्रेसबाट हुने यस्ता भ्रष्टचारले जनताको सिर संसारमा कति झुकेको होलाबुभ्mन जरुरी छ । कांग्रस एमालेले जे गरे पनि लोकतान्त्रि हुने र अरुले गरेको सबै आतकंकारी देख्नुनै अनन्तकाल सम्म देसमा अरजकता र कंगाल बनाउने खेल हो भन्नेमा प्रष्ट हुंदै गएको छ ।पशुपतिनाथ मन्दिरको देवस्व दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोष, काठमाडौं जिविसका कर्मचारी र ठेकेदार गरी ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।अख्तियारले कोषका तत्कालिन सदस्य सचिवहरु निर्मल कुइकेल र शुसिल नाहाटा,कोषका निर्देशक राजकुमार रेग्मी, काठमाडौं जिविसका पूर्व स्थानीय विकास अधिकारीहरु गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्र कुमार श्रेष्ठ, लगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषको जग्गामा रहेको खानीको बालुवा ठेक्काका क्रममा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । कुईकेल एमाले काठमाण्डौं जिल्ला अध्यक्ष हुन् । ४६ करोड ५७ लाख अनियमितता भएको अख्तियारको आरोप छ । गतवर्षको संविधानसभा निर्वाचनमा उनी काठमाडौं ४ बाट कांग्रेस उमेद्वार गगन थापासग पराजित भएका थिए । उनी एमाले सिफारिसमै कोषको सदस्य सचिव भएका व्यक्ति हुन् । नाहाटा भने कांग्रेसको सिफारिसमा कोषका सदस्य सचिव भएका थिए । विशेष अदालत स्रोतका अनुसार जिविसकै तत्कालिन योजना अधिकृत भिष्म मल्ललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । त्यसैगरी ठेकेदारहरु बच्चुराम दाहाल, मिठाराम दाहाललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । मुद्दा विशेषमा दर्ता हुने प्रक्रियामा http://www.hellouknepal.com/?p...
ashishme · Mar 21, 2015 2:43 AM · 13,970 views
Bring this kind of proof then I might believe. .. https://www.youtube.com/watch?...
FanTush · Mar 21, 2015 9:03 PM
यो चाहिँ के नि ??https://www.youtube.com/watch?... एस्तो प्रमाणले त केहि हुन्न नेपालमा त्यो प्रायोजित समाचार कसले सुन्ने
Bhaktey · Mar 21, 2015 9:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion