परिचय खोसेको कसले ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

परिचय खोसेको कसले ? सौरभ तराईबाट आयो तरैया, बोकेर टोकरीसोह्र वर्षे हलहले जोवन, यो रानीपोखरी १९६० सालमा एउटी विवाहिता तर साक्षर १६ वर्षे किशोरीले कागजमा लेखेर किनारमा छोडेको यो पंक्ति र रानीपोखरीमा हामफालेको त्यो घटना काठमाडौंका निम्ति ठूलो सनसनी भएको थियो भन्ने कुरा बज्यैबाट आमा हुँदै यो पंक्तिकारले सुनेको हो । तर त्यतिबेला पनि तराई शब्द लेखिनुको मर्म के थियो ? कै विस्तार हो, यो लेख । मधेस 'मध्यदेश' भन्यो मनुस्मृतिले त्यो इलाकालाई जसको पूर्वी सीमा प्रयागतीर्थ हो र पश्चिमी सीमा विशनश अर्थात सरस्वती नदी लुप्त भएको ठाउँ । रामको कालमा यसलाई अयोध्या भनिन्थ्यो र मुगल कालमा अवध भनियो । अवधको राजधानीलाई अहिले भारतमा लखनऊ भनिन्छ । यहींको यमुना र गंगाको संगम प्रयागतीर्थ (अहिलेको अलाहवाद) । अनेक तीर्थहरूमा श्रेष्ठ मानिन्थ्यो, नेपालका पहाडवासीहरूका निम्ति पनि । बाजुराको कोल्टीबाट सोझै दक्षिण पर्छ, प्रयागतीर्थ । त्यस प्राचीन वैष्णव तीर्थको प्रभावले नै हो गुल्मी, अर्घाखाँचीमा वैष्णव धार बलियो छ । उदाहरण रिडी ऋषिकेश हो नै । यसैले मध्यदेश लाग्नुको अर्थ दक्षिणतर्फ लाग्नु भन्ने हुन्थ्यो सुरुतिर भने पछिपछि दक्षिण लाग्नु नै मध्यदेश हुनगयो । यो मीनभवन नामको घरभित्र पस्न नहिँडेको मानिसले पनि कुनै बेला बानेश्वर-तीनकुनेको भागलाई मीनभवन भनेजस्तै हो । तर त्यस अवधकै उत्तरमा रहेका अनेक जिल्लाहरूले पनि नेपाललाई वाषिर्क सिर्तो बुझाउँछन् (हेमिल्टन सन् १८२८) भन्ने तथ्यले न औपचारिक रूपमा नेपालको सिमानाभित्र मधेस थियो, न नेपालको सीमा अहिलेजत्ति मिचिएको नै थियो भन्ने स्पष्ट छ । तिरहुत र तराई तिरहुत विहारको उत्तर पश्चिमी कुनामा पर्ने आठ हजार वर्ग किलोमिटरको इलाका हो । हाम्रो द्यौलागिरि अञ्चलभन्दा केही सानो । यसको उत्तरमा नेपालको सप्तरी जिल्लाको सीमाको जंगली भाग पर्छ र दक्षिणमा गंगा नदी छ । पूर्वमा पूणिर्याँ र सरौं भन्ने ठाउँ पर्छ । प्राचीन तिरभुक्तिको अपभ्रंश हो, तिरहुत । तर तिरभुक्ति आफैं त्रि अर्थात गंगा, गण्डक र कौशिकी बीचको भुक्ति अर्थात भोगिएको, खेती गरिएको जमिनको अपभ्रंश हो । जसमा सन् १२३७ मा तोर्गा खाँले हमला गरी केही रकम लिई छोडिदिएको थियो, तर स्वाधीनता भने सन् १३२० तिर दिल्लीका शासक अलाउद्दिन खिल्जीको हातबाट समाप्त नै हुनगयो । गण्डक गंगामा सोनेपत भन्ने ठाउँमा र कौशिकी कर्सेला भन्ने ठाउँमा मिल्छन् । प्रयागतीर्थ, कर्सेला, सोनेपत सबै २५ डिग्री उत्तर अक्षांशमा छन् र नेपालको सीमा न्युनतम २६ डिग्रीबाट सुरु हुन्छ । त्यसैले वि.सं. १८२६ मा उपत्यका लिने बित्तिकै तराईवासीहरूको बाहुल्य रहेको जयप्रकाश मल्लको तिरहुतिया गणलाई पृथ्वीनारायण शाहले भंग गरे भन्ने डिफाइनिङ मैथिल आइडिनटिटी-क्लेयर बर्केट लेखाइ हावादारी अलाप हो । गण भएको भए मल्लले गढवाली नगरकोटी किन झिकाउनुपर्थ्यो ? नेपालमा औपचारिक सैनिक गण स्थापना भएको सम्भवतः वि.सं. १८०१ मा मात्रै हो । त्यसमाथि ब्राह्मणले वैद्य विद्यामा दख्खल राखेमा थर मिश्र हुन्छ । तन्त्र विद्यामा दख्खल राखेमा थर झा हुन्छ । दुवै थर उत्पत्तिको केन्द्र त्रिभुक्तिको मौवा हो । काठमाडौंमा तिनीहरूलाई 'तेरौँते' भन्ने चलन छ, अरुलाई होइन । यद्यपि काठमाडौंमा बनारसी र पञ्जाबी मिश्रहरू पनि छन् । अर्थात् जयप्रकाश मल्लको सैन्यगण मिश्र र झा मात्रको थियो भन्ने निचोड निक्लन्छ जुन हास्यास्पद निर्क्योल हुन्छ, बेर्केटका कुरामा जाने हो भने ।) 'तरियानीको अर्थ समुद्री सतहबाट कम उचाइको धापिलो जमिन हो, जसमा डुंगा चलाउन सकिन्छ अर्थात डुंगाहरूको देश । यसको मूल फारसी हो' भन्ने एक फिरङ्गी (वाल्टर) को दाबी छ । जुन अशुद्ध हो । संस्कृतको तरणीको प्रचलित अर्थ कमल हो । तर तरणीको मूल अर्थ पानीमा तैरिने कुनै पनि वस्तु हो, पत्करदेखि डुंगासम्म । यसैले तरणी नै तरियानीमा रूपान्तरण हुँदै तराई हुनपुग्छ । 'जुन शब्दलाई नेपालीहरूले आफ्नो मैदानी भूभागका निम्ति प्रयोग गर्छन्' (हेमिल्टन सन् १८२८) यही कारण हो, कर्कपेटि्रक लगायत फिरङ्गीहरूले त्यस दक्षिणी मैदानका निम्ति न मधेस शब्द प्रयोग गरे न तिरभुक्ति, बरु प्रयोग गरे तरियानी । जंगलभित्र, जंगलबाहिर 'अकबरका समयमा तराईमा भारी मात्रामा खेती हुन्थ्यो, नेपालीहरूले त्यसलाई जनसंख्यारहित बनाइदिए' भन्ने लेखाइ अर्को अलाप हो -मिसनरी स्केचेज इन नर्थ इन्डिया-बेटवेक्थ । किनभने अकबरले एक लाख आँपका बोट रोपेर दरभंगामा लालबाग अमराइ खडा गरेका थिए, नेपालको लालझाडी (चारकोसे) बाट लिइएको नाम भएकाले । बरु 'जंगलभित्र ससाना राजाहरू थिए, तर ती बाहिरी हस्तक्षेपको कारणले घना जंगल पालेर बसेका थिए, नेपालीहरूले वन फँडानी गर्न सुरु गरे' भन्ने अर्को लेखाइ (वाल्टर) सही हो । नभन्दै सातौं शताब्दीका दुसाध राजा भनिने सलहेसको केन्द्र अहिले पनि लहानबाट केही मिनेट पर जंगलकै अवस्थामा छ । ११ औं शताब्दीको भनिने सिम्रौनगढको नामले नै बुझाउँछ, सिमलको जंगल हो । १४ औं शताब्दीको भनिने पुरादित्यको बनौली नामले नै स्पष्ट गर्छ, त्यो जंगलभित्रको बस्ती हो । यद्यपि विद्यापति मैथिलले आश्रय लिएका भनिने यो बनौली कुनचाहिँ हो, स्पष्ट छैन । किनभने त्यहाँ तीनवटा बनौली छन् । लुम्बिनी जंगलभित्र पुरिइसकेको थियो भन्ने अभिव्यक्ति १९ औं शताब्दीका धर्मपालले नै दिए । 'न्यग्रोध आराम' र 'पिप्पली वन' नामहरूले वरपीपल जाति -फाइकसिस स्पेसिज) को जंगल थियो भन्ने स्पष्ट पार्छ नै । विराट भनिएको ग्रोगहाको नामबाट बुझिन्छ, त्यो गोहीले कुनै बेला भरिएको इलाका हो । किनभने स्थानीय थारु भाषामा मोरङको अर्थ  हो, धापिलो जमिन । जनकपुर नै जंगलभित्रको सानो बस्ती थियो, वृषभानुले मन्दिर बनाउने सुरसार गर्दा । यसैले राज्य नाम लिएका तर उपत्यकाका ३ थकुजुजुसहित बाइसे र चौबिसेजस्तो राजनीतिशास्त्रको भाषामा राज्य प्रणालीयुक्त स्वरूप नभएका बस्तीहरू मात्र भएको इलाका थियो तराई । आप्रवासन क्रम पहिलो आप्रवासनबारे पादरी लुडविग स्टिलरले लेखे (सन् १७६९-७० को बंगाल भोखमरीका बेला प्रशस्त बंगाली र विहारीहरू नेपाल आए (साइलेन्ट क्राई) । यो भुखमरीमाथिका पेन्टिङहरूले ढाकाका जैनुल आवेद्दिनलाई विश्वविख्यात बनाएको थियो । किनभने बंगालमा मानिसको लासहरूको सद्गति गर्न नभ्याएर रेलको बोगीमा गिद्धहरू ओसारेर सहरमा छोड्नुपरेको थियो । दोस्रो उल्लेखनीय आप्रवासनका उदाहरण दिएका छन्, नेपालका निम्ति तत्कालीन बि्रटिस भारतीय दूत कर्णेल रामशेले यसरी -१८६६/६७ को भयानक भोखमरीको बेला विहारबाट प्रशस्तै मानिस नेपालमा चलाइएको सदावर्त खान पसे । तिनले खानका निम्ति आफ्ना सन्तान पनि बेचे । (ब्रिटिस सरकारलाई लेखेको पत्र) तेस्रो आप्रवासन जुद्धशमशेर राणा सन् १९३३ मा प्रधानमन्त्री भएपछि सुरु भयो । जुद्ध म्याच फ्याक्ट्रीदेखि जुट मिलसम्म तराईमा खुले । त्यसले सीपयुक्त मजदुर, व्यवस्थापक, लगानीकर्ताहरू यावत् मात्रामा ओसार्‍यो । तिनलाई चाहिने सामान आपूर्तिकर्ताहरू पनि पसल लिएर आए । कोइरी र कवारीहरूले तरकारी खेती सुरु गरे तराईमा । कृषक वर्ग र व्यापारिक वर्ग दुवैको बगाल यही बेला आयो । यद्यपि सन् १८८४ पछि वीरशमशेर राणाले जलेश्वर लगायत उनकै नाममा रहेको तर अहिले भारतमा परेको वीरपुर लगायत करिब दर्जन स्थानमा खोलेका पृथ्वीवीर अस्पतालहरूले स्वास्थ्य क्षेत्रमा दक्ष सीप भएकाहरूलाई पारिबाट निम्त्याउन सुरु गरिसकेको थियो । चौथो आप्रवासनबारे एन्दि्रया सभादा लेख्छिन् -सन् १९९१ मा पनि विहार र अन्य छिमेकी इलाकाबाट समेत धेरै भारतीयहरू नेपाल पसे । (नेपाल अ कन्ट्री स्टडी) पाँचौं आप्रवासन वि.सं. २०६३ को परिवर्तनपछि आठ लाखलाई नागरिकता दिने नाममा झन्डै चालिस लाखलाई नागरिकता बाँडियो । यसैमाथि संयुक्त जनमोर्चाका नेता चित्रबहादुर केसीहरूले मुद्दा उठाइरहेकै छन् । तर आसामबाट नेपालीहरू निकालिँदाको विवादबीच तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले भने, १९५० भन्दा यता पसेकाहरूलाई भारतीय नागरिक मान्न सकिन्न । त्यसो हुँदाहुँदै पनि २०२७ सालमा आफूलेे र २०२८ सालमा बाबुको नागरिकता बनाएकाहरूचाहिँ बडो ठालु पल्टिएर एक मधेसका कुरा गरिरहेका देखिएको