एएनए कन्भेन्सन: पुरानो मिसन नयाँ भिजन March 7, 2015 admin Leave a comment 63 0 झन्डै ४ बर्ष बनबास बिताएर पुरानै मिसनमा फर्केको एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए) को नयाँ भिजन दिने उद्देस्यले नव निर्बाचित बोर्डले यहि मार्च १४ र १५ मा भर्जिनियाको मनाससमा मिनी कन्भेन्सन आयोजना गर्न गैरहेको आयोजक एएनएका अध्यक्ष रजर अधिकारीले सीधाकुरालाई बताएका छन । गत जनवरीमा निर्बाचित अध्यक्ष अधिकारी लगायत उपाध्यक्ष डा. शम्भु ढुंगाना, महासचिब राधा बस्न्यात, सुचना निर्देशक डा. तुलशी जोशी र कोषाध्यक्ष डा. गम्भीरमान श्रेष्ठको बोर्डले निर्बाचन लगत्तै मिनी कन्भेन्सनको रुपमा भर्जिनियामा बिशेष अधिबेसन गर्न सीधाकुराले प्रस्ताब गरेको थियो । ”एएनए स्पेसल एसेम्बली एण्ड मीटिंग अफ द माइन्ड्स” नामाकरण गरिएको यो अधिबेसन एएनएको ३२ बर्षको इतिहासमा पहिलो हो । ४ बर्षदेखि लगातार अनेक बखेडाबाजी गर्दै बिधान बिपरित अन्तरिम कालको रुपमा घिसार्दै ल्याइएको र टिके प्रथाको आधारमा संचालित ३ वटा कन्भेन्सनहरु पछि मेरिल्याण्डको एउटा अदालतले अन्तरिम बोर्डलाई चुनावको माध्यमबाट पाखा लगाए लगत्तै नव निर्बाचित बोर्डले यो कन्भेन्सन गर्न लागेको हो । भर्जिनिया र मेरिल्याण्डका केहि सामाजिक संघसंस्थाहरुको आयोजनामा यो कन्भेन्सन हुन गैरहेको अध्यक्ष अधिकारीले बताएका छन । मेरिल्याण्डको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) को तर्फबाट बिजय श्रेष्ठ, डिसी नेपाली समाजका तर्फबाट अरुण रुपाखेती, डिसी एथलेटिक्स क्लबका तर्फबाट चन्द्र लामा, तामाङ्ग सोसाइटी अफ ग्रेटर वासिंगटन डिसीका तर्फबाट आनन्दु लामा, नेपाल स्पोर्ट्स एण्ड कल्चरल इन्टरनेसनलको तर्फबाट सीता पाण्डे, अमेरिका नेपाल हेल्पिङ्ग सोसाइटीका तर्फबाट सागर कंडेल, नर्दर्न भर्जिनिया नेपाली स्पोर्ट्स क्लबका तर्फबाट कमल भुषाल र अमेरिका नेपाल चौपारीका तर्फबाट रामचन्द्र भट्टराईले एएनए मिनी कन्भेन्सनको संयोजन गरिरहेको अध्यक्ष अधिकारीले बताएका छन । अध्यक्ष अधिकारीले भनेका छन -एएनएलाई पुरानै मिसनमा फर्काउनु मात्र प्रशस्त होइन, एएनएको मिसनस्टेटमेन्ट र उद्देश्यहरुलाई पुनरमार्जन गरी अमेरिकाको बढ्दो नेपालीहरुको माग अनुसार यसका गतिबिधि संचालनमा बिशेष ध्यान दिने कन्भेन्सनको उद्देश्य रहेको छ । यो मुख्य एजेन्डालाई सबैका बीच पुर्याउने उद्देश्य राखिएकोले एएनएका आजीवन सदस्यहरु, पूर्ब अध्यक्षहरु, पूर्ब पदाधिकारी तथा सदस्यहरु, अमेरिकाको नेपाली समाजका नाफा रहित संघसंस्थाका पदाधिकारी तथा इक्षुक सबैलाई सहभागी हुन अनुरोध गरी सकिएको अध्यक्ष अधिकारीले बताएका छन । मुख्य योजना ……………. अध्यक्ष अधिकारीले भनेका छन -एएनएको पुरानो मिसनलाई नयाँ भिजन सहित पुनरव्याख्या गर्ने नै यो एसेम्बलीको मुख्य उद्देस्य हो । अमेरिका र क्यानाडाका नेपालीहरुका बिभिन्न संघ संस्थाहरु बीच पारस्परिक सम्बन्ध बिस्तारका योजना बनाउने काम यो एसेम्बलीमा गरिनेछ भन्दै अध्यक्ष अधिकारीले बिध्यमान बिधानलाई परिमार्जन गर्दै बिगत ४ बर्षको जस्तो घटना भबिस्यमा फेरी दोहोरिन नपाउने गरी स्पस्ट ब्यबस्था यो कन्भेन्सनले पारित गर्नेछ । अध्यक्ष अधिकारीले बिशेष जोड दिंदै भनेका छन -एएनएको आगामी बाटो र कार्यदिशा कस्तो हुनुपर्छ त्यो बारे समाजका बिभिन्न व्यक्तिहरुको सल्लाहा र सुझाव सुन्न र बटुल्न पनि कन्भेन्सन आयोजना गर्नु परेको उनले बताए । डिजे नाइट …………. भर्जिनिया र मेरिल्याण्डका ७ सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुको संयोजनमा लजिस्टिक, फण्ड रेजिंग, कल्चरल, डिजे नाइट र रजिस्ट्रेसन गरी ५ वटा समितिले जोड तोडका साथ कन्भेन्सनको तयारी गरिरहेको समेत अध्यक्ष अधिकारीले बताएका छन । कन्भेन्सनको मुख्य आकर्षक डिजे नाइट नै हुने उनको भनाई छ । मनाससको बेस्ट वेस्टर्न ब्याटलफिल्ड इनमा कन्भेन्सन आयोजना हुने भएकाले सहभागी हुन चाहनेको लागि हरेक रातको ७९ डलरमा होटलको कोठा बुकिङ्गको ब्यबस्था मिलाईएको समेत अध्यक्ष अधिकारीले बताएका छन । एनईसिसि बोर्ड अफ ट्रस्टी खारेज ………………………………….. ”एएनए स्पेसल एसेम्बली एण्ड मिटिंग अफ द माइन्ड्स” कै दौरानमा कन्भेन्सन हलभित्र एएनएका नव निर्बाचित पदाधिकारी तथा नेपाल एजुकेसन एण्ड कल्चरल सेन्टर (एनईसिसि) बोर्ड र बोर्ड अफ ट्रस्टीका पदाधिकारीहरु बीच एक सम्झौता पत्रमा हस्ताक्षर हुन गैरहेको र एनईसिसि ब्यबस्थापनमा त्यसपछि ब्यापक फेरबदलको सम्भावना रहेको एनईसिसिका एक जना सदस्यले अहिले साँझ सीधाकुरासंग टेलिफोनमा कुरा गर्दै एनईसिसि बोर्ड अफ ट्रस्टी खारेज हुन सक्ने औल्याएका छन । खारेज स्वाभाविक ………………….. मन्दिर बनाउने बहानामा भर्जिनिया तथा मेरिल्याण्डका नेपालीहरुको १२ बर्षदेखिको पशुपति बुद्द मन्दिरको सपना माथि कुठाराघात गर्दै बिभिन्न व्यक्तिमा पद बाँडफांड गर्दै चक्र प्रणालीमा चल्दै आएको एनईसिसि बोर्ड र बोर्ड अफ ट्रस्टी खारेजीको प्रस्ताब अगाडी बढ्नु स्वाभाविक रहेको सीधाकुराको पनि ठहर छ । १२ बर्षमा मन्दिर बनाउन नसक्नेहरुबाट चक्र प्रणालीमा पद बाँडफांड गरेर त्यहाका ३० हजार भन्दा बढी नेपालीहरुको अपमान भैरहेको छ । ”श्यामे जान्छ रामे आउँछ” यदि पशुपति बुद्द मन्दिर बन्छ भने त्यो फेरबदल अत्याबस्यक छ । मन्दिरका नाउमा राजनीति, बदाम खाँदै गफ चुट्ने र रिटायर्डमेन्ट लाइफ बिताउने केहि व्यक्तिहरुको सपना चकनाचुर पार्नै पर्छ । सार्बजनिक सम्पत्ति माथि व्यक्तिहरुको हैकम तोड्नै पर्छ भने चक्र प्रणालीमा उही उही व्यक्तिहरुले पद ओगट्ने परम्पराको अन्त्य हुनै पर्छ । एनआरएनका उम्मेदवारहरुलाई अवसर ………………………………………… एनआरएन एनसीसी अफ युएसएका आशन्न निर्बाचनका उम्मेदवारहरुलाई एएनए कन्भेन्सन भर्जिनिया र मेरिल्याण्डका मतदाताहरु बीच भेटघाट गर्ने थलो हुने र मत माग्न पाइने एउटा राम्रो अवसर हुनेछ भने अमेरिकाका बिभिन्न राज्यहरुबाट आउने अपेक्षा गरिएका करिब ५-६ सय नेपालीहरुको जमघट हुने अनुमान गरिएको यो मिनी कन्भेन्सनले एनआरएनका उम्मेदवारहरु लाभान्वित हुने कुरा कार्यक्रम संयोजन गरिरहेका एक जनाले सीधाकुरालाई बताए । एएनए भेलाले नै एनआरएन निर्बाचनका उम्मेदवारहरु लाभान्वित हुन पाउछन भने भर्जिनिया र मेरिल्याण्ड आसपासका राज्यहरुका उम्मेदवारहरु कन्भेन्सनमा कीन उपस्थित नहुने? कम्तिमा न्युयोर्कदेखि टेनेसी, नर्थ क्यारोलाइना हुँदै एलेनोइसम्मका मतदाताहरुसंग ति राज्यहरुका उम्मेदवारहरुले भेटघाट गर्न र निर्बाचनबारे कुराकानी गर्ने एउटा सुनौलो अवसर प्राप्त गर्न सक्नेछन । - See more at: http://www.sidhakurausa.com/?p...
cybernepali · Mar 12, 2015 2:06 PM · 1,954 views
बोतल चै नया तर सुरा चै पुरानै ? रहने त हैन ?
magorkhe1 · Mar 13, 2015 12:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion