धावन मार्गबाट टर्किस विमान हट्यो विमानस्थल चौविसै घण्टा सञ्चालन हुने २०७१ फागुन २३ गते १३:४० मा प्रकाशित सुरेश भुसाल/नविन अर्याल २३ फागुन, काठमाडौं । टर्किस एयरलाइन्सको विमानलाई धावन मार्गबाट पन्छाइएको छ । धावन मार्ग खाली भएपछि विमान सेवा सुचारु गर्ने तयारीमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय जुटेको छ । यसअघि विमानस्थल राति १२ बजेसम्मका लागि बन्द गरेको घोषणा गरिएको थियो । तर, प्राविधिकहरुले सहज रूपमै विमानलाई धावनमार्गबाट पार्किङ स्थलतर्फ लैजान सफल भएपछि त्यस अगाडि नै विमानस्थल सुचारु हुने भएको छ । विमानस्थल साढे ७ बजेबाट खुला गरिने र राति ९ बजेदेखि उडान अवतरण सुरू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमनले जानकारी दिए । धावन मार्गबाट विमान हटाउन दिउँसाे साढे दुर्इ बजे विमानस्थलमा आइपुगेको टर्कीको टेक्निकल टिम समेत खटिएको थियो । टर्कीबाट ६ जनाको टेक्निकल टिम भारतबाट बम्बार्डियर जहाज चार्टर्ड गरेर विमानस्थलमा आएको थियो । बम्बार्डियर जहाज छोटो धावनमार्गमा पनि सजिलै अवतरण गर्न सक्छ । विमानस्थल चौविसै घण्टा खुल्ला चार दिनदेखि अवरुद्ध विमानस्थल खुलेपछि चौबिसै घण्टा सञ्चालन गर्ने तयारीमा विमानस्थल कार्यालय जुटेको छ । विमानस्थल अबरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित गर्न चौबिसै घण्टा उडान-अवतरणको व्यवस्था मिलाउन लागिएको हो । शनिबार विहान विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिश चन्द्रलाल सुमनले सहज नभएसम्म विमानस्थल चौबिसै घण्टा खुल्ला गरिने बताए । टर्किस एयरलाइन्सको एयरबस गत बुधबार धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि विदेश उड्ने र विदेशबाट नेपाल आउने हजारौं यात्रुहरु विभिन्न विमानस्थलमा अलपत्र परेका छन् । दिनभरीको प्रयासपछि बेलुकामात्र प्राविधीक टोली जहाजलार्इ धावनमार्गबाट हटाउन सफल भएको छ । जहाज हटाउन नेपालले नसकेपछि भारतबाट एयरक्राफ्ट रिमुभल किट सहित १२ जना प्राविधिक टोली झिकाइएको थियो । नेपाली र विदेशी प्राविधक टोली, नेपाल अार्मी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी, विमानस्थल विस्तार गर्ने ठेकेदार कम्पनीका कर्मचारी लगायत सयौंजना खटिएका थिए । - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Mar 7, 2015 8:19 AM · 7,313 views
Phew! What a sigh of relief, eh? This whole saga turned us into a bigger laughing stock than we already were. What was rather extremely amusing was the fact that TIA officials had an audacity to make an announcement on tourists with expired visas not getting fined! What a farce! Hopefully, this will help us climb onto topmost position as the shittiest airport in the world. It took them 3 and a 1/2 days to 'remove' a plane! What'd they do if, god forbid, a disastrous earthquake were to torment Kathmandu valley?
Keyser soze · Mar 7, 2015 8:51 AM
खानलाई ओराल्न ब्यबसाईक बिमान घन्टौ आकासमा उडे ? हवलदारी ले देश भरिएको छ |
MaGorkhe1 · Mar 9, 2015 6:46 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion