रबिन्द्र मिश्रको असली पत्रकारिता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

परोपकारका नाममा उठाइएको रकम नयाँ राजनीतिक शक्तिका लागी किन ? - भनिन्छ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन तर कतिपय व्यापारीले पिठोमा खरानी मिसाएर समेत बेच्दा रहेछन यसका एउटा जल्लाबल्दा पात्र हुन बि.बि.सी.नेपाली सेवाका सम्पादक रविन्द्र मिश्र । यिन संग अहिले करोडौँ डलर छ, अर्थात नेपाली रकमको हिसाबले भन्नु पर्दा अर्बौँ रकमका मालिक हुन यिनी । करोडौँ रकम रातारात झार्न सुन्दर नकाव बनेको छ यिनको पत्रकारिताको छवी । बेलायतस्थित बि.बि.सि.ले कारबाही स्वरूप नेपाल पठाए पछी यिनले आफ्नो विवादास्पद छवीलाई परोपकारको रंग पोतेर डलर झार्न सुन्दर नकाव बनाए । 'हेल्प नेपाल' नामक संस्था यिनको डलर जम्मा गर्ने भकारी हो । यसमा अरूण बस्नेत लगायत थुप्रै भान्सेहरू छन । केही बर्ष अघी देखी 'दश करोडको अक्षय कोष' संकलन अभियानमा लागेको यो संस्थाले दश करोड डलर भन्दा माथी संकलन गरिसकेको छ तर जम्मा कति रकम संकलन भयो भन्ने कतै पनि उल्लेख गरिएको छैन । केहि महिना अघी यो संस्थाले डलर संकलन गर्ने आई.एन.जि.ओ.का मालिक कनकमणी दिक्षितकि श्रिमती अध्यक्ष रहेको 'रातो बंला' नामक नेपालकै महंगो स्कुललाई करोडौँ रकम दिएको समाचार बाहिर आएपछि चौतर्फी बिरोध भएको थियो । यो संस्थालाई पैसा पठाउने मध्येका धेरैले रविन्द्र मिश्रको छातीमा समातेर धकेलेका थिए । रविन्द्र मिश्र आफ्नो फेसबुक पेजमा परोपकारका नारा पोख्दै गरिब असहाय बालबालिकाका तस्बिर अपलोड गर्छन र देश बिदेशमा बस्ने कयौँ नेपालीहरू भ्रममा परेर लाखौँ रकम हेल्प नेपालको बैँक खातामा पठाईदिन्छन, कतिले त रविन्द्रको घरमै पुगेर हातमै थमाइदिन्छन । तर रविन्द्रका साखा सन्तान भने विदेशमा पढ्दैछन । विदेशमा बसेका नेपालीले छाक काटेर जोगाएको पैसा ढाँटेर 'हेल्प नेपाल' नामक भकारीमा खाँद्ने र शहर बजारका बस्तीबाट फाटे पुराना लुगा संकलन गरेर चितवनका चेपाङ र मधेशीलाई बाँड्ने, के यही हो परोपकार भनेको ? स्रोतबाट चुहिएको खबर अनुसार परोपकारका नाममा संकलन गरिएको दशौँ करोड रकम अब रविन्द्र मिश्रले नयाँ राजनीतिक शक्तिको उदयका लागी खर्च गर्दैछन । बनमारा झैँ उम्रेका राजनीतिक दल र तिनका गल्हाउने लाखौँ नेता भएको देशमा कथित नयाँ राजनीतिक शक्तिलाई मलजल गर्नमा परोपकारका नाममा संकलन गरिएको रकम छर्केपछी नेपाली जनताले रविन्द्र मिश्रलाई के कस्तो सजाय देलान यो भने भबिष्यले नै बताउनेछ ।

ashishme · Mar 9, 2015 10:52 AM · 16,237 views

4 Replies

तेरो  बाउले देश र जनतालाई नांगे झार बनाइ खादा तलाई ठिक | माले को संख्या घट्दै गएकोले र जनतालाई दिने आश्वासनको दियो पनि बुझी सकेकोले नया छबि राजनीतिमा आउने देखे पछि काउसो झैँ हुन्छ| They started propaganda to diminish his character before he enters to Politics.  Good to see him going back and hope to bring something new. Last edited: 10-Mar-15 06:09 AM

magorkhe1 · Mar 9, 2015 12:11 PM

I don't know why so many people are butt-hurt when someone does anything. He's atleast doing something for the society. And if he can earn using his charisma, let him live and prosper.

ghintang_ · Mar 9, 2015 12:49 PM

Defamation of a good person without proper source, citation, just spouting rumors,without any facts to back them up. We are not idiots. He has and is doing a lot for the betterment of not so privileged people of Nepal. You should direct the energy you spend on spreading hate on sajha to something more productive. Seriously. In this day of the internet, where anybody can post anything about anything,without backing it up with facts or LEGIT source ( even news organizations do it at times). I sincerely urge people to do their own research, verify the CREDIBILITY of the source, not blindly believe everything you read on the internet (and even the hyperbolic news orgs today) and use proper judgement and common sense that all of us have. Hate will only divide our country further. Peace

amidstchaos · Mar 9, 2015 1:30 PM

स्रोत बाट चुहिएको खबर रे? खित खित खित.. कसरि चुहियेछ हो खबर? जे मन लायो तेइ लेख्दिनी? यो माइक्रोसफ्ट पेन्टमा बनाको झुर ग्राफिक प्रमाण हो? लौ एस्तो त मै बनैदिन्छु.

haribansha · Mar 9, 2015 1:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all