दिल्लीमा बिजुली सस्तो, पानी सित्तैमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दिल्ली–सरकार गठन गरेको एक हप्तामै अरबिन्द केजरिवाल सरकारले दिल्लीका जनतासमक्ष निकै ठूलो राहतको घोषणा गरेका छन्। जसअनुसार दिल्लीबासीले मार्चदेखि बिजुलीको भाउ आधी तिरे पुग्नेछ भने पानी सित्तैमा दिने घोषणा गरिएको छ  दिल्लीका उपविदेशमन्त्री मनिष सिसोदियाले दिल्लीबासीलाई प्रत्येक महिना २० हजार लिटर पानी सित्तैमा दिने तथा चार सय युनिटसम्म बिजुलीको महशुलमा आधी छुट दिने घोषणा गरेका हुन्। चार सय युनिटभन्दा माथि भने पूरै शुल्क चुक्ता गर्नुपर्नेछ। आफ्नो निर्वाचनमा चुनावी घोषणापत्रमार्फत् जनतासमक्ष गरेको वाचा अनुसार केजरिवाल सरकारले उक्त घोषणा गरेको बिबिसीले जनाएको छ। यो घोषणाले दिल्लीका ९० प्रतिशत परिवारले बिजुलीको महशुलमा राहत पाउनेछन्। सरकारले पानी र ढलको महशुल मिनाहा गरेको छ। पानी र ढलको महशुल मिनाहा गर्ने घोषणालाई मध्यनजर गर्दै दिल्ली सरकारले सो घाटा पूर्तिका लागि छुट्टै २५० करोड बजेटको व्यवस्था गर्ने भएको छ। बिजुलीको महशुल दर कम गर्दा ३६ लाख परिवार लाभान्वित हुनेछन्। पानी सित्तैमा उपलब्ध गराउँदा १८ लाख परिवारलाई प्रत्यक्ष फाइदा पुग्नेछ। सिसोदियाले आफ्नो सरकारले व्यापारीसँग राम्रो सम्बन्ध राख्ने बताउँदै व्यापारीलाई इमान्दारीसँग कर चुक्ता गर्न अपिल गरेका छन्। - See more at: http://www.nagariknews.com/wor...

_____ · Feb 25, 2015 8:24 AM · 2,917 views

4 Replies

ल्हासा  मा सुन छ | कान मेरो बुच्चै | Last edited: 26-Feb-15 03:03 PM

Biruwa · Feb 25, 2015 7:01 PM

Biruwa; I had the same proverb to comment with.

magorkhe1 · Feb 26, 2015 9:48 AM

समस्या श्रोत को होइन प्रतिबध्ता को मात्र हि भन्ने देखौन खोज्या, भारत मा जातिय राज्य छ भन्ने गलत उदहारण देखाएर नेपाल मा पनि जातिय राज्य चाहियो भन्ने जमात हरुले " आप" ले दिल्ली मा येसो गर्यो नेपाल मा पनि तेस्तै गर्न पर्यो भनेर नेपाल बन्द गरे हुन्थ्यो बरु अर्को कुरा जनता को भलो हुने काम गर्न कमुनिस्ट हुन पर्दैन भनेर पनि "आप" ले देखाई दिएको छ, राजनीति गर्ने हरु मा जनता को लागि राजनीति गरेको भन्ने कमन सेन्स हुन पर्ने हो. but looks like common sense is not common to nepali politicians

_____ · Feb 26, 2015 5:29 PM

धर्के ब्रो प्रतिबध्यता हाम्रो नेताहरुमा छैन भन्न खोज्नु भएको हो ? यदि हो भने तपाइँ गलत कुरा गर्दै हुनु हुन्छ ! धेरै नै छ प्रतिबध्याता तर देश प्रति हैन पार्टी र व्यक्तिगत तिर मात्रै छ | हेर्नुस त हिजो को जोगीहरु आज अरब पति भाका छन् | कमाइको खेति लह लहाउदै छ | यो भन्दा ठुलो प्रतिबद्दता कहिँ पनि पाउनु हुदैन ! हाम्रो देशमापनि बिदेशमा जस्तै पैत्रिक सम्पत्ति मा कर लाग्ने बनाए के हि हुन्थ्यो कि ?

magorkhe1 · Feb 27, 2015 12:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all