शिक्षा मन्त्रालयबाट आर्थिक वर्ष ०७१/०७२ को प्रथम अर्ध वाषिर्कमा अस्ट्रेलियाका लागि ४५५४ जनाले नो अब्जेक्सन सर्टिफिकेट' लिएका छन् । जुन संख्या पछिल्ला वर्षहरुमा क्रमशः उकालो चढिरहेको छ । केही साताअघि काठमाडौंमा दुई दिन चलेको ' आइएई नेपाल इन्टरनेशनल एजुकेशन फेयर २०१५' मा झण्डै ५०० नेपाली विद्यार्थीहरुले अस्ट्रेलियाको शिक्षाबारेमा जानकारी लिए । उक्त एकजुकेशन फेयरको आयोजक संस्था आइएई नेपालले नै यति धेरै विद्यार्थीहरुले अस्ट्रेलिया शिक्षाबारे बुझ्न आउँला भनेर सोचेकै थिएन । काठमाडौं थानकोटका सुमित आचार्य, २६ सेन्टर क्वीन्सल्याण्ड विश्वविद्यालयमा माष्टर्स इन मार्केटिङ पढ्न जादैंछन् । डेनमार्कको रस्कील विजनेशल कलेजबाट डिप्लोमा मार्केटिङ गरेका उनी अस्टे्रलियन डिग्रीको चार्मका कारण अस्ट्रेलियातिर तानिएका हुन ।'अस्ट्रेलिया तातो छ, गर्मी छ र एकदमै फेबरेबल मौसम छ,' किन अस्ट्रेलिया रोज्नुभयो भन्ने नेपालीपत्रको प्रश्नमा हाँस्दैं प्रस्तुत भएका उनले भने, 'साथीहरु पनि उतै छन् । उनीहरुले राम्रो छ भने अनि जान लागेको ।' यी त केही उदारहण मात्र हुन्, सन् २०१२ को मार्चमा अस्टे्रलियन सरकारले स्ट्रीम लाइन भिसा (एसभीपी) सुरु गरेसँगै नेपाली विद्यार्थीको अस्ट्रेलिया उडान पनि बाक्लिदैं गएको देखिन्छ । नेपालको शिक्षा मन्त्रालयको तथ्यांकमा अनुसार पनि अस्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो रोजाइको शैक्षिक गन्तब्य देखिएको छ । दक्षिण एसियाका देशहरुको तुलनामा केही महंगो भए पनि अस्ट्रेलियामा सन् २०१२ यता अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या उकालो लागिरहेको छ । जुन अस्ट्रेलियामा पढ्न जाने नेपाली विद्यार्थीहरुको नो अब्जेक्स लिने संख्याले पनि देखाउँछ । अस्ट्रेलियन सरकारको इमिग्रेशन एण्ड बोर्डर प्रोटक्सनको २०१४ डिसेम्बर ३१ को चैमासिक रिपोर्टले पनि अस्ट्रेलियामा १५ हजार ७ सय १२ जना नेपाली विद्यार्थी आएको जनाएको छ । उक्त तथ्यांकमा नेपाल चीन, भारत र भियतनामपछि चौथो ठूलो अन्तर्राष्ट्रिय विद्यार्थी आउने देशमा परेको छ । नेपालपछि दक्षिण कोरिया र थाइल्याण्ड रहेका छन । (हेर्नोस इमिग्रेशको रिपोर्ट) शिक्षा मन्त्रालयको नो अब्जेक्स सर्टिफिकेट (एनओसी) उपशाखाका उप-सचिव नन्दलाल पौडेल अस्ट्रेलियामा सबै प्रकारको शिक्षा लिन पाइने भएका कारण नेपाली विद्यार्थीको सर्वाधिक आकर्षण भएको बताउँछन् । 'अस्टेलिया सबै प्रकारको शिक्षा ब्यवस्था । राज्य अनुसार फरक फरक शिक्षा छ, केन्द्र शासित छैन,' उनी भन्छन्, 'ब्यवसायिक, प्राविधिक र प्राज्ञिक शिक्षा सबै प्रकारका शिक्षाका अवसर पनि छ । त्यसैले धेरै नेपाली विद्यार्थीहरुको पहिलो रोजाइमा अस्ट्रेलिया पर्ने गरेको छ । उनका अनुसार अस्ट्रेलियामा विद्यार्थी क्षमता अनुसारकै शैक्षिक संस्था पाउने भएकाले पनि सबै विद्यार्थीहरु अटाउने गर्छन् । स्ट्रीम लाइन भिसा प्रणालीमा विश्वविद्यालयलाई नै धेरै अधिकार दिइएकाले पनि नेपाली विद्यार्थीहरुको अस्ट्रेलिया आगमन बाक्लिएको हो । किनभने, यो प्रक्रियामा