धुर्मुस र सुन्तलीको जोडीले अमेरिका थर्काउने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फाल्गुन ३० ,डिसी विजय थापा नयाँ बर्ष २०७२ को अवसर पारेर अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदाय बिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ अमेरिकामा प्रस्तुत गरिने भएको छ l उक्त कार्यक्रममा नेपालका हास्य विधाका चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)को प्रस्तुतिले अमेरिका थर्काउने भएका छन् l २०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रममा दोहोरी क्षेत्रका ख्याती प्राप्त गायक पशुपति शर्मा र गायिका संगीता थापा मगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् भने सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)को जोडीले आफ्नो प्रतिभा देखाउने भएका छन् l कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्ने छिन् भने कार्यक्रमको लागि संगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजल गायन प्रस्तुति पनि गर्ने भएका छन् l २०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रम को लागि आई पुगेका सम्पूर्ण कलाकारहरु पहिलो पटक अमेरिका आएका हुन् l उक्त कार्यक्रम अमेरिकाको भर्जिनिया ,बोस्टन , हुस्टन ,डलास ,अस्टिन ,न्यु योर्क ,सिकागो ,नेब्रास्का ,बाल्टिमोर ,नर्थ क्यारोलिना , कोलोराडो , सन् फ्रान्सिस्को ,लस एन्जेलस लगायत दुई दर्जन भन्दा ज्यादा राज्यहरुका शहरहरुमा प्रस्तुति हुने भएको जानकारी मुख्य आयोजक वर्ल्ड बिजनेस म्यनाज मेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा संयोजक बुद्धि प्रसाद रेग्मीले बताए l कलाकारहरु अप्रिल ४ देखि जुन ७ सम्म अमेरिकामा रहने भएकोले यी भन्दा ज्यादा स्थानमा कार्यक्रम देखाउन चाहना राख्नेले आयोजक संग सम्पर्क गर्न सक्ने बताईएको छ l अप्रिल ४ देखि अमेरिकाको बिभिन्न शहरहरुमा मिति तय भै सकेको छ l कार्यक्रम गर्नको अर्को उद्धेश्य भुटान ,भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नया नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने पनि हो भनि बुद्धि प्रसाद रेग्मीले बताए l र ,यो कार्यक्रम बाट उठेको केहि रकमबाट नेपालस्थित अनाथालयहरुको सहयोगार्थ पनि हो भन्दै २०७२ नयाँ बर्ष धमाका भाग १ सफलता मिल्ने र कलाकारहरुलाई हौसला प्रदान नेपाली समुदायले गर्ने छ भनि आफु आशाबादी भएको रेग्मी बताउदछन l

mahoday · Mar 13, 2015 6:06 PM · 9,709 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all