छ । तैपनि सन् १९५० उताकाले मात्र राजनीतिक माग राख्न पाउनुपर्छ, कसैले भनिरहेको छैन । रोटी, बेटीको सम्बन्ध वर्षेनि डोमेनिकी गणतन्त्रका पचासौं हजार नागरिकहरू हेइटीमा मजदुरी गर्न पुग्छन् । पचास हजारजति नै भियतनामी महिलाहरूले चीनसँगको सीमा नाघ्छन् । सीमा इलाकाका नागरिकहरूबीच रोटीबेटीको सम्बन्ध लेटिन अमेरिका, अपि|mका, एसिया र युरोपमा व्यापक छ । तर कसैका पनि सीमा अनियन्त्रित -इररे[Disallowed String for - inappropriate]टेड) हुँदैनन्, छैनन्, नेपालको बाहेक । यो थोपरिएको बाध्यता हो, रोटीबेटीको सम्बन्ध । र यही कथित रोटीबेटीको सम्बन्ध हो, जसले जहिले आएर बसेको भए पनि तराईमा बसोबास गरिरहेका तर मूलधारमा परिएन भनेर चिन्तित, आक्रोशित र पीडित तराईवासी नेपालीहरूको पहिचान खोसिरहेको छ । कसरी भने डेढ लाख वर्ग किलोमिटरको सानो देशले दिने राजकीय अवसरहरू निश्चित छ, अत्यन्तै थोरै हुन्छन् । त्यो सीमापारिको लागिचाहिँ नजाओस् भनेर नियन्त्रण गर्न खोज्नु स्वाभाविक हो । तर को यताको हो ? को उताको हो ? चिन्नै नसकिने स्थिति खडा भएको छ, खुला सिमानाले । अनि जब गलत पात्र ठानेर अवसरबाट रोक्न खोजिन्छ, त्यो नेपालभित्रकै पर्छ । त्यतिबेला आक्रोशको ज्वाला उठ्नु स्वाभाविक हो । अर्थात् सीमा नियन्त्रित हुनुपर्छ भन्ने माग पहाडवासीले भन्दा तराईवासीले गर्नु जरुरी थियो र छ, नकि एक मधेसको माग । तर सीमा नियन्त्रित गर्नु भनेको तराईवासीलाई अँचेट्नु हो भन्ने भ्रम एक किसिमका मानिसमा छ । जसलाई रैथाने तराईवासीहरू बुझ्दैनन् वा बुझ्न चाहँदैनन् । तिनको राष्ट्रिय पहिचानलाई जो यो रोटीबेटीको सम्बन्धले बिथोलेको छ अर्थात् उनीहरूको पहिचान बन्न नदिएको त्यही देशले हो, जो सबैभन्दा बढी हिमायती भएको दाबी गर्छ । सांघातिक षड्यन्त्र काठमाडौंमा ठानिन्छ, तराईका केही र भारतबाट धेरै मात्रामा तराईलाई एक प्रदेश बनाउने दबाब छ । यथार्थचाहिँ के हो भने त्योभन्दा धेरै बढी पश्चिमा दबाब छ । एकातिर चाल्र्स र्‍याम्बलजस्ताहरू बृहत भोट -तिब्बत) भित्र नेपाली हिमाली जातिहरू किन बाँधिदैनन् ? भनेर खुलै गुनासो गर्छन् र अर्कोतिर जोन हेल्पटनहरू तराईमा थारु, धिमाल, राजवंशी आदि जातजाति छन् र मैथिली, अवधी र भोजपुरी भाषीहरू छन् भन्ने कुरा जानाजान बिर्सेर त्यसलाई हिन्दीभाषी बनाउनुपर्ने वकालत गरिरहेका छन् । (सम्पादन गेल्नर, युहाना, जारेनका र हेल्पटन) अर्थात राज्य पुनसर्ंरचनाको धर्को उत्तर र दक्षिण तानिनु हुँदैन भन्नेमा भारतभन्दा धेरै चासो पश्चिमको छ । निदाएको बहाना गर्नु त नेपाली धर्म नै हो । Last edited: 23-Feb-15 12:05 PM

_____ · Feb 23, 2015 11:52 AM · 1,345 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all