नेपाल वायुसेवा निगमले एक महिनाअघि ल्याएको एअरबस कम्पनीको जहाजको मर्मत कार्य भइरहेको निगमले जनाएको छ। निगम प्रवक्ता रामहरी शर्माले सेतोपाटीलाई बताए अनुसार जहाजको बिग्रिएको पार्टस सिंगापुरबाट मगाइएको छ। हङकङ हुँदै मंगलबार साँझ सो पार्टस काठमाडौं पुगेपछि फेरेर बुधबारबाट उडान नियमित हुनेछ। ‘नेपालमा सामान नभएकाले सिंगापुरबाट मगाउनु पर्यो, त्यसैले ढिला भइरहेको छ’, शर्माले भने। सोमबार जहाजमा समस्या आएको भन्दै उडान स्थगीत गरिएको थियो। उडान सुरु गरेको १० दिनमै जहाजमा समस्या आएको हो। ‘यति छिट्टै समस्या नआउनु पर्ने हो, खै के भए छ?’, शर्माले भने।
cybernepali · Mar 10, 2015 7:25 AM · 10,764 views
महा-अचम्म ....१० लाखमा किनेको कार त २ -३ वर्ष सम्म केहि हुन्न ...येति महँगो plane मा १ महिनामै समस्या आयो ? अनि ऐर बस जस्तो कम्पनीले नि वार्रंटी -ग्यारेन्टी केहि दियेनछ ? कि भारतबाट थोत्रो प्लेन किनेर पेन्ट मात्र नया गरेर ल्याको हो ?
uhi_kya · Mar 10, 2015 7:53 AM
कमाई का लाखौ उपाय छन् : कमाउने हिम्मत, आट , कमिसन लिने हाकिम , जागिर जोगाइदिने राजनीतिक नेता को समिश्रण चाहियो सर्ब प्रथम | टेन्डर बात किनेको भए नया नकिनी सेकेन्ड ह्याण्ड ल्याउने | नयै भए पनि नबिग्रिएको पार्ट्स लाइ बिग्रियो भनि तोक लगाउने अनि उता बाट जंकयार्ड बात सस्तोमा ल्याउने : पार्ट्स फेर्दै नफेरी तेही पार्ट्स लाइ पुरानो भनि देखाउने : बिग्रदै नबिग्रिएकोलाइ बिग्रिएको भनि खाने काम कहा कहा भएन | कतिपय जाना जान बिगारेर पनि कमाइ गर्छन | उदयपुर सिमेन्ट कारखानामा तेसै गरि करोडौ स्वाहा बनाए | कर्मचारी फस्टाउने कारखाना जिर्ण हुने | जिर्ण पनि कस्तो बनाउछन भने सुनको अण्डा दिने मुर्गालाई दाना पानि दिदै सुनको अण्डा लिई राखे हुन्त्यो नि यी भातमारा हरु मुर्गीनै रेटी खान्छन ? बुद्दि एस्तो छ !
magorkhe1 · Mar 10, 2015 10:04 AM
NAC ma 46 saal pachi jun randinaach bha thyo tesko part 2 hola aba .its all because of political unstability that this shit is going on in nepal. kaalobazaari, organ taskar,drugs and women trafficking,unlawful land grabbing unprecedented level ma bhai ra cha .who will control this?3 crore nepali pashupati nath ko bhar ma parera suti ra chan.
shiva_linga · Mar 10, 2015 10:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion