काठमाडौंबासीको आयु ८२, जुम्लाबासीको ३६ वर्ष शुक्रबार १५ फागुन, २०७१ नागरिक 1 2 3 4 5 (0 votes) काठमाडौं- मानवीय दृष्टिमा दुर्गम र सहरी क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको छ। काठमाडौंमा जन्मिने शिशुको आयुदर ८२ वर्ष र जुम्लाको शिशुको आयुदर ३६ वर्ष मात्र हुने स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागले सरदर नेपालीको आयु ७० पुगेको उल्लेख गरेको छ। तेस्रो स्वास्थ्य दिवसमा अवसरमा शुक्रबार आयोजित कार्यक्रममा महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले सहरी क्षेत्र र दुर्गम क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको जानकारी दिँदै असमान आयुदर कम गर्न मन्त्रालयले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विभिन्न तहमा २१ हजार जनशक्ति थप गर्न लागेको बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रतिदश हजार जनसङ्ख्यामा एक चिकित्सक पर्छन् । सङ्गठनका मापदण्डमा १५ जनामा एक चिकित्सक हुनुपर्ने प्रावधान छ । विभागले आठ हजार चिकित्सक, नर्स, जनस्वास्थ्य अधिकृत, सहायक जनस्वास्थ्यलगायत दरबन्दी थपका लागि विभिन्न निकायबाट स्वीकृत पाइसकेको तथा बाँकी १४ हजार दरबन्दी तेस्रो स्वास्थ्य सेवा रणनीति कार्यान्वयनका क्रममा थप गर्न लागेको छ । सबै उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भइसकेकाले ती जनशक्ति आवश्यक परेको हो । विभागले तीन हजारभन्दा बढी स्वास्थ चौकीमा एक छात्रवृत्तिमा अध्ययन गरेका र एक दरबन्दीमा रहेका दुई चिकित्सक, तीन नर्स, अहेबलगायत जनशक्ति, आवश्यक उपकरण र औषधि पुर्याउने महत्वकाङ्क्षी योजना कार्यान्वनको तरखर गर्दैछ । तारे होटलमा स्वास्थ्य कार्यक्रम नगर्न निर्देशन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि र उपकरण नराख्न निर्देशन दिँदै म्याद नाघेका औषधि वितरण गरेको पाइएमा कारबाही गरिने चेतावनी दिए। उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम तारे होटलमा आयोजना नगर्न, कार्यक्रममा मदिरा नराख्न निर्देशन दिँदै निजी क्षेत्रका अस्पतालले दश प्रतिशत सेवा निःशुल्क गर्नुपर्ने प्रावधानलाई कडाइका लागू हुनुपर्ने बताए। मुख्य सचिव लीलामणि पौड्यालले सरकारी अस्पतालमा नाम झुन्ड्याई निजी अस्पतालमा काम गर्न जाने चिकित्सकलाई कारबाही हुनुपर्ने बताए। उनले राजधानीका वीर, कान्ति, त्रिविवि शिक्षण, गङ्गालाल, प्रसूति जस्ता अस्पताल आफैँले औषधि पसल सञ्चालनमा ल्याउनका लागि तुरुन्त निर्देशन दिन मन्त्रालयसित आग्रह गर्दै अस्पताल वरिपरिका औषधि पसलले गरिब जनतासित लुटको व्यवसाय सञ्चालन गरिरहेको आरोप लगाए। 'चिकित्सकलाई जनताले देउता जस्तो मान्दछ तर चिकित्सकले सेवाभन्दा आम्दानीमा बढी ध्यान दिन थाल्दा यस क्षेत्रमा विकृति आएको छ', पौडेलले भने । मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले स्वास्थ क्षेत्रको सुधारका लागि पाँचवर्षे रणनीति कार्यान्वयन हुन लागेको जानकारी दिए । गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको अधिकार : सेवाको पहुँचमा हामी सबैको जिम्मेवार भन्ने नाराका साथ यस वर्षको स्वास्थ्य सेवा दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको थियो । हरेक वर्ष दिवसकै दिन स्वास्थ्य सेवाका उत्कृष्ट कर्मचारी पुरस्कृत भए पनि यस पटक गरिएन । रासस - See more at: http://www.nagariknews.com/soc...
_____ · Feb 27, 2015 6:58 AM · 1,677 views
यो त धनि र गरिब बिचको दुरी भन्दा पनि ठुलो दुरी भयो नि ? कुनै जमानामा खाद्य सस्थानले रासन बाड्ने चामल : गाइ बस्तुलाइ पनि कुडो बनाउन नहुने दुर्गम पहाडी छेत्र पथाउथे | "रुन्चे डल्लो" पकाएको भात "नखाउ दिनभरिको सिकार " झैँ तेही मात्र उपलब्ध छ , खाउ अखाद्य छ | बाउले भनेको उखान : यी भोजुरे कोईराला हरुलाई श्री ३ महाराजले छल गन्ने जागिरमा पथाएछन रे त्याहा पनि कमाउन छोडेनन् रे : साह्रा देश कमाइ गर्न दौडेका छन् : भुसलाइ चामल बनेर बेच्ने देखि फ्याल्नु पर्ने चिजहरु गाउ गाउ पुर्याई देश सेवामा कुदाइ हुदै छ येसरी | हँ निन्द्रा पनि कसरि लाग्न सकेको यिनी हरुलाई ?
magorkhe1 · Feb 27, 2015 3:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion