अमेरिकी सभासदका उम्मेदवार तिवारी अन्तर पार्टिबाट निर्बिरोध हुने प्रवल सम्भावना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चैत्र ६ ,डिसी विजय थापा नेपाली मूलका जीवन तिवारीले भर्जिनियाको तल्लो सदन 'हाउस अफ डेलिगेट 'मा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा निर्वाचन क्षेत्र ८७ बाट गरे पछि रिपब्लिकन दलले गम्भीरतापूर्वक तिवारीको उम्मेदवारीलाई लिएको छ l उक्त क्षेत्रमा एसिएन मुलकका मानिसहरुको बसोबास ज्यादा हुनुको साथै नेपाली समुदायको पनि जन घनत्व निकै रहेको छ l तिवारीको निर्वाचन क्षेत्रमा हाल सम्म दुई पटक मात्र निर्वाचन भै सकेको उक्त क्षेत्रमा रिपब्लिकन दलका उम्मेदवारले दुई पटक झिनो मतले चुनाब जितेका थिए l यो निर्वाचन क्षेत्र नया बनाईएको हो l भर्जिनियाको डेमोक्र्याटिक दलको आधिकारिक संजाल (वेब साइट)मा तिवारी दलको आधिकारिक उम्मेदवार भएको जनाएको छ l पहिलो निर्वाचनमा करिब ५० मतको फरक र दोश्रो निर्वाचनमा १ सय ८७ मतले रिपब्लिकन पार्टीका उम्मेदवारले जितेका थिए l वाशिंगटन डिसी वरपरका अन्य निर्वाचन क्षेत्र भन्दा यो क्षेत्र अत्यधिक प्रतिस्प्रद्धा क्षेत्र मानिन्छ l कडा प्रतिस्प्रधा हुने भएकोले डेमोक्र्याटिक दलले प्राथमिक चरण मै आफ्नो दल भित्र बाट नै प्रतिस्प्रद्धा गराउन नचाहेको बुझिएको छ l डेमोक्र्याटिक दलका उक्त क्षेत्रका लागि अन्य उम्मेदवार बन्न चाहना राख्ने उम्मेदवारहरुले तिवारीलाई समर्थन गरि सकेका छन l दुई पटक डेमोक्र्याटिक दलले उक्त क्षेत्रमा पराजित भोग्नु परेको थियो l डेमोक्र्याटिक दलको तर्फबाट हाल सम्म उक्त क्षेत्रका लागि तिवारी बाहेक कसैले पनि उम्मेदवारी दिएका छैनन् l र ,उम्मेदवारी नदिएको कारण डेमोक्र्याटिक पार्टीका उम्मेदवार तिवारी प्राथमिक चरणको निर्वाचनमा पार्टीको तर्फबाट निर्बिरोध हुने प्रवल सम्भावना बढेर आएको छ l आगामी मार्च २१ र २२ तारिख डिसी महानगर क्षेत्र मा एनआरएन अमेरिकाको तेश्रो अधिवेसन हुने भएको कारण औपचारिक घोषणा ढिला हुन् गएको बताउदै तिवारीले त्यस पछि औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन् l सबै नेपाली समुदायको साथ लिदै घोषणा गर्ने योजना रहेको बताउदै नेपाली समुदाय द्वारा आफुले पूर्ण सहयोग प्राप्त गर्ने आशा तथा विश्वास रहेको तिवारी बताउदछन l तिवारीलाई डेमोक्र्याटिक दलबाट पूर्ण समर्थन र सहयोग हुने भएको छ l आगामी जुन ९ मा प्राथमिक र नोभेम्बरमा ३ मा अन्तिम चरणको निर्वाचन हुनेछ l तिवारी प्राथमिक चरणको निर्वाचनमा पार्टीको तर्फबाट निर्बिरोध हुने प्रवल सम्भावना बन्दै गएकोले केवल नोवेम्बरमा हुने निर्वाचनमा मात्र रिपब्लिकनका प्रतिद्वन्दी संग चुनाब लड्नु पर्ने छ l

mahoday · Mar 19, 2015 6:13 PM · 12,411 views

1 Reply

It is not Ameriki Sabhashad It is Virginia State house

Yuvaraj · Mar 20, 2015 5:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all