टेक्ससमा बसोबास गर्नु हुने हाम्रो बढ्दो संजालमा आबद्ध साथीहरु र विवेकशील नेपाली दलको बारेमा थप जानकारी लिन इक्छुक मित्रहरुलाई २०७२ नया वर्षको अवसरमा भेटघाट कार्यक्रम आयोजना गर्दैछौ ! सम्पर्क गर्नुस है ! समय, मिति, स्थान छलफल गरेरै तय गरौ ! https://www.facebook.com/pages... अहिले नगरे कहिले? हामीले नगरे कसले? | नेपाली भनेर होइन, बनेर देखाउने हो ! | विकल्प कुर्दै बस्ने होइन, अब आफै बन्ने हो ! संजाल दिनुहोश वा समय दिनुहोश वा सहयोग गर्नुहोश ! छलफल गरिने बिषयहरु: - "नेपाल हाम्रो घर हो, डेरा होइन" अनुसरण कसरि गर्ने? - हालसम्मका उपलब्धिहरु कस्तो लाग्यो? - अहिले हुदै गरेका गतिबिधि कस्ता छन् ? - हामीले अब लिनु पर्ने रणनीतिको कस्तो हुनु पर्छ? - विवेकशील नेपाली दलको आन्तरिक आर्थिक रणनिति कस्तो हुनु पर्छ? - विवेकशील नेपाली दलको सामाजिक, राजनैतिक, आर्थिक सोच कस्तो हुनु पर्छ? - विवेकशील नेपाली दलले माघ ८ मा जारि गरेको संविधानको खाका कस्तो लाग्यो? हाम्रो बारेमा जन्नुस: http://leadnepal.com/ हाम्रो आचार संहिता: http://en.leadnepal.com/conduc... हाम्रो राजनीतिक धार: http://en.leadnepal.com/vision... सदस्य बन्नुहोश: http://en.leadnepal.com/join/ हाम्रो पारदर्सी आय व्यय : http://en.leadnepal.com/accoun... Bibeksheel Nepalii Fan Page: https://www.facebook.com/bibek... Last edited: 27-Feb-15 02:10 PM Last edited: 27-Feb-15 08:44 PM
BibeksheelNepali · Feb 27, 2015 1:44 PM · 27,322 views
हुन त बिबेकशील पार्टी वा समूहको बारे मा चुनावताका टिप्पणी गरेको थिएँ र एक दिन साझा च्याटमै कुरा पनि गरेको थिएँ | बिबेकशील पार्टीको जन्म एउटा बैकल्पिक स्वच्छ राजनीतिको पाटोको रुपमा भएको हुन सक्छ तर त्यति बेला नै त्यो समूहमा रहेका केही ब्यक्तीहरुबारे कुरा उठाएको थिएँ | हेर्दा खाँटी राष्ट्रबादी जस्ता देखिने तर राष्ट्रलाई सधैं घात गर्ने केही व्यक्तिहरुको समेत चुरीफुरी देख्दा समर्थनमा एक पाइला पछि सारेको थिएँ | अर्को कुरो , पार्टीको रुपमा चुनाव लड्न अघि एउटा भरपर्दो आधार बनाएर मात्र चुनाव लड्नु पर्थ्यो भन्ने मेरो सुझाव थियो | चुनाव लड्यो तर कहाँ कहाँबाट लड्यो , त्यसको सामान्य लेखाजोझा त्यै बेला गरेको थिएँ | बैकल्पिक नेतृत्व दिने उद्देश्यले खडा भएको पार्टीले २-४ सय अझ दुइ चार हजार भोटमा सीमित मात्र भएन त्यसको असर दूरगामी रुपमा पर्न सक्थ्यो | खैर अपराधीहरुको पार्टीलाई बिबेकशीलको भोट कटाई ले असर गरेन | मेरो सुझाव छ, बैकल्पिक शक्ति हुने हो भने पहिला संगठन बलियो बनाउनु पर्यो , अधार गाउँ गाउँ टोल टोल सम्म पुर्याउनु पर्यो | अरु भन्दा फरक हौँ भन्ने सम्प्रेषण दिन सक्नु पर्यो | मात्र संबिधान दे , भ्रस्ताचारिलाई कारुबाही गर , ग्यास सुलभ गर , एसिड हान्ने लाइ कार्यबाही गर जस्ता नारा लगाउंदै मा केही हुन्दैन | यिनीहरुले गर्छ भन्ने बिश्वास दिलाउने काम नै गर्नु पर्छ , अनि मात्र चुनावमा होम्मिनु पर्छ | सजिलै संगै AAP आपका पार्टी भएको हैन, राता रात ६७ /७० सिट जितेको हैन | Last edited: 02-Mar-15 02:06 PM
rahulvai · Mar 2, 2015 2:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion