This is our Nepal...wondering what was going through all those passengers' mind when their planes were circling around especially after last week crash landing??? काठमाडौं—शाहरुख खानको जहाज अवतरण गराउन त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले ८ वटा एयरलाइन्सका जहाजलाई एक घन्टासम्म आकासमै होल्ड गराएको छ। दिल्ली र कोलकताबाट आएका एयर इन्डियाका जहाज, कुन्मिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको जहाज, आबुधावीबाट आएको इत्तेहाद एयरवेजको जहाज, दिल्लीबाट आएको जेट एयरवेज, दोहाबाट आएको कतार एयरवेज सहितका जहाजलाई विमानस्थलले ३ बजेदेखि आकासमै होल्ड गराइएको हो। बलिउड सुपरस्टार खानको सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल गराइएको स्रोतले बतायो। 'उनको जहाज ल्यान्ड गराउन ३ देखि साढे ३० बजेसम्म विमानस्थल बन्द गराउनु परेको हो', विमानस्थल स्रोतले भन्यो। उडान र अनुमति रोक लगाउन प्रयोग गरिने 'नो ट्याम' सो समयमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले जारी गरेको थियो। चार दिनसम्म बन्द रहेर खुलेको विमानस्थललाई फेरि बन्द गराउँदा यात्रुलाई मर्का परेको एयरलाइन्स अपरेटर्स कमिटी नेपालका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए। - Source http://www.nagariknews.com
ny2 · Mar 9, 2015 5:32 AM · 11,628 views
हवलदारी दिमाग र काम भनेको यही हो | कुन चै गुल्लाडे ATC बसेकोथियो ? तेस्लाई एडमिनिस्ट्रेटिभ बिदा दिएर सधाका लागि घर पठाइदिए भयो | Last edited: 09-Mar-15 09:57 AM
MaGorkhe1 · Mar 9, 2015 6:34 AM
थुक्क बुद्धि ... सारुक खान कुन हैसियतले नेपाल आउन लाको हो ? येदि ऊ भारतको रास्ट्रपति वा प्रधानमन्त्री थियो र औपचारिक भर्मनमा आउन लाको भा "मेक सेन्स". जाबो एउटा पेन्टको बिज्ञापनको आउन लाको मान्छे र भारतको एउटा कलाकार आउन लाग्दा येत्रो नाटक ?? अनि किन न-हेपुन भारतीयहरु ले ? उनि हरुको एउटा कलाकारले नेपाली अन्तरास्ट्रिय एर्पोट बन्द गराउन सक्छ ...
uhi_kya · Mar 9, 2015 9:06 AM
लु गर गर्ब नेपाली हुनु मा ! थुइक्क !!! मलाई त सार्है ग्लानी भैराछ नेपाली हुनु मा . नाथे एउटा भारतीय नौटंकी ले गर्दा नेपाल को एरपोर्ट बन्द हुन्छ...यो भन्दा दुर्भाग्य के होला र खै?
lamopuri · Mar 9, 2015 1:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion