PFA Life Insurance... Is it a scam? Honestly!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Has anyone heard about PFA Life Insurance? There are some Nepalese where I live. They've been insisting on buying the policy with all these too-good-to-be-true benefits. The benefits are such that it beats any other life insurance I have done a comparison with, by a long way. I'm not sure if what they are selling is a genuine product or if they are trying to get rich overnight. As I know the brokers (since a 'broker' is considered a bit more offensive in Nepali, let me call them 'agents') get up to 100% of what we pay as premium for the 1st year. So, if I get a policy of say $500 per month, that agent gets $6,000 in one year (just for the 1st year though) from me. I believe this is the biggest motive they have hence, they are very persuasive in selling their products. Aru kohi saathi laai kehi jaankari chha bhane, please share garnu hola hai ta daju-bhai, didi-bahini haru. Jai Nepal!!

BandainaSambidhan · Feb 27, 2015 1:16 PM · 80,380 views

27 Replies · Showing 21 - 27
Page 2 of 2

अमेरिकामा नेपाली विमा एजेन्टहरुमाथि कारबाही सुरु दिनेश कार्की/मनोज अधिकारी बोस्टन, चैत १० ग्राहक जोगाउ अभियानमा एजेन्टहरु अमेरिकास्थित नेपाली समुदायमा भ्रामक रुपले विमा बेचेर ठगी गरेको उजुरी परेपछि सम्बद्ध निकायले नेपाली एजेन्टहरुमाथि स्पष्टिकरण सोधेको छ। पीडितहरुले दिएको उजुरीका आधारमा नेशनल एशोसियसन अफ इन्स्योरेन्स कमिसन्स (एनएआइसी) ले प्रिमियर फाइनान्सियल एलायन्स (पिएफए) र त्यसअन्र्तगतको नेशनल लाइफ गु्रपका विमा एजेन्टहरुमाथि कारबाही प्रक्रिया सुरु गरेको हो। उक्त संस्थाले नेशनल लाइफ गु्रप सम्बद्ध एक दर्जनभन्दा बढी नेपाली एजेन्टलाई चेतावनीसहित लाइसेन्स खारेज गर्नु नपर्ने कारण पेश गर्न मार्च २२ मंगलबारसम्मको म्याद दिएको थियो। ती संस्थाका एजेन्टहरुले चित्तबुझ्दो जवाफ नदिए वा जवाफ नै नपठाए उनीहरुको लाइसेन्स स्वतः खारेज गर्ने एनएआइसीका अधिकारीले पठाएको पत्रमा उल्लेख छ। स्रोतका अनुसार यस्तो चेतावनीसहित स्पष्टिकरण सोधिएका एजेन्टहरु भर्जिनिया, बोस्टन, लगायत क्षेत्रका छन्। ती एजेन्टहरुले सोझा नेपाली र नवआगन्तुकलाई पोलिसीमा नभएका कुरालाई भ्रमपूर्वक विमा गरे बचत, लाभांश र क्यास भ्यालु समेत पाउने भन्दै हजारौं नेपालीलाई जीवन विमा बेचेका थिए। नेपाली एजेन्टहरुको यस्तो कार्यप्रति विमक कम्पनी नेशनल लाइफ ग्रुपले पनि अत्यन्तै गम्भिरतापूर्वक लिएको छ। गलत जानकारी दिएर विमाकर्तालाई ठगी गरेको प्रमाणित भएमा एजेन्टहरुसँग गरेको सम्झौता रद्द गर्ने आश्वासन समेत उक्त ग्रुपले दिएको छ। यसैबीच गैरआवासिय नेपालीहरुको संगठन एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले जीवन विमाबाट धेरै नेपाली ठगिएको विषय चर्चामा रहे पनि संस्थामा भने आधिकारिक रुपमा यसको जानकारी नआएको बताए। एजेन्टहरुले सुचना लुकाएर ठगी गरेको हो भने प्रमाणसहित एटोर्नी जनरलको कार्यालयमा उजुरी दिए उनीहरुलाई कारबाही हुने पौडेलले बताए। ‘नेपालीहरुको छिटै विश्वास गर्ने र प्रतिप्रश्न नगर्ने बानीका कारण एजेन्टले सजिलै ठग्न सकेका हुन सक्छन्’ पौडेलले सेतोपाटीसँग भने,‘अझै पनि समस्या समाधान गर्न ढिला भएको छैन।’ यता, पिएफएअन्तर्गत नेशनल लाइफ ग्रुपबाट अमेरिकामा धेरै नेपालीलाई जीवन विमा बेचेका नेपाली एजेन्टहरुमध्येका प्रमुख गोविन्द गिरी पे्रेरणाले भने नियमअनुसार विमा गराउँदा कोही नठगिएको जिकिर गर्छन्। विमा गर्दा कसैले ठगेको नभई विमाकर्ताको बुझाईमा मात्र फरक परेको उनको भनाई छ। एजेन्ट र विमाकर्ताबीचमा विमा बेच्ने क्रममा भएका कुरालाई सार्वजनिक रुपमा टिप्पणी गर्न नमिल्ने उनले जिकिर गरे। गिरीले भने,‘एकले अर्कालाई विमा बेचेको कुरा पर्सनल हो, यसमा अरुले बोल्न मिल्दैन।’ गिरी आफु मातहतका नेपाली एजेन्टहरुले तल्लो तहसम्मका ग्राहकलाई बेचेको विमाको प्रिमियमबाट मोटो कमिशन पाउने मुख्य एजेन्ट हुन्। उनले हालै आफ्नो फेसबुक पेजमा विमा कमिसनबाट मात्रै एक सातामा २८ हजार डलरको चेक बुझेको सार्वजनिक गरेका थिए। गिरीले चार वर्षदेखि पिएफएअन्तर्गतको विमा बेच्न थालेका हुन्। लाइसेन्स प्राप्त एजेन्टले अमेरिकी नियम कानुनअनुसार बेचेको विमाबाट धेरै नेपाली ठगिएको भन्ने कुरा गलत रहेको उनको दावी छ। ‘मैले विमा बेचेका आफ्ना ग्राहकको ‘टेक केयर’ गरिरहेको छु’ गिरीले सेतोपाटीसँग भने,‘विमाका बारेमा धेरै कुरा आएपछि अहिले धेरै ग्राहकमा चिन्ता र चासो छ। नबुझेकालाई थप बुझाउने प्रयास गरिरहेका छौं।’ अर्का एक एजेन्टकाअनुसार विमाबाट धेरैले ठगिएको गुनासोसँगै आफ्नो विमा पोलिसी नै रद्द गर्न थालेका छन्। कतिपयले बैंकबाट हुने पेमेन्ट रोक्का गरेका छन् भने कतिले कम्पनी मै फोन गरेर आफ्नो पोलिसी धमाधम रद्द गरेको ती एजेन्टले बताए। यसरी बिमाकर्ताले पोलिसी रद्द गर्न थालेपछि बिमक कम्पनीले आफ्ना ग्राहक जोगाउने एक सुत्रीय अभियानमा लाग्न एजेन्टहरुलाई सर्कुलर गरेको छ। अहिले एजेन्टहरुले मागेका सहरमा कम्पनीले विमाबारे थप बुझाउन सक्ने व्यक्तिलाई ‘फोकल पर्सन’का रुपमा खटाएको छ। को–को हुन् मुख्य एजेन्ट? पीडितहरुले नेशनल एशोसियसन अफ इन्स्योरेन्स कमिसन्समा दिएको उजुरी अनुसार पोलिसीमा हुँदै नभएका कुरालाई आकर्षक प्याकेज छ भन्दै बिक्री गर्ने पिएफएका मुख्य एजेन्टमा भर्जिनियाबाट अनुभव गिरी र गोविन्द गिरी रहेका छन्। उनीहरु बाबु–छोरा हुन्। यस्तै बोस्टन र न्यूह्याम्सरमा महेश्वर पन्त र हरि ढकाल एजेन्ट छन्। भर्जिनियामा कविन्द्र सिटौला, डोबा ढकाल, हेलिचन सिटौला, प्रदीप ढकाल, परशुराम भण्डारी, मुना भण्डारी, राजेन्द्र खनाल, माधव शर्मा, चन्द्र विष्ट र अविरल भियना अरु एजेन्ट हुन्। यस्तै कोलोराडोमा मनोजकाजी तुलाधर र सुरेश प्रधान तथा मेरिल्याण्डमा विष्णु गुरुङ सक्रिय एजेन्ट छन्। यो समूह पिरामिड शैलीमा कार्यरत छ। यी एजेन्टले आफुअन्तर्गत थुप्रै अन्य एजेन्ट बनाउँदै लैजान्छन्। यो क्रमले एउटा ठूलो पिरामिड बन्न जान्छ। यसअन्तर्गत तल्लो तह हुँदै माथिल्लो तहको एजेन्टसम्मले कमिसन पाउने गर्छ। विमाकर्ताले तिरेको प्रिमियमको ९० प्रतिशतभन्दा बढी रकम एजेन्टको खल्तीमा कमिसनको रुपमा जान्छ। यसले एजेन्टहरुको बिलासी जीवनशैली र महंगो विदेश यात्रा जुटाउने गर्छ। यसैबीच, पिएफए जस्तै परामिड शैलीको अर्को विमा कम्पनी वल्र्ड फाइनान्सियल ग्रुपले पनि अमेरिकी–नेपाली समूदायका थुप्रै व्यक्तिलाई जीवन विमाका नाममा ठगी गरेको जानकारी सेतोपाटीलाई प्राप्त भएको छ। डब्लुएफए नाम रहेको उक्त कम्पनीका एजेन्टले बोस्टन, क्यालीफोर्निया, बाल्टिमोर, भर्जिनिया, न्यूयोर्क आदि स्थानमा बसोबास गर्ने नेपालीलाई ठगी गरेको सम्बद्ध स्रोतको भनाई छ। उनीहरुले पनि जीवन बिमा भन्दै आवधिक बिमा (टर्म इन्स्योरेन्स) बिक्री गरेको पीडितहरुले बताएका छन्। एजेन्टले पोलिसीमा भएको कुरा स्पष्ट नखुलाई सोझा नेपालीलाई आकर्षक सुविधा मात्र देखाएर इन्डेक्स्ड युनिभर्सल लाईफ प्रकृतिका विमा बेचेका छन्। टर्म इन्स्योरेन्स वा आवधिक विमा बाहेक बचत, लाभाँश, अपाङ्ता, बेरोजगारी आदिको क्षतिपूर्ति दिलाउने विमा इन्डेक्स युनिर्भसल लाईफ हो। अहिले नेपाली समुदायमा बेचिएको विमा वर्षाैंसम्म हजारौं डलर प्रिमियम तिरे पनि अन्त्यमा बचत नभई सबै शुन्य हुने ती विमा पोलिसीमा उल्लेख छ। एजेन्टहरुले भने जीवन विमासँगै बचत समेत हुने भ्रम बाँडेर विमा बेच्दै आएका थिए। विमाबारे राम्रो ज्ञान नभएका र भर्खरै नेपालबाट आएका सोझा नेपाली यस्ता एजेन्टको पहिलो निसानामा परेका छन्। एजेन्टहरुले नै अमेरिकाका विभिन्न राज्यका ४ हजार नेपालीलाई पिएफए अन्तर्गतको जीवन विमा बेचेको बताएका छन्। तीमध्ये धेरैलाई व्यक्तिगत विश्वासका आधारमा पोलिसीमा नभएका सुविधा देखाएर विमा बेचेका छन्। http://global.setopati.com/ame...

Geology Tiger · Mar 23, 2016 9:41 AM

Can someone interview those agents and ask them all the questions?

shahi baba · Mar 23, 2016 10:59 AM

Sold and bought under misrepresentation voids the contract ? Is it or not ? If yes, all of them needs to get their money back. Any one talking on that direction?

magorkhe1 · Mar 23, 2016 11:27 AM

http://www.dfs.ny.gov/insuranc... न्यू योर्क मा त करार बदर गर्न मिल्छ जस्तो छ है !

adjunctprof · Mar 24, 2016 7:23 AM

Someone has been trying to get me to buy this. It does sound like a good idea but there is too much bad things posted about it. Are the complaints fake? Has anyone been arrested for fraud?

Angelinaa · Oct 11, 2016 9:08 AM

@angelinna don't buy it... for the arguments sake, let's say whatever they say is correct; a term insurance + investing in index fund will still beat whatever they show in their calculation :)

Archer · Oct 11, 2016 6:13 PM

Any update on the lawsuit on those PFA agents ? Looks like lot of people got of this mess ? Those agents made lot of money from innocent Nepali and Bhutanese.

Racheeta · Sep 27, 2020 1:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion