मधेसी–जनजाति एकताको रहस्य---देवप्रकाश त्रिपाठी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मधेसी–जनजाति एकताको रहस्य आदिवासी को हुन् र अनादीवासी को हुन् भन्नेजस्ता प्रश्नको जवाफ ऐतिहासिक र सामाजिक विकासका तथ्यहरूको आधारमा खोजिएको छैन   प्रकाशित मिति: 10:35:18 am, March 11, 201 देवप्रकाश त्रिपाठी जातीय र क्षेत्रीय समुदायहरूबीचको सद्भाव, एकता र सम्मान क्षयीकरण हुँदै गएको यस समयमा मधेसमा बसोबास गर्ने ‘मधेसी समुदाय’का जनता र जहाँसुकै बसोबास गर्ने जनजाति समुदायबीच विगत केही वर्षयता प्रस्फुटन भएको विशेष एकता प्रदर्शन गर्ने नाराले भने निरन्तरता पाइरहेको छ । विखण्डितभन्दा अखण्डित, विभाजनभन्दा एकता र वैरभावभन्दा सम्मानभाव हुनुलाई सकारात्मक मानिन्छ र सामान्यतया विच्छेदितभन्दा अविच्छेदित स्थितिले सुखद् कार्य–परिणाम हासिल गर्ने हुनाले मानव समाजमा एकताले नै प्राथमिकता पाउने गरेको पनि छ । तर, मानिसहरूबीच सृष्टि गरिने एकता सबै अवस्था र ठाउँमा सकारात्मक सन्देश या परिणाम दिने प्रकारका भने हुँदैनन्– भएका छैनन् । दक्षिण एसियाली राष्ट्रहरूबीच आपसी सद्भाव, विश्वास, समझदारी र सम्मान बढाउन ‘सार्क’ स्थापना भएको हो । दक्षिण एसियाली जनता एवम् राज्यहरूबीचको यो एकता स्व–हित रक्षाका निम्ति हो, यो कसैका विरुद्ध लक्षित छैन र यसले कुनै एक शक्ति या पक्षविशेषप्रति विशेष रूपले अनुग्रह पनि राख्दैन । एकता पश्चिमा राष्ट्रहरूबीच पनि छ, नेटो(NATO) का रूपमा एकताबद्ध शक्तिमा निहित यथार्थको विश्लेषण सार्कसँग तुलना गर्न मिल्ने प्रकारको छैन । नेटो भन्नेबित्तिकै अमेरिकालगायतका पश्चिमा शक्तिराष्ट्रहरूको हित रक्षार्थ स्थापित सङ्गठन वा एकता भन्ने बुझिन्छ र रसिया एवम् चाइनालगायत विश्वका कैयन मुलुक नेटोप्रति सचेत रहँदै आएका छन् । त्यो किनभने नेटो राष्ट्रहरूको एकता कसको हितमा केन्द्रित छ भन्ने मात्र स्पष्ट छैन, कस–कसका विरुद्ध यो लक्षित छ भन्ने पनि छर्लङ्ग छ । एकता कसैका विरुद्ध लक्षित भइदियो भने त्यस्ता एकीकृत प्रयासहरूले तनाव र द्वन्द्व निम्त्याउने सम्भावना सधैँ रहन्छ । नेपालको निर्माणमा अगुवाइ क्षेत्रीको भए पनि मगर, गुरुङ, नेवार, राई, लिम्बू, तामाङ, दलित, ब्राह्मण र मधेसबासीहरूको समेत विभिन्न ढङ्गले योगदान रहेको ऐतिहासिक तथ्यप्रति संवेदनशील हुँदै हामी हाम्रो मुलुकको भविष्य रक्षाका निम्ति सचेत रहन आवश्यक छ । जन्मनेहरू हिमाल, पहाड या तराई–मधेस रोजेर जन्मदैनन् र कोही हिमालमा जन्मेका कारण महान् या अग्लो र तल तराईमा जन्मिएकैले कोही निच या होचो भएका पनि छैनन् । नेपालमा सवा सय जातीय समुदायको बसोबास छ, तर यीमध्ये नेपालमै उत्पत्ति भएको वंशजका सन्तान कोही पनि होइनन् । आर्य, मङ्गोल र द्रबिड समुदायका मानिस नेपाल भित्रिएपछि र कतिपयचाहिँ नेपाल प्रवेशअघिदेखि नै विभिन्न नाम, जात र समुदायका रूपमा चिनिएका हुन् । नेपालको हिमाली भूभागमा उत्तरतर्फबाट बसाइँ सरी आएका मङ्गोलियन नश्लका मानिसको सघन बसोबास रहेको छ, जसले आफूहरूलाई अचेल जनजाति भनेर चिनाउन पाउँदा रमाइलो मान्छन् । त्यस्तै दक्षिणतर्फको मैदानी भूभागमा आर्य र द्रबिड नश्लका मानिसको मूल बसोबास छ । तर, बीचको पहाड, बेँसी र उपत्यकामा भने सबै प्रकारको नश्ल (आर्य, मङ्गोल र द्रबिड) का मानिसहरू रहने गर्दछन् । पहाडमा बसोबास गर्ने ‘जनजाति’ समुदायका मानिसको भाषा, सभ्यता, धर्म, भेष, संस्कार र परम्परा तिब्बत र चाइनासँग मेल खाने प्रकारका छन् भने पहाडमै बस्ने आर्यहरूको भाषा, भेष, धर्म, संस्कृति र परम्परा भारतसँग निकटको छ । मधेस या तराई भूक्षेत्र विशेषको नाम हो र पहाडमा बसोबास गर्नेहरूलाई पहाडिया भनेर बुझिएजस्तै मेधसमा बस्नेहरूलाई मधेसी भनिनु अस्वाभाविक होइन । क्षेत्र या ठाउँ आफैँमा कुनै दर्शन या विचार होइन । जुन विषय विचार–दर्शनको परिधिमा पर्दैन त्यस्ता विषयलाई ‘वाद’ भनिँदैन । तर, यहाँ केही राजनीतिकर्मीले मधेसवाद र मधेसवादी भन्ने शब्द प्रचलनमा ल्याएका छन् । मधेसबास र मधेसबासी हुनसक्छ, पहाडबास र पहाडबासी हुन सक्छन्, उपत्यकाबास र उपत्यकावासी पनि हुन सक्छन्, तर मधेसवादी, पहाडवादी, हिमालवादी, उपत्यकावादी, नदीनालावादी, मोटरकारवादी, हवाईजहाजवादी भन्न कसैलाई पनि मिल्दैन, किनकि यस्तो विचार–दर्शन संसारमा उत्पत्ति भएको छैन र त्यस्ता दर्शन–विचारको सृष्टि हुन पनि सम्भव मानिदैन । जात या क्षेत्रविशेषको सङ्कुचित दायरामा रम्न चाहनेहरूका लागि भाषा–विज्ञानले धेरै पहिले नै शब्द सृष्टि गरिसकेको छ– साम्प्रदायिक । सम्प्रदायविशेषमा अल्झिनेहरूलाई साम्प्रदायिक भनेर बुझ्नु सर्वाधिक उत्तम हुनेछ । यहाँ अर्को रोचक पक्ष के छ भने मधेसमा शताब्दीयौँदेखि बसिरहेका कैयनलाई मधेसी मानिएको छैन । निश्चित जातीय समूहका मानिसको मात्र मधेसी पहिचानमाथि हकभोग कायम भएको छ । त्यस्तै, पहाडी या हिमाली क्षेत्रमा दुई सय वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएका ब्राह्मण–क्षेत्रीले आदिवासीको दर्जा पाएका छैनन्, तर तिब्बततिरबाट गमबुट लगाएर नेपाल छिर्दाछिर्दै व्यक्ति आदिवासी बनिसकेको हुन्छ । यसरी नेपालमा क्षेत्री, ब्राह्मण, दशनामी र दलितलगायतका समूहलाई विभिन्न कोणबाट विभिन्न प्रकारले एक्ल्याउने प्रक्रिया विगत केही वर्षअघिदेखि हुँदै आएको छ । जनजाति के हो र को हो, कस्तो अवस्थाका मानिसलाई जनजाति भनिन्छ, आदिवासी को हुन् र अनादीवासी को हुन् भन्नेजस्ता प्रश्नको जवाफ ऐतिहासिक र सामाजिक विकासका तथ्यहरूको आधारमा खोजिएको छैन । नेवार एउटा बेग्लै जातीय समूह होइन, नेवार समुदायभित्रै अनेक जाति र उपजातीय शृङ्खला छन् । नेवारभित्र मङ्गोल नश्लका मानिस पनि छन्, तर बढी आर्य नै हुन् । तथापि, सिङ्गै नेवारी समुदायलाई ‘जनजाति’ बनाइयो र क्षेत्री–ब्राह्मणविपरीतको कित्तामा सामेल गरियो । नेपालका तीन समुदाय क्षेत्री, ब्राह्मण र नेवार देशैभरि फैलिएर रहनेमा पर्दछन् । करिब चार हजार स्थानीय निकायमध्ये उल्लिखित तीन समुदायको बसोबास अधिकांशमा रहेको छ । यसर्थमा राष्ट्रिय एकतामा यिनीहरूले थप बेग्लै प्रकारले योगदान पुर्‍याएका छन् भन्न सकिन्छ । राष्ट्रिय एकताप्रति तराई, पहाड, हिमाल जहाँसुकै बस्ने तर राजनीतिक क्रियाकलापमा असंलग्न नेपालीले योगदान पुर्‍याएका भए पनि देशैभरि फैलिएको समुदायको योगदान अप्रत्यक्ष ढङ्गले विशिष्ट हुने गर्दछ । ‘हान’बिनाको चाइना र पस्तुनबिनाको अफगानिस्तान कल्पना गर्न नसकिएजस्तै निश्चित केही समुदायबिनाको नेपाल पनि सोच्न सकिँदैन । तर, यहाँ क्षेत्री र ब्राह्मणलाई एक्ल्याउन नेवारलाई पनि ‘जनजाति’ बनाइयो र बेग्लै मोर्चामा सामेल गरियो । नेवारी समुदायलाई समेत ‘जनजाति’ बनाउँदा नेपालको समृद्ध समूहको दूरी क्षेत्री–ब्राह्मणसँग बढ्न सक्ने र त्यसले जनजातीय ‘स्ट्ेरन्थ’ वृद्धि हुने अपेक्षा पश्चिमा रणनीतिकारहरूले गरेका हुन सक्छन् । त्यसपछि विगत केही वर्षयता जनजाति र मधेसीलाई जोडेर चित्रण गर्ने तथा उनीहरूको एकता र सहकार्यमा जोड दिने काम पनि हुँदै आएको छ । मधेसी र जनजातिको उद्गम विपरीत छ, नश्ल भिन्न छ, जात, भाषा, भेष, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, आकार र रंगमा पनि भिन्नता छ । तिनका समस्या बेग्लाबेग्लै छन् र समाधान पनि बेग्लाबेग्लै प्रकारले मात्र हुनसक्छ । बरु मधेसका बसोबासी पहाडका क्षेत्री, ब्राह्मण र नेवारी समुदायका अधिकांश जातीय समूह धार्मिक, सांस्कृतिक आदि दृष्टिले सन्निकट छन् । मधेसवादी, पहाडवादी, हिमालवादी, उपत्यकावादी, नदीनालावादी, मोटरकारवादी, हवाईजहाजवादी भन्न कसैलाई पनि मिल्दैन, किनकि यस्तो विचार–दर्शन संसारमा उत्पत्ति भएको छैन र त्यस्ता दर्शन–विचारको सृष्टि हुन पनि सम्भव मानिदैन । त्यसो त नेपाली राष्ट्रि्रयता विकासको दशकौँ लामो अभ्यासले सबै जातीय तथा क्षेत्रीय समुदायलाई सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक र पारम्परिक दृष्टिले ‘फ्युजन’ गराउँदै ल्याएको पनि हो । पछिल्लो दशकमा साम्प्रदायिक मुद्दाले राजनीतिमा निर्वाध प्रवेश पाएकोले मात्र मानिसहरू निर्लज्ज ढङ्गले जातीय र क्षेत्रीयताका विषयमा बोल्न अग्रसर भएका हुन् । यहाँ जात र क्षेत्रका मुद्दा उठाउँदा ‘सार्क’ले झैँ आफ्नो हितकेन्द्रित व्यवहार प्रस्तुत भएन, ‘नेटो’झैँ निश्चित पक्ष या शक्तिविरुद्ध लक्षित मनोभाव पनि छचल्किएर प्रकट भयो, भइरहेको छ । समृद्ध नेवार समुदायलाई जनजाति कित्तामा समेट्नु तथा मधेसी र जनजातिबीचको एकता र सहकार्यमा विशेष जोड दिनुको सीधा अर्थ क्षेत्री–ब्राह्मणविरुद्धको मोर्चाबन्दी गर्नु भन्ने बुझाउँछ । क्षेत्री–ब्राह्मणलाई एक्ल्याउने र तीमाथि प्रहार गर्ने कार्यको नियोजित थालनी जसरी गरियो यसले केही पश्चिमा मुलुक नेपालको सामाजिक सद्भावप्रति इष्र्यालु थिए भन्ने स्पष्ट गरेको छ । रुवाण्डा, बुरुण्डी र अफगानिस्तानलगायतका मुलुकमा अवलम्बन गरेकै नीति नेपालमा प्रयोग भइरहँदा हामी जानेर या नजानेर तिनैलाई काँध दिँदै छौँ । नेपालको निर्माणमा अगुवाइ क्षेत्रीको भए पनि मगर, गुरुङ, नेवार, राई, लिम्बू, तामाङ, दलित, ब्राह्मण र मधेसबासीहरूको समेत विभिन्न ढङ्गले योगदान रहेको ऐतिहासिक तथ्यप्रति संवेदनशील हुँदै हामी हाम्रो मुलुकको भविष्य रक्षाका निम्ति सचेत रहन आवश्यक छ । अहिलेसम्म जातीय र क्षेत्रीयताका विषयले राजनीतिमा मात्र स्थान पाएका छन्, कदाचित जनसमाजमै यो विस्तारित हुन पुग्यो भने देशलाई गृहयुद्धबाट जोगाउन मुस्किल पर्नेछ । केही इसाई मुलुक या संस्थाहरूको नियोजित चालप्रति सचेत रहँदै हाम्रो सामाजिक सद्भावको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी हामीले पाएका छौँ, कुनै पनि जाति या क्षेत्रविशेषलाई एक्ल्याउने या निषेध गर्ने पराय योजनालाई निस्फल तुल्याउनु आजको पुस्ताका नेपालीको प्रथम कर्तव्य बनेको छ । लेखकः वरिष्ठ पत्रकार तथा घट्ना र विचार  साप्ताहिक का प्रधान सम्पादक हुन् - See more at: http://www.ratopati.com/2015/0...

_____ · Mar 11, 2015 6:18 AM · 1,439 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all