अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुखले येसरी खुल्लम खुल्ला आफ्नो अख्तियार दुरुपयोग गरे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उमेश श्रेष्ठ/पहिलोपोस्ट - काठमाडौँ :   दुई घोडासहित ‘शाही बग्घी’मा राज भएर अख्तियार प्रमुख लोकमानसिंह कार्कीका ‘ज्वाइँ राजा’ टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालयभित्र बिहीबार बिहान प्रवेश गरे। उनीसँगै तीन गाडी लस्करै भित्र छिर्‍यो। त्यसमा व्यापारी रोहिणी थपलियाका आफन्त जन्तीका रुपमा थिए।लोकमानले आफ्नी छोरीको बिहेका लागि ५१ जना नकटाई जन्ती ल्याउन सम्धि थपलियालाई आग्रह गरेका थिए। त्यसै अनुसार उनले हरियो नम्बर प्लेट भएको पर्यटकीय गाडीमा आफ्ना निकटतम आफन्तलाई मात्रै अख्तियार परिसरमा जन्ति आउन निम्तो बाँडेका थिए।कार्कीले बिहेका लागि आफन्ततर्फ पनि निकटतम सदस्यहरुलाई मात्रै निम्तो गरेका थिए। बिहेमा ‘फर्स्ट कजन’ र १३ दिने दाजुभाइलाई मात्रै निम्तो थियो। टंगालमै उनले जन्ती र आफन्तका लागि प्रीतिभोज दिए। भोज मदिरारहित सामान्य थियो।आफन्तलाई नगद तथा जिन्सी दुवै उपहार नलिई आउन कार्कीले आग्रह गरेका थिए। संवैधानिक निकायको प्रमुख भए पनि कार्कीले छोरीको बिहेमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु कसैलाई निम्तो दिएका थिएनन्।  पर्यटकीय बससँगै थप दुई वटा साना गाडीमा आफन्त थिए। बिहान नौ बजेर ५० मिनेट जाँदा भित्र प्रवेश गरेका जन्ती महिला खोई ब्यान्डबाजा भन्दै कम्मर मर्काउन आतुर देखिन्थे।तर रोहिणीले ‘अहिले होइन’ भन्दै रोकेपछि उनीहरु एकछिन चुप लागे र मूल भवनबाट दायाँतर्फको कार्की निवासतिर अघि बढे।खिलराज रेग्मीको सरकारले कार्कीलाई आयोगको प्रमुख आयुक्त नियुक्त गरेपछि उनी अख्तियार परिसरभित्रै रहेको प्रमुख आयुक्तको निवासमा परिवारसहित बस्दै आएका छन्। त्यसैले उनले छोरी अन्माउन बानेश्वरको पुर्ख्यौली घरको साटो यही निवास रोजे।केही समयअघि इन्गेजमेन्ट र बुधबार साइपाटा पनि यही निवासमा लगिएको थियो।जन्ती महिला धेरै समय चुप बस्न सकेनन्। कार्की परिवारले जन्ति पर्सनु अघि नै दुलाहा पट्टीको ब्यान्ड बाजा घन्कन थाल्यो- ‘भन सोल्टी, बरोबर नढाँटी।‘ जन्ती महिला त्यहीँ कम्मर मर्काउन थाले।हेर्नुस् भिडियो-बग्घीमै बसिरहेका दुलहा सुभाशीष थपलियालाई साथीहरुले जिस्काए। उनी पनि मूडमा थिए, मुस्कुराए र भने, इन्ज्वाय !जन्ती कार्की क्वार्टर नजिकै पुग्दा लोकमान श्रीमती सुनीतालाई लिएर जन्ती पर्सन आइपुगे। जन्ती पर्सनुअघि आकाशबाट हल्का वर्षा भएपछि लोकमानका लागि उनका सुरक्षाकर्मीले छाता ओढाए। हातमा अक्षता र फूल बोकेका लोकमानले पनि मुस्कुराउँदै जन्तीलाई अगाडि लगाए।त्यसपछि दुलही डा. आध्याश्री कार्की आइन् र वरमाला साटासाट गरिन्। लोकमानले त्यसपछि दुलहालाई अघि लाउँदै जग्गेमा लगे र हिन्दु परम्परा अनुसार बिहे प्रक्रिया अघि बढ्यो।आध्याश्रीले पोखरा मणिपाल शिक्षण अस्पतालमा चिकित्सा शास्त्रमा एमबिबिएस गरेकी हुन्।जापानी कार माज्दाको नेपालस्थित अधिकृत विक्रेता पद्मश्री ग्रुपका अध्यक्ष रोहिणी थपलियाका जेठा छोरा सुभाशीष भने सिंगापुरमा आइटी कम्पनी चलाउँछन्। उनले स्कटल्यान्डबाट इन्जिनियरिङ गरेका हुन्। यो पनि पढ्नुस्- अख्तियारको आँगनमा लोकमानपुत्रीको बिहे, हेर्नुस् एक्सक्लुसिभ फोटोहरु - See more at: http://www.pahilopost.com/cont...

cybernepali · Feb 26, 2015 9:51 AM · 4,479 views

3 Replies

काठमाडौँ मै निजि घर हुदा हुदै किन होला सरकारी क्वार्टर बाट (त्यो पनि मुख्य कार्यालय को मूल ढोका बाट नै जन्ती छिराएर ) छोरीको बिहे गरेको, कस्तो लाज पनि नलागेको \

nepalilaure · Feb 26, 2015 10:00 AM

नक्कचरा हरुलाई लाज सरम भन्ने बस्तु कुन चराको नाम हो ? लाटा देशको गाडु हरुको खेल भनेको यही हो ? Last edited: 26-Feb-15 10:39 AM

magorkhe1 · Feb 26, 2015 10:05 AM

http://lokmankarki.com/contact... yasma email garera bhannu j bhannu cha..maile ta bhani sake :P

cybro · Feb 26, 2015 10:31 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all