यस कारणले गर्दा लोग्नेमान्छे र स्वास्नीमान्छे साथि हुन सक्दैन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामी एक्काइसौँ शताब्दिमा छौँ । आजकाल महिलाहरु पनि घरभन्दा बाहिर निस्केर अफिसमा काम गर्न थालिसकेका छन् । धेरैजसो अफिसमा महिला र पुरुष सँगै काम गर्नुहुन्छ र यस्तो अवस्थामा उनीहरु दिनको धेरैभन्दा धेरै समय सँगै बिताउने गर्दछन् त्यसकारण दुबैमा मित्रता हुनु सामान्य कुरा हो । तर हामीले महिला र पुरुषको मित्रता धेरै दिनसम्म टिकेको देखेका छैनौँ । उनीहरुमा केहि न केहि कुरामा खटपट परेको हुन्छ । तर उनीहरुबिच कस्तो कुरामा खटपट हुन्छ भन्ने कुरा एक नयाँ अनुसन्धानले बताएको छ । एक नयाँ अनुसन्धानका अनुसार महिलाहरुले पुरुषहरुमाथि गर्ने मित्रवत् व्यवहार पुरुषहरुले सेक्सको संकेतको रुपमा लिने बताइएको छ । द नर्वेजियन साइन्स एण्ड टेक्नोलोजिकल युनिभर्सिटी (एनटीएनयू) ले गरेको नयाँ अनुसन्धानका अनुसार महिला र पुरुषबिच सेक्सको कुरामा बढि खटपट हुने गरेको छ । महिला र पुरुषको सोचाई भिन्न हुने भएकाले उनीहरुले एउटै सम्बन्धलाई गलत ढङ्गले ब्याख्या गर्ने बताइएको छ । महिलाको नजिक आउँदा पुरुषहरुको दिमागमा सेक्स घुम्ने गर्दछ जसका कारण समस्या पैदा हुने बुझिएको छ । तर, उक्त अध्ययनले पुरुष एक्लैलाई सम्बन्ध अन्त्य गर्नको लागि दोषी नदेखाई महिलाहरुको भ्रमका कारण पनि हुने बताएको छ । धेरैजसो पुरुषहरु महिलाहरुको सुन्दरताका कारण उनीहरुसँग मित्रता गाँस्ने गर्दछन् भने महिलाहरु पनि पुरुषको अनुहार नभई चरित्र हेरेर साथी बनाउने गर्दछन् । मित्रता निकै गहिरो हुने क्रममा धेरैजसो पुरुष साथीहरु महिलालाई अँगालो हाल्ने अथवा हात समात्ने गर्दछन् जसका कारण महिलाहरुलाई लाग्दछ कि उनका साथी उनीबाट सेक्सको आशा गरिरहेका छन् जुन मित्रताको परिधिभन्दा बाहिर हुन्छ । फलस्वरुप उनीहरु दुबैको मित्रतामा फाटो आउने गर्दछ । यो अनुसन्धान १८ देखि ३० वर्ष समूहका ३०८ मानिसहरुका बिच गरिएको हो । उनीहरुमध्ये आधाभन्दा बढि महिला र पुरुषको मित्रता यी कारणहरुले गर्दा बिग्रिएको थियो । स्रोतः साइन्स डेली

cybernepali · Feb 24, 2015 2:50 PM · 1,942 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all