, २६ फागुन– पेशा पनि कस्तो । बिहे गर्ने, पैसा माग्ने, नदिए मुद्धा हाल्ने । प्रतिविवाहको दर हो १२ देखि १५ लाख । यस्तो गरेर एउटी युवतीले अहिलेसम्म सात वटा ग्राहक (दुलाहा) बाट असुली गरिसकिन् । रमाइलो कुरा छ कि, काठमाण्डुको कुनै मन्दिर बाँकी छैन, विवाह गर्नका लागि । अब त उनलाई देख्नेबित्तिकै पुराजी पनि चकित खान्छन् । अरु कामले मन्दिर गए पनि पुजारीले सोध्छन्, ‘म्याम फेरि को सँग बिहे गर्न लाग्नु भयो ?’ एउटा होइन, दुईवटा होइन ३१/३२ वर्षको उमेरमा दर्जन बढी विवाह गर्न भ्याइसकेकी छन्, उनले । परिवार पनि यस्ती सन्तानप्रति घृणा होइन, प्रेम गर्छ । किनकी उनकै कमाइमा बाँची रहेका छन्, दाङ जिल्ला टारी गाविसको चन्द्रदेव गिरीको परिवार । यसरी पुरुष फेर्दै विवाह गर्ने र ६ महिना नबित्दै सम्बन्ध विच्छेद गर्दै सम्पत्ति माग्दै हिंड्ने महिला हुन्, सरिता गिरी । ०१७ वर्षको उमेरमा उनको पहिलो विवाह भयो, ०७५ साल मंसिर १८ गते । दर्जन विवाह गर्दा यिनका झण्डै दर्जन बढी नाम छन् । पहिलो बिहे गोरखा एयरलाइन्समा काम गर्ने रोशन शर्मासँग (नाम परिवर्तन) भएको थियो । उनको नाम सरिता थियो । उनैसँग ६ लाख लिएर काठमाण्डु छिरेकी उनी केही फिल्मका पोष्टरमा पनि देखिइन् । ०६० साल आसपासमा बनेको चलचित्र बज्रपातमा नायकको बहिनीको भूमिकामा अभिनय गरिन् । फिल्म युनिटमा उनलाई ‘कल्पना’ भनेर चिन्थे । दोश्रो चलचित्र निशानामा नाम फेरियो ‘सिर्जना’ बनेर । कुनै समय यी कलाकार सम्पदा गिरीको नामले चिनिन्थिन् । त्यो सम्बन्धलाई त्यहीं पूर्ण बिराम लगाएर यिनले दोश्रो बिहे गरिन् हेटौंडाका सन्तोष दाहालसँग । त्यसपछि नाम फेरेर सिर्जना गिरी भइन् । सन्तोषले जीवन बिताउने बाचा त गरे, तर घरबाट भित्र्याउन इन्कार गरेपछि बाबुसँग अंश लिएर छुट्टै बसे । ०६५ सालको वैशाख ३० गते विवाह गरे । नागरिकता अर्कै बनाइदिए । उनैले नाम फेरेर ‘सिर्जना’ बनाएका हुन् । १६ लाख अंश लिएरु बाबुसँग छुट्टिएका सन्तोषसँग उक्त रकम उछिट्ट्याइन् । उनी दुबई पुगेको हल्ला चल्यो । सोध्दै खोज्दै सन्तोष तुलसीपुर पुगे । उनकी आण्टी शोभाले सुनाइन् तपाईंसमेत गर्दा ज्वाईं आठवटा देख्न पाइयो । १६ लाख बोकेर दुबई पुगेकी उनले नुवाकोट घर भएका अर्जुन नाम गरेका युवकसँग अर्को विवाह गर्न पुगिन्, दुबईमै । उखान नै ५ ‘१० झापाली, एक स्याङजाली ।’ तर यी दंगालीले स्याङजाका एक युवकसँग विवाह गरेर पैसा धुत्न भ्याइन् । स्याङजास्थित कृष्णगण्डकी–५ का खिमानन्द भट्टराईको नक्साल गैरीधारामा मोटरसाइकल वर्कसप थियो । खिमानन्द पनि मख्ख थिए । फिल्मी हिरोइनसँग विवाह गर्न पाउँदा । उनीसँग पनि पैसा छ्ट्ट्यिाएर फरार भइन् । स्वदेशी मात्र होइन, विदेशी नागरिकलाई समेत पट्याएर अलपत्र पारेकी छन् । दुबई जाँदा पाकिस्तानी नागरिकलाई पट्याउन भ्याइन् । त्यतिबेला उनको नाम ‘चाँदनी’ थियो । तीन वर्षअघि मात्र उनी खोटाङका वीरचक्र थापा मगरको तेश्रो श्रीमती बनेर भित्रिइन् । त्यही क्षेत्रमा ६ रोपनी जग्गा थियो वीरचक्रको । ६ महिना नबित्दै सम्बन्धविच्छेद गरिन् । ६ भागको एक भाग पाउने गरी अंश मुद्धाको फैसला काठमाण्डु जिल्ला अदालतबाट भइसकेको छ । फैसला कार्यान्वयन प्रक्रियामा छ । अहिले ३२ वर्षकी भइन् । मन्दिरमा र दर्ता प्रक्रियाबाट विवाह गरेका पुरुषको संख्या दर्जन बढी छ । दैव जाने, दर्ता नगरी विवाह गरेको संख्या कति होला ? कतिको जिन्दगी तहसनहस भयो होला ? नागरिकता दुईवटा छ । ०६६ साल असार १६ गते सिर्जना दाहालको नाममा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट लिएकी छन्, पहिला दाङबाट लिएको छँदैछ । उमेर छिप्पिँदै गयो, अहिले कसैले पत्याउँदैन उनलाई । त्यही कारण अहिले पुराना युवालाई ‘ब्ल्याकमेलिङ’ गर्न थालेकी छन् । केही वर्ष अगाडिसम्म हेटौंडाका सन्तोषका बुबा विष्णुप्रसादलाई बारम्बार फोन गरी अंश माग्दै धम्क्याउँथिन् । एक दिन विष्णुले फोनमा भनिदिए, ‘हेटौंडासम्म तँ कपडा लगाएर आइज, त्यहाँबाट यता नाँगै आइज, सक्छेस् ? यदि सकिस् भने तँलाई बुहारी मानौंला अनि पुजेर राखौंला ।’ विष्णुले यसरी जवाफ फर्काएपछि अचेल उनलाई ब्ल्याकमेलिङ गर्न छाडेकी छन् । तर, उनले पहिलापटके विवाह गरेको युवकसँग अहिले फोन गर्दै १२ देखि १५ लाख माग्दै धम्क्याउँदै आएकी छन् । यसअघि उनीहरुको विवाह दर्ता भएको थिएन । भाडाका केटा ल्याएर उल्टै पिटपाट गर्दा उनको ज्याकेट च्यातिएको थियो । एक रात उल्टै प्रहरीकोमा थुनाइयो र भोलिपल्ट विवाह दर्ता भयो । विवाह दर्ता भएसँगै १५ लाख दिन्छस् कि के गरौं ? भन्दै तारन्तार धाउने गरेकी छन् । तर, के गर्नु नेपालको कानुनी संरचना नै त्यस्तो छ । पुरुषले चाहे कहिले–कहिले महिलाले चाहे तुरुन्तै सम्बन्धविच्छेद हुन्छ । यस विषयमा सरिताले भने सम्पत्तिका लागि विवाह गरेको भन्ने आरोप झुठो भएको भन्ने प्रतिक्रिया दिएकी छन् । १७ वर्षको उमेरमा आफ्नो पहिलो विवाह भएको र दोश्रो विवाह पेपेर म्यारिज मात्रै भएको बताउँदै सोहीपछि आफू फसेको र दाहाल परिवारले आफूविरुद्ध लाञ्छना लगाउँदै हिंडेको उनको आरोप छ ।
manmeronepali · Mar 11, 2015 9:49 PM · 25,050 views
This is a very sexist news. Men do that all the time and it never becomes an issue.
nilasha · Mar 12, 2015 7:53 AM
त्यो पहिलो बिहे गरेको ले उत्ल्तई मुद्दा हाली तेस्ले कमाएको आधा माग्ने हिम्मत किन गरेन ? तेस्को नाम मा भएको अचल सम्पत्ति को आधा आउने आउदैन र ? कन्टकेन कनटकैब चाला नगरी ठिक नलाग्ने रहेछ ? थुतुनो र मुतुनो जोगाउनु भन्छन : तेही जोताइको फल तिर्दैछन ?
magorkhe1 · Mar 12, 2015 9:13 AM
आजकल काठमान्डौमा केटाहरु सतर्क हुनु परेका छन् | काठमाडौँ बाहिरबाट आएका केटीहरुले लभमा फसाएर रतिक्रीडासृदा गरेर बिहे गरेपछि आधा सम्पत्ति माग्ने प्रवृति बढ्दै गएको छ | त्येही भएकोले आजकल काठमाडौँमा ४० बर्ष पुगेर पनि बिहे नगरिकन बस्ने पुरुषहरु धेरै छन् |
shahi baba · Mar 12, 2015 9:20 AM
Dont they have PRE-NUP in Nepal?????
funtush · Mar 12, 2015 10:02 AM
यो हो असली रांड ! येस्ता रांडहरुले गर्दा हामि लोग्ने मानिसको स्त्रीहरु प्रति बिस्वाश उठेर गाको !
Nas · Mar 12, 2015 10:55 AM
हाल ती महिला ले नाम फेरी nilasha राखेकी छिन्. अनि आजकल साझा मा को केटा फसाउन सकिन्छ भनेर साझा मा महिलाको नाम मा कलंक बन्न आइपुग्छिन केटि भन्दा हुरुक्क हुने Nas(ey) ra divorce(ey) guy फस्न बेर लाग्दैनन
sojoketo · Mar 12, 2015 11:34 AM
Law is a two edged sword. While there are cases where women are unjustly treated and l left at the burden of their parents by their husband, and this kind of law is targeted toward those cases. Yet things like this happen. Awareness matters, I bet she will have a very hard time finding a prospective husband after this. For our traditional society arranged marriage is good (of course a couple takes time to know each other before they get married) as the marriage has to be approved by both families as well as the couple marrying.
ramas · Mar 12, 2015 1:19 PM
काम न काज का आइमाई हरु को अधिकार अधिकार भन्ने र पुरुष माथि नौटंकी नाटक हरु थुपारेर पुरुष लाई दुख दिने संस्कार जुन विकास भएको छ त्यो अबस्य राम्रो होइन जस्तो लाग्छ मलाई , समग्र समाज को विकास र समाज का दुवै अंग ( महिला र पुरुष ) लाई ज्ञान र चेतना ले समानता र सौहाद्रता को विकास गर्नु पर्छ जस्तो लाग्छ | बयस्क महिला र पुरुष को बिचमा लोग्ने स्वास्नी अथवा रगत ले बाँधेको नाता मात्रै हुन्छ भन्ने नेपाली समाज खास गरि नेपाली नारी हरुको सोच मा परिवर्तन हुनु पर्छ | एक ले अर्का लाई सम्मान र इज्जत ले हेर्ने नकि प्रतिस्पर्धी भयो भने सायद समाज मा बढ्दै गएको नारी हिंसा र बलात्कार का घटना हरु पनि बन्द हुन्छन कि ?सबै जना साझा का साथी हरु लाई मन पराउनु भएको र कमेन्ट गर्नु भएको म धन्यबाद Last edited: 12-Mar-15 08:55 PM
manmeronepali · Mar 12, 2015 8:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion