साझा डट कमबाट उठाइएको सहयोगार्थ रकम रु. ४,३१,८२४ हिमा सिन्ग्जानीलाइ हस्तान्तरण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पिडित बालकलाई सहयोग गर्ने सबै दाताहरुलाइ साझा डट कमको तर्फबाट हार्दिक धन्यबाद  ---------------------------------------------------------- हामीले सुनी मात्र आएको हो दैबको लिला अपरम्पार हुन्छ र जो सोझो उसको मुखमा घोचो हुन्छ भन्ने कुरा तर बास्तबमै कसैको जीवनमा यस्तो दैबी बज्रपात पनि पर्दो रहेछ भन्ने तथ्यको जिउदो प्रमाण बनि रहेका छन् दाङ्ग हासिपुर गाउँ विकास समिति वडा नम्बर ८ का हिमा सिन्ग्जाली। उनको ३ महिनाको कान्छा छोरा समिर अचानक बिरामी परि घोराही अस्पतालमा उपचार सम्भव नभयपछि नेपालगंज अस्पतालमा हानिइन।  ३ महिने सानो छोराको नेपालगन्जमा उपचारको क्रममा छदै उनलाई खबर पुग्यो को अर्को माइलो १ बर्षको छोरा बसन्त पनि गम्भीर बिरामी पर्यो भन्ने । उनलाई पनि तत्काल नेपालगंज ल्याइयो उपचारको लागि । सानो ३ महिने छोराको निमोनियाको लक्षण देखिएकोमा मुटुको पनि समस्या देखियो भनि काठमाडौँ पुर्याइयो । काठमाडौँमा जन्गालाल अस्पतालमा पुगेर देखाउदा चिकित्सकहरुले अस्पतालमा परिक्षण पश्चात मुटुमा ३ वटा प्वाल भएको देखिएको चिकित्सकहरुले बताएपछि छाँगाबाट खसे झैं भईन। यसै बीच मैलो छोरा बसन्तको पनि जिब्रोमा गम्भीर समस्या देखा पर्न थाले पछि उसलाई पनि काठमाडौँ ल्याई लगातार २१ दिन सम्म कहिले कान्तिपुर अस्पताल त कहिले शिक्षण अस्पतार लैजाँदा पनि जिब्रोमा देखिएको समस्याको कारण र उपचार बिधि पत्ता लाग्न सकेन । यसले गर्दा बोल्न त परे जावोस केहि खान समेत नसक्ने अवस्थामा पुगे । बढेको जिब्रो ओठको बाहिर सम्म लत्रेको कारणले बसन्तले सास्ती पाएकोले आम बाबु माथि ठुलो पिडा थप हुन गयो ।  कान्ति र शिक्षण अस्पतालका चिकित्सकहरुले बसन्तको उपचार नेपालमा हुन नसक्ने बताएपछि बसन्तका बाबु आमा दुबैले हार खाइ सकेको भएतापनि  स्वदेश र बिदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनी एवम  संघ संस्था र व्यक्तिहरुले समेत असहाय दीन दुखी हरुलाई समय समयमा मृत्युबाट बचाई जीवनदान गर्ने काममा सहयोग पुर्याई गर्ने गरि आएको भन्ने समेत येदाकदा सुन्ने गरेकोले आफ्ना साना साना २ लाला बालाको जीवनदानको अपील मिडियामा पुराउन सफल भए । यसै क्रममा अमेरिका स्थित नेपालीहरु बीच सहगार्थ आर्थिक सहयोग संकलन गर्ने अमेरिकाको म्यासाचुसेट्स, बस्टनबाट संचालन भइ रहेको साझा डत् कम वेबसाइटबाट संचालित आर्थिक सहायता कोषमा जम्मा हुन आएको कुल यु एस डलर $४३२६.८९  जुन प्रति यु. एस. डलर रु ९९.८० को दरले प्राप्त रकम रु. ४,३१,८२४/- आज चैत्र २ गतेका दिन हिमा सिन्ग्जालीको हातमा साझा डत् कमका प्रतिनिधि श्री प्रतिक प्रधान मार्फत हस्तान्तरण गरियो । उल्लेखित साझा डट कम वेबसाइटबाट यस अघि पनि समय समयमा यस्तै सहायता कोषबाट पिडित व्यक्तिहरुलाई आर्थिक सुबिधा उपलब्ध गराइसकेको पनि जानकारी प्राप्त भएको छ । १. बि एस सी परिक्षामा प्रथम भइ  दुवै मृगौलाको समस्यामा परेका श्री रनिश भट्टराइलाइ यु एस $ १७६५/- २. दृस्टी बिहिन भएका ३ बर्षीया नेपाली बालिकालाइ शल्यक्रियाका लागि यु एस $ ७०००/- ३. सबैका आमा दिलशोभा श्रेष्ठको आमा घरलाई ने. रु. ५,५१,०००/- ४. बिराटनगरका कृतिका पौडेललै  यु एस डलर ३,५४०/-

sajha info · Mar 16, 2015 9:37 AM · 17,535 views

6 Replies

Any further information regarding his treatment and health conditions ?

magorkhe1 · Mar 16, 2015 9:51 AM

साला खाते magorkhe तेरो कांग्रेसी बाऊले भ्रस्टचार गरेन भने यस्तो उपचार नीसुल्क हुनछ ! अज्ज धेरै नाटक गर्छस साला पाखे ?

ashishme · Mar 16, 2015 10:42 AM

ashishme should be banned from sajha....jun sukai thread ma pani ayera gali gareko cha...

cybro · Mar 16, 2015 12:21 PM

Tyahi taa tyo brastaachar nagarey ko bhayera ta desh ko yo gaati bhaako. tero bau Prachandey ley darrbaar banaako, pajero kineko. lol !! yo andhooo bheda buddhi gadha ley yesto kura kahaa bujch ra. bichaara !!!! chuk chuk chuk chuk....

BathroomCoffee · Mar 16, 2015 2:42 PM

Any update? Getting better?

magorkhe1 · May 20, 2015 6:35 AM

kasailai kakha kasai lai pakha chai nagarau, sabailai donate garau, yo babu ko lagi paisa diyau ramro bhayo, tara chaine vanda badi jama vayecha. Dil Shova ko case ma pani chaine bhanda bhadi nai jama bhayecha. ti aaru mrigaula pidit and kritika paudel lai chahi bichara pugdai napugne gari paisa aayecha.

divorceguy · May 20, 2015 6:49 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all