धनीबाट सुख पाउँछु भन्ने गरिब मुर्दावाद लोग्नेबाट सुख पाउँछु भन्ने स्वास्नी मुर्दावाद – रुदाने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धेरैले 'थाहा' नपाएकी रुपचन्द्र विष्टकी बहिनी गुणराज लुइँटेल काठमाडौ, फागुन २४ 2102 ह्याप्पी नारी दिवस !‘माननीयज्यू नमस्कार, म सेतोपाटीबाट।’ ‘ए, तपार्इं नै हो,मलाई संसदमा जाँड खाएर बबाल गरी भनेर लेख्ने?’ हामीले त्यस्तो समाचार लेखेजस्तो लागेन। ‘हामीले लेखेको छैन,’ मैले भनेँ– ‘तपाईंका बारेमा बल्ल थाहा पाएर फोन गर्दैछु।’  कसैले उनलाई पछाडिबाट सेतोपाटी होइन भनेको पनि सुनेँ।  ‘भर्खरै चितवनबाट आएँ,’ उनले भनिन्– ‘आज आउनु भयो भने भेट हुन्छ।’    ०००   सबैले थाहा पाएको उनको परिचय नेपाली कांग्रेसकी सभासद गीता वाग्ले। अनि धेरैले थाहा नपाएको अर्को परिचय भने थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टकी बहिनी।   दोस्रो परिचयले मलाई उनका बारेमा जान्न डोहोर्‍याएको थियो। उनले दिएको ठेगाना टिप्न थालेँ। उनी भन्दै गइँन्– धापासीमा नेचर्स क्लबभन्दा चार-पाँच घर अगाडि बढेपछि गीता वाग्लेको घर जसले पनि देखाइदिन्छन्।    नभन्दै त्यस्तै भयो। बाटो देखाइदिए। घरमा पुग्दा उनका पति श्रीभक्त अच्युत वाग्ले र उनी बैठकमा थिए।    रुपचन्द्र विष्टको अनुहारसँगै मिल्दोजुल्दो र उस्तै हक्की स्वभावकि ६५ वर्षीय माननीय गीता कुराकानी गर्न तत्पर थिइँन्। उनलाई खुल्न कुनै समय लागेन। त्यसमा पनि आफ्ना दाजुको सम्झना उनलाई भल फ़ुटेसरि आयो। उनका प्रत्येक घटना र सम्झनामा रुपचन्द्र बोलिरहेका थिए।  ००० धनीबाट सुख पाउँछु भन्ने गरिब मुर्दावादै मुर्दावाद लोग्नेबाट सुख पाउँछु भन्ने स्वास्नी मुर्दावादै मुर्दावाद –    रुदाने   बाइरोड हुँदै हेटौडा जाँदा बाटोमा भेटिएका यी कविता पंक्ति मेरो सम्झनामा बसेको बर्षौं भयो। ठाउँठाउँमा ‘थाहा’ लेखेको देखिन्थ्यो। ‘थाहा’ के हो मैले थाहा पाएको थिइनँ।    यो ‘थाहा’ लेख्दै हिड्ने कुन मनुवा होलान् भन्ने मनमा लागिरहन्थ्यो। विस्तारै यिनका बारेमा सुन्न पाइयो। रुदाने भनेको त रुपचन्द्र विष्ट, दामन, नेपालको छोटकरी रुप पो रहेछ!   भर्खरै प्रजातन्त्र आएको थियो। २०४७ सालको निर्वाचनमा यिनी पनि संसद्को उम्मेदवार बने। दूर्भाग्य, उनले जित्न सकेनन्।    जनपक्षीय उम्मेदवार बनेर राष्ट्रिय पञ्चायतमा खैलाबैला मच्चाउने रुदानेको ठाडो शैली, इमानदार छविको अहिले पनि चर्चा हुन्छ। राम्रा मानिसहरूलाई यिनले प्रशंसा गर्दाको आफ्नै शैली थियो। मन नपरेकालाई र मनले खाएकालाई यिनी ‘भाते’ भन्दै गाली गर्थे।    मकवानको सदरमुकाम हेटौडा र उनको कार्यथलो उत्तरी मकवानपुरका दामन, पालुङ र घर्ती गाउँमा उनका किस्सा कति हो कति सुन्न पाइन्थ्यो। सरकारी अड्डाका हाकिमहरूले होटलमा भात खाँदा छोडे भने पसलेलाई रुदाने भन्ने गर्थे रे– यो भातेलाई फेरि खान नदिनू।   ०००   सारा दुनियाँलाई ठाडै गाली गर्ने र मन नपरेको कुरामा प्रतिक्रिया दिइहाल्ने जन्ड स्वाभावका रुदानेले घरमा पनि कहाँ बाँकी राख्थे र? अनि उनले माया गरेकी बहिनी पनि बेलाबेलामा उनका निम्ति एउटी ‘भाते केटी’ मा सिमित हुन्थिन्।    उनले बलियो हुन र पढ्न प्रेरित गरेकी बहिनी गीता आफ्ना दाइलाई वर्षौंपछि उत्तिकै चाखसँग सम्झदै थिइँन्।    ‘दाइको राजनीतिको सबैभन्दा ठूलो कमजोरी कसैलाई विश्वास नगर्नु हो,’ उनले भनिन्– ‘सबैलाई शंका गरे कसरी संगठन हुन्छ र?’   दुई दाजुबहिनी एउटै राजनीतिक सिद्धान्तभित्र लामो समयसम्म अटाउन सकेनन्। रुदानेको पार्टी मकवानपुरमा मात्र थियो। बहिनी गीतालाई भने कम्तीमा देशभरि नभए पनि आधाआधी ठाउँमा आफ्ना दाइको पार्टी हुनुपर्छ भन्ने लाग्थ्यो।   दाइको राजनीतिले आफूलाई कतै पुर्‍याउँदैन भन्ने भएपछि बहिनी गीता कांग्रेसको राजनीतिमा प्रवेश गरिन्। कांग्रेस परिवारमै बिबाह गरेकी गीताका निम्ति राजनीति सजिलो पनि भयो।    उनले कांग्रेस नेता बिपी कोइरालालाई काठमाडौं, जयबागेश्वरीमा गएर भेटिन्। गणेशमान सिंहलाई पनि भेटिन्।    बिपी नेपालकै बिचार भयो। त्यहि विचार उनले बोकिन्। २०३८ सालमा स्वतन्त्र उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको उम्मेदवार हुँदा गीताले संविधानसभाको माग गरेकी थिइन्। संयोगले अहिले उनी संविधानसभाकै सदस्य बनेकी छन्।    २०४२ सालमा कांग्रेसले तत्कालीन पञ्चायत विरुद्ध सत्याग्रह सुरु गरेपछि गीता पनि त्यसमा सहभागी भइन्। उनले सत्याग्रहमा भाग लिएपछि दाइ रुपचन्द्र उनीसँग १४ वर्षसम्म बोलेनन्। उनी सत्याग्रहमा भाग लिनु अघिसम्म आमाको मुख हेर्न मन लाग्यो भन्दै बहिनीको घरमा आउने गर्थे।    अन्तिम अवस्थामा रुदानेलई वीर अस्पताल लगियो। उनी बेहोस् भएको थाहा पाएपछि गीता दाइलाई हेर्न भनेर गइँन्, जसले उनी सिकिस्त हुँदा बोकेर अस्पताल लगेका थिए।    उनी अगाडि भएकै बेला डाक्टरले रुपचन्द्रलाई सोधे– तपाईं कतिचोटी मन्त्री हुनुभयो?    ‘विज्ञापन गरेका थिए, दरखास्त हाल्ने मानिस भेटेनन्,’ यति भनेर रुपचन्द्र फिस्स हासेको गीता अहिले पनि सम्झिन्छन्।    ०००   सात वर्षको उमेरमा आमा बितिन्। रुपचन्द्र विष्टसहित सात दाजुभाइकी यी एक्ली चेली उनीहरूले सेता लुगा लगाएर किरिया बसेको देखेर पूरै इन्तु न चिन्तु भइँन्। रुपचन्द्रले त्यो बेलाको शान्तभवन अस्पताल (हाल पाटन अस्पताल)मा यिनलाई बोकेर लिएर गए।    आमाको असामयिक निधनले तीन महिनाम्म बोल्न, हिड्न, पढ्न सबै बिर्सिइन् उनले। आमा गुमाएकी भर्खरकी यी बालिकालाई आफूले छोरी बनाउन चाहेको प्रस्ताव एक पश्चिमा गोरीले राखिन् पनि। ‘हाम्री आमाकी यत्ति एउटी छोरी मात्र हो, दिन्न’ रुपचन्द्रले ठाडै जवाफ दिएछन्।    रुपचन्द्र २०३८ सालमा राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवार बनेर चुनाव लड्न आए। त्यतिबेला उनका ज्वाइँ श्रीभक्त अच्युत वाग्ले हेटौडा कपडा कारखानमा श्रमिक कल्याण अधिकृतरुपमा कार्यरत थिए।    चुनावअघि नै रुपचन्द्रले दामनको शिखरकोटमा श्रमदानबाट गाउँ पञ्चायत भवन र घर्तीगाउँमा जनकल्याण हाइस्कुल बनाएका थिए। त्यसको निर्माणमा उनी आफैंले ढुंगा र काठ बोकेको स्थानी बासिन्दा अहिले पनि सम्झना गर्छन्। उनले सबैलाई पैसा होइन श्रमदान गर्न प्रेरित गरेका थिए।    त्यतिबेलै त्यति ठूलो भवन बनाइदिएका कारण अहिले कृषि, स्वास्थ्य सेवा केन्द्रका कार्यालयहरू राख्न सजिलो भएको छ।     उनले केही समय दामनमा भ्यू टावर लिएर पनि सञ्चालन गरेका थिए। उनले त्यो बेला बाख्रा पालन गरेको पनि स्थानीय बासिन्दा सम्झन्छन्।    श्रीभक्त उनले भ्यु टावर संचालन गरेको बेला पहिलो पटक दामन गएका थिए। त्यो बेलामा आफ्ना एक्ला ज्वाइँलाई उनले दाल, तरकारी, मासु, अण्डा मिसाएर खान दिएका थिए।  ‘खानु न छोड्नु जस्तो देखिन्थ्यो,’ उनी सम्झन्छन्– ‘सामान्य मानिसले त्यसरी खाने कल्पना गर्न सक्दैन। रुदाने सामान्य जीवन बाच्थे।’   त्यो बेला उनले ठूल्ठूला कुकुरहरू पालेका थिए। उनको एउटा कुकुरलाई गाडीले ठोक्काएर मारिदिएपछि उनले त्यो ड्राइभरलाई सजाय दिएका थिए।  रुपचन्द्र विष्टले नहुने काम गर्ने जोसुकैलाई आफैं सजाय दिइहाल्थे।    उनी साह्रै शंकालु थिए। त्यही भएर हत्पत्ति कसैले दिएको खाँदैनथे। कुनै होटलमा गएर खाँदा पनि आफैं भान्छामा गएर पस्किएर ल्याउथे र खान्थे। फेरि थप खाना कसैले ल्याएर हाल्दिए पनि उनी खाँदैनथे।    ‘दाइलाई कसैले बिख हालिदेला भन्ने शंका भैरहन्थ्यो,’ गीता भन्छिन्– ‘हामीकहाँ आएका बेला मात्रै उहाँले राम्ररी खाना खानु हुन्थ्यो।’    उनी 'बडी बिल्डर' थिए। घरैमा उनले शारीरिक व्ययामका निम्ति उपकरणहरू राखेका थिए। भारी उचाल्ने, शरीर तन्काउने आदि अनेकन अभ्यास उनी गरिरहन्थे। कालीमाटीको लालबहादुर भन्ने पहलमानलाई उनले एक दिन लड्नका निम्ति ललकारे। बहिनी गीता भने दाइलाई केही होला भन्ने डरले रुन थालिन्।    ‘हे भाते केटी रुने हो? तँ त एकदम हुनुपर्छ,’ उनले रुन थालेकी बहिनीलाई सम्झाउँदै लालबहादुरसँग कुस्ती खेल्न थाले।    एकै छिनमा लालबहादुर पराजीत भयो।    त्यस्त पहलवान रुपचन्द्रको जीवनको पछिल्लो क्षण भने सजिलो भएन। सक्रिय राजनीतिमा लागेपछि उनले शारीरिक अभ्यास गर्न भ्याएनन्। ‘उहाँको खानपिन पनि राम्रो भएन्,’ गीता भन्छिन्– ‘उनको हेरबिचार गर्ने मानिस पनि कोही भएन।’ ०००   रुपचन्द्रलाई मानिसहरूलाई गाली गर्ने र ठाडो शैलीमा कुरा गर्ने भनेर चिन्छन्। तर, उनीमा प्रचुर करुणा थियो।    बुढी महिलाले मल बो

_____ · Mar 8, 2015 7:13 AM · 2,183 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all