र्कीस एयरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं,फागुन २० – टर्कीस एयरको बिमान बुधबार बिहान काठमाडौंमा दुर्घटना भएको छ । ईस्तानबुलबाट काठमाडौंका लागि उडेको विमान बुधबार बिहान ७ः४० बजे विभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो । 11018602_586658825217_7260931263708118281_n अवतरणका क्रममा दुर्घटना भएकाले कुनै मानवीय क्षति भने नभएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । विमानमा २२७ यात्रु सवार थिए । उनीहरु मध्ये ४ जना सामान्य घाइते भए पनि अन्य सकुशल रहेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवन्धक पूर्ण चुडालले रातोपाटीलाई जानकारी दिए । चुडालका अनुसार विमान रन वेमा अवतरण गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना हुन पुगेको थियो । विमान दुर्घटनाको खास कारण अहिलेसम्म पत्ता नलागेको र यसबारे छानविन भइरहेको पनि चुडालले जानकारी दिए । विमान पहिलो पटक अवतरण गर्ने प्रयास विफल भएपछि दुर्घटना भएको हो । विमानले ७ बजे अवतरण गर्ने समय भए पनि अवतरण गर्न नसकेपछि विमान अवतरणको दोस्रो प्रयासका क्रममा दुर्घटना हुन पुगेको पनि प्रवन्धक चुडालले जानकारी दिए । विमानले दोस्रो पटक ७ः४० मा अवतरणको प्रयास गरेको थियो । दुर्घटनापछि अहिले विमानस्थलमा सबै उडान बन्द गरिएको छ। तस्बिरः सौजन्य दीकेस मलहोत्राको फेसबुकबाट 10351406_586658810247_9059533466737445914_n - See more at: http://www.ratopati.com/2015/0...

ashishme · Mar 3, 2015 10:48 PM · 12,483 views

5 Replies

Nas · Mar 3, 2015 11:19 PM

  Last edited: 19-Mar-15 02:12 PM

sajhasexy · Mar 4, 2015 9:50 AM

आशिष्मीको टट्टीमा चिप्लेर दुर्घटना भयको हो

bokaman · Mar 4, 2015 9:57 AM

धन्न खाते र्किस लेखेनछ !!!  बिज्ञापन गर्न भ्याएछ |  एस्तो हुनुमा सत्तासिन हरुको गल्ति देखाउनु पर्ने तर कट र पेस्ट भएकोले यी सब्द हरु यो बिज्ञापनमा परेनन् ? Last edited: 04-Mar-15 02:18 PM

magorkhe1 · Mar 4, 2015 10:07 AM

मैले सुनेको अस्ति भर्खर त्यों बाबुराम भन्ने अलच्छिनी तेइ एअरपोर्ट बाट उड्या थियो रे तेस्कै कारण ले होला ।

facebook · Mar 4, 2015 10:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all