हाइ कमिसनले विद्यार्थीबारे धेरै खोजीनीति गर्दैन । उसले विश्वविद्यालय र कलेजहरुले आवेदन स्वीकृत गरेका विद्यार्थीहरुलाई निगरानी गर्न समेत आवश्यक ठान्दैन । जसका कारण विद्यार्थीहरुले भिसाका सबै प्रक्रियाहरु राम्रोसँग पूरा गरेमा भिसा लाग्ने सम्भावना सतप्रतिशत रहन्छ । अस्ट्रेलियास्थित शैक्षिक कन्सल्ट्यान्स ब्यवसायीहरुको छाता संगठन अस्ट्रेलियन एजुकेसनल कन्सलटेन्स अलायन्स (एक्का)का अध्यक्ष विवेक थापा सन् २०१५ मा नेपाली विद्यार्थीहरुको अस्ट्रेलिया आगमन झन् बढ्ने बताउँछन् । 'सन् २०१५ अझ राम्रो हुन्छ । सरकारले नयाँ नियममा ल्याएको पनि दुई वर्ष हुन लाग्यो अहिले विश्वविद्यायल, हाइकमिसन, परामर्श ब्यवसायीहरु र स्वयं विद्यार्थीहरुले पनि यो नियमबारे धेरै बुझिसकेका छन्,' थापाले नेपालीपत्रसँग भने, 'सरकारको नीति नै विद्यार्थी भित्र्याउने देखिन्छ ।' अझ पछिल्लो समयमा घट्दै गएको अस्ट्रेलियन डलरको बजार मुल्यका कारण पनि नेपाली विद्यार्थीको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । यसअघि डिप्लोका लागि झण्डै २० लाखको हाराहारीमा तिनुपर्ने रकम अहिले डलर घटेपछि १६/१७ लाखको हाराहारीमा झरेको छ । यसले पनि नेपाली विद्यार्थीहरु 'फ्लो' बढ्न सक्ने देखिन्छ । डलरको घट्दो प्रभाव त छदैंछ, अस्ट्रेलियामा भिसा लाग्ने ग्यारेण्टी शतप्रतिशत हुनु, अस्ट्रेलियामा नेपालीहरुको बढ्दो जनसंख्या, सहज भिसा प्रोसेसिङ, पोष्ट स्टडिज भिसा, राम्रो कमाईं, रोजगारीको अवसर र पीआर आकर्षणजस्ता कारण पनि अस्ट्रेलिया नेपाली विद्यार्थीहरुको शैक्षिक गन्तब्यको पहिलो सूचीमा पर्ने गरेको छ । अस्ट्रेलियापछि क्रमसः जापान र संयुक्त राज्य अमेरिका परेका छन । (हेर्नोस शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्यांकका आधारमा उत्कृष्ट १० शैक्षिक गन्तब्यहरु) शिक्षा मन्त्रालय, एनअोसी शाखा काठमाडौंस्थित आएइनेपालका प्रबन्ध निर्देशक गोविन्द शर्मा अस्ट्रेलियाले 'स्ट्रीमलाइन' भिसा प्रणाली जस्तो सरल प्रणाली लागु गरेपछि नेपाली विद्यार्थीहरुको आकर्षण बढेको बताउँछन् । 'स्टीमलाइम भिसा प्रणाली सहज छ,' उनी भन्छन्, 'तीन वर्षे डिप्लोमा सकेपछि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप दुई वर्षको 'पोष्ट स्टडी भिसा' दिने गर्छ । जुन समयमा उसले फुल टाइम काम गर्न पाउनुका साथै परिवारलाई लिन पाउने छुट समेत दिइएको हुन्छ । यी विभिन्न अवसरका कारण नेपाली विधार्थीहरुको आकर्षण बढेको देखिन्छ ।' काठमाडौंस्थित नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष राजेन्द्र बराल हाइएर एजुकेशनका लागि जानेको अवस्था स्ट्रीम लाइन भिसा प्रणाली लागु गरेसँगै एकदमै राम्रो रहेकाले नेपाली विद्यार्थीहरुको आकर्षण बडिरहेको बताउँछन् । 'विश्वको उच्च आर्थिक बृद्धिदर भएको मुलुक, विश्वको वल्र्ड रिकोनाइज एजुकेशन, पार्ट टाइम जब गर्न पाइने, पीआरका लागि आवेदन दिन सकिने, लर्निङ टुगेदर कल्चर सिकाउने वैज्ञानिक र व्यवसायिक एजुकेशन विद्यार्थी अस्ट्रेलिया रोज्नु कारण हुन्,' उनी भन्छन् । काठमाडौंको द नेक्टस एजुकेशन कन्सल्टेन्सीका सञ्चालक सालिग्राम भण्डारी पछिल्लो इन्टेकमा आफूले राम्रै संख्यामा अस्ट्रेलियामा नेपाली विद्यार्थीहरु पठाएको बताए । संख्या खुलाउन नचाहेका उनले अस्ट्रेलिया एजुकेशनमा सन् २०१४ राम्रो भएकाले सन् २०१५ अझ राम्रो हुने संकेत देखिएको बताए । 'अस्ट्रेलियामा जाने विद्यार्थीहरुको संख्या राम्रो छ,' उनले नेपालीपत्रसँग भने, 'पछिल्लो इन्टेकमा हामीले राम्रै विद्यार्थीहरु पठायौं । २०१५ अझ राम्रो हुने देखिएको छ ।' उसो त अस्टे्रलियन शिक्षा प्रणालीले विश्वबजारमा राम्रो एक्स्पोजर पाइरहेका कारण पनि नेपाली विद्यार्थीहरुको अस्टे्रलियन युनिभर्सिटी ताक्ने क्रम बढ्दो छ । पुलतीसडकस्थित एक कन्सलटेन्सीमार्फत भिसा आवेदनको तयारी गरिरहेकी शितल धिताल अस्ट्रेलियाको उत्कृष्ट शिक्षा प्रणालीले नै आफूलाई लोभ्याएको बताउँछिन । 'मुख्य कुरा त त्यहाँको एजुकेशन नै हो,' उनी भन्छिन्, 'मेरो दाइ पनि त्यही पढिरहेकाले मलाई थप सहज भएको हो ।' उत्कृष्ट डिग्री, स्थायी बसोबास अवसरस र राम्रो आम्दानीका कारण नेपालीहरु अस्ट्रेलियातर्फ ओइरिनुका प्रमुख कारणहरु हुन् । यस बाहेक धेरै विद्यार्थीहरुले अस्टे्रलियन सरकारले दिने अस एडमार्फत पनि अस्ट्रेलियामा उच्च शिक्षा लिने अवसर पाइरहेका छन् ।मंगलबार केशरमहलस्थित एनअोसी बाहिर नो अबजेक्सन लेटर लिन लागेको विद्यार्थीहरुको भिड यसबाहेक मुलुकभित्रको बिग्रेको शैक्षिक वातावरण, बेरोजगारी र राजनीतिक अस्थिरताजस्ता कारणहरुले पनि नेपाली विद्यार्थीहरु विदेशिन थालेको विज्ञहरुको मत छ । उप सचिव पौडेल पनि यस कुरामा सहमत छन् । 'रोजगारी, पिआरका साथै २० घण्टा काम पाउने कारण पनि अस्ट्रेलिया हाम्रा विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको छ,' उनी भन्छन्, 'गरिबी अशिक्षाजस्ता समस्याहरु भइ नै हाले ।'अस्ट्रेलियामा विश्वका उत्कृष्ट विश्वविद्यालयमध्येभित्र पर्ने विश्वविद्यालयहरु रहेका कारण केही नेपाली विद्यार्थीहरु प्राज्ञिक उन्नयनका लागि समेत अस्ट्रेलिया पुग्ने गरेका छन् । के पढ्न जान्छन् ? खासगरी अस्ट्रेलिया जाने विद्यार्थीहरुको छनोटको दायरा उति डाइर्सिफाइड छैन् । नेपालमा विज्ञान र मानविकी पढेकाहरुभन्दा कमर्स पढेकाहरुलाई बढी छनोटका अवसरहरु अस्ट्रेलियामा पाइन्छ । एक्काका अध्यक्ष थापा नसिङ, एकाउण्टिङ, बिजनेस, आइटी र इन्जिनियरिङ, हस्पिटालिटी, चाइल्ड कियरजस्ता विषयहरु पढ्न नेपाली विद्यार्थीहरु धेरै आउने गरेको बताउँछन् ।मंगलबार केशरमहलस्थित एनअोसी बाहिर नो अबजेक्सन लेटर लिन लागेको विद्यार्थीहरुको भिडकाठमाडौंस्थित ग्लोबल एजुकेशनका सञ्चालक मुक्तिमान लामा पनि यसमा सहमत देखिन्छन् । 'इन्जिनियर, नर्सिङ, एकाउन्टिङ, विजनेश स्टडी, आइटीजस्ता विषयहरुमा बढी नेपाली विद्यार्थी अस्ट्रेलिया जाने गरेका छन्,' उनी भन्छन्, 'यी विषयहरु लिने विद्यार्थीहरुले त्यहाँ राम्रो अवसर पाउने भएकाले पनि यस्ता विषयहरुमा त्यहाँ पढ्न जानेहरु संख्या बढी देखिन्छ ।' यसबाहेक नर्सिङ पढ्न जानेहरुको संख्या पनि उतिकै छ । नर्सिङमा अस्ट्रेलियामा आकर्षक कमाइ हुने र पिआर आवेदनका लागि पनि सहज नर्सिङ गरिरहेकाहरुका आकर्षण अझ बढी देखिन्छ । समस्या कहाँ छ ? उसो त पछिल्लो केही हप्ता यता अस्ट्रेलियाको इमिग्रेसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुले कडाईं गरेको खबरहरु पनि चर्चा पाएको थियो । महंगो कलेजबाट सस्तो कलेजमा ट्रान्सफर लिने, भिसामा तोकिएको भन्दा बढी समय काम गर्ने, कोर्स परिवर्तन गर्ने र कलेज एटेन्डेन्स नहुने विद्यार्थीहरु डिपोर्टका सिकार भएको इमिग्रेसन सुत्रहरुको दाबी छ । अस्ट्रेलियाले यस्तो काम गर्ने विद्यार्थीहरुलाई 'घोष्ट स्टुडेण्ट' भनेर नाम दिएको छ । उसले यस्ता विद्यार्थीहरुलाई उचित कारण दिन भन्दै नदिए भिसा रद्ध गरेर स्वदेश डिपोर्टको आन्तरिक तयारी पनि गरिसकेको छ । एक्काका अध्यक्ष थापा सन् २०१३ मा नेपाली विद्यार्थीको छवि एकदमै बिगि्रएका कारण यस्तो नाम दिइएको बताउँछन् । 'एसभिपी अन्तर्गत यहाँका प्रतिष्ठित विश्वविद्यालयमा पढ्न आएका विद्यार्थीहरु छ महिनामै सस्ता कलेजतिर लागे,' उनी भन्छन्, 'त्यसैले यहाँ विश्वविद्यालयहरुले त्यस्ता विद्यार्थीहरुलाई 'घोष्ट स्टुडेन्ट' नाम दिएका थिए । अध्यक्ष सन् २०१४ मा भने त्यो धारणा विस्तारै फेरिदै गएको बताउँछन् । (हेर्नुस थापासँगको अन्तर्वार्ता अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको छवि राम्रो बन्दैछ यसमा केही कन्सल्टेन्सीहरु र केहीमा विद्यार्थीहरु स्वयंम् दोषी रहेको देखिन्छ । कतिपय कन्सलटेन्सीहरुले आफै नक्कली डकुमेन्ट बनाउने गरेको आरोप पनि लाग्ने गरेको छ । तर, कन्सल्टेन्सीहरुको संस्था इक्यानका अध्यक्ष बराल भने त्यो सत्य नभएको बताउँछन् । 'त्यो गलत इक्यानको मेम्बरले त्यो गर्नै सक्दैंन । सबैभन्दा बढी फेक डकुमेण्ट बनाउने विद्यार्थी आफैले हो,' उनी भन्छन् । कतिपय अवस्थामा कन्सल्टेन्सीहरुले नै सस्तो युनिभर्सिटी
cybernepali · Mar 12, 2015 7:29 AM · 4,617 views
भारतमा जानेको हरु ६२४ जना मात्रै ? मित्र रास्ट्र भएकोले खास तथ्यांक नभएर होकी ?
magorkhe1 · Mar 12, 2015 9:24 AM
गोर्खे मित्र, भारत मात्र हैन, यहाँ उल्लेख भएका सबै राष्ट्रहरु नेपाल को मित्र राष्ट्र नै हुन्.....बरु मित्र ले छिमेकि राष्ट्र भन्न्न खोज्या हुन् कि? कुरो !
lamopuri · Mar 12, 2015 9:43 AM
खैर , अस्ट्रेलिया को हक मा भन्नु पर्दा मेरो एउटा परम मित्र ले नेपाला विद्यार्थी दलाली केन्द्र (consultancy के ) संचालन गर्थ्यो. अहिले ऊ आफै अस्ट्रेलिया मा विद्यार्थी भाको छ.....उसले केहि समय पहिला मलाई भन्ने गर्थ्यो- गाउमा हलो जोत्दा जोत्दै गरेको लाई ल्याएर अस्ट्रेलिया पथाउछन , सार्है सजिलो भा छ अस्ट्रेलिया अप्प्लाई गर्न !
lamopuri · Mar 12, 2015 9:49 AM
That means apex 200 million dollar goes to Australia Poor ppl bring dollar from middle east, rich take to Australia. Nepalese leader r bhai fighting for their ego
Bichitra_Kumar · Mar 12, 2015 10:33 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion