नेपालका सर्वाधिक आकर्षक १० सुन्दरीहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं-भ्यालेन्टाइन अंकमा साप्ताहिकले नेपालकै १० सर्वाधिक आकर्षक सुन्दरीको सूची सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित अंकमा सार्वजनिक गरिएको सूचीमा गायिका इन्दिरा जोशी पहिलो स्थान कब्जा गरेकी छिन । यसैगरी अकेशा विष्ट दोस्रो नम्बरमा परेकी छन भने प्रियंका कार्कीले तेस्रो स्थान कब्जा गरेकी छन ।&nbsp;साप्ताहिकले १० जना सर्वाधिक आकर्षक महिलाहरु छान्न निर्माता तथा मल्टिप्लेक्सका सञ्चालक सुमित मैनाली, निर्देशक प्रकाश भट्ट, क्यामेरम्यान हरि हुमागाई, गायक पशुपति शर्मा, नायक तथा चिकित्सक डा. आयुश्मान घिमिरे, समाचारवाचक रुपेश श्रेष्ठ, निर्देशक हेमराज बिसी, फुटबलहरु अनिलङ गुरुङ, नायक दयाहाङ राई, क्रिकेटर सोमपाल कामी, हास्यकलाकार कुमार कट्टेल 'जिग्री ब्रो', कोरियोग्राफर डिजे गणेश युगल पोमो, गायक भीषण मुकारुङ, साहित्यकार उपेन्द्र सुब्बा, फोटोग्राफर महेश प्रधान, गीतककार सुदीपकुमार रेग्मीलाई सहभागी गराएको थियो ।&nbsp;उनीहरुले दिएको नम्बरका आधारमा साप्ताहिकले १० सर्वाधिक आकर्षक महिलाहरु सूची तयार पारेको थियो ।&nbsp; हेर्नोस् को-को परेका छन्:&nbsp;१. इन्दिरा जोशी &nbsp; उध्रेको चोली गीत इन्दिरालाई राम्रैसँग फाप्यो । त्यसपछि पनि इन्दिराले थुप्रै गीत गाइसकेकी छिन्, तर उनको समधुर आवाज र ग्ल्यामरस छवि कायम राख्न उध्रेको चोलीले नै ब्रान्डिङको काम गरेको छ । इन्दिराको बेली डान्स र ठुम्का लोकप्रिय छ । अहिलेको पुस्ताकी सर्वाधिक चर्चित एवं लोकपि्रय गायिका इन्दिराले टेलिभिजन रियालिटी शो नेपाली ताराबाट गायनयात्रा प्रारम्भ गरेकी हुन । स्टेप वान, डान्स वीथ मी आदि सोलो एल्बम श्रोतामाझा ल्याइसकेकी इन्दिराले यो वर्ष एउछा चलचित्रका निम्ति आइटम डान्स समेत गरिन् । अविवाहिता इन्दिरा धेरैका निम्ति डि्रम गर्ल हुन । सर्वाधिक आकर्षक महिलाको सूचीमा इन्दिरा जोशी यो वर्ष अग्रपंक्तिमा छिन् । २. अकेशा विष्ट टेलिभिजन शो कल कान्तिपुरकी 'ब्युटी क्वीन' अकेशा भिजेमा मात्र सिमित हुन चाहिनन् । यो वर्ष प्रदर्शित चलचित्र 'जिन्दगी रक्स' मा नायिकाका रुपमा डेब्यु गरेकी मिस नेपाल-२०१२ कि मिस ट्यालेन्ट तथा मिस फोटो जेनिक अकेशा सम्भावना बोकेकी युवतीका रुपमा स्थापित छिन । चलचित्रमा पहिलो काम भएपनि उनले पर्याप्त प्रशंशा बटुलिन । उत्कृष्ट उचाइका साथमा आकर्षक शारीरिक सौन्दर्य अकेशाको सबल पक्ष हो । अहिलेका धेरै म्युजिक भिडियोमा अकेशा देखिन्छिन । चन्द्रमुखी अनुहार र मिठो मुस्कानकी धनी अकेशालाई नेपाली ग्लायमर इन्स्ड्रीजमा बलियो पहिचान दिलाउन भने कल कान्तिपुरकै मुख्य भूमिका छ । ३. प्रियंका कार्की चलचित्र सफल हुन कि नहुन्, प्रियंका भने चलेकै छिन । सेक्सी लुक्सकी प्रियंका सबैको मन जित्न सफल सुन्दरी हुन । पछिल्लो समयमा चलचित्र नाइ नभन्नु ल २ को उनको करिअरलाई अझ उजिल्याएको छ । प्रियंकाको ड्रेसअप र फिगर सधैं चर्चामा रहन्छ । यी ब्ल्याक ब्युटीको अदा पनि धेरैका निम्ति प्रिय छ । नायिका पि्रयंका चलचित्रका अतिरिक्त विज्ञापन, र्‍याप मोडलिङ, म्युजिक भिडियो आदिमा पनि उतिकै प्राथमिकतामा पर्छिन । मिस टिन नेपाल २००५ को शीर्ष उपाधि विजेता प्रियंकाले कान्तिपुर टेलिभिजनबाट आफ्नो करिअर प्रारम्भ गरेकी थिइन । ४. करिश्मा मानन्धर ढल्किँदो उमेरमा पनि सौन्दर्य कायम गर्न सकिन्छ भन्ने कुरा करिश्माले प्रमाणित गरिदिएकी छिन् । करिश्माको करिश्माटिक सौन्दर्यले अहिले पनि धेरैलाई सम्मोहित गर्छ । तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय करिश्माको सुन्दरता अहिलेका नायिकाहरुका निम्ति चुनौती बनेको छ । करिश्माको यो उमेरको नाजवाफ सौन्दर्यलाई अपवाद मानिन्छ । हाल चलचित्र 'फागु' निर्माण गरिरहेकी करिश्मा चलचित्र उद्योग र विज्ञापन संसारमा ब्यस्त छिन । करिश्मा 'फागु'मा मुख्य कलाकारकै रुपमा देखिनेछिन । ठिटौले उमेरका नायकका साथमा समेत पर्दामा रोमान्स गरिरहेकी करिश्माको करिअर तीन दशकअघि चलचित्र 'सन्तान'बाट प्रारम्भ भएको थियो । &nbsp; ५. नम्रता श्रेष्ठ निर्दोष प्रकृतिको क्युट लुक्सको कारण हुन सक्छ-आरोह-अवरोहकाबीच पनि नम्रताको लोभलाग्दो सौन्दर्य सधैं चर्चायोग्य रहृयो । साइबर संसारको फोटो सुट पश्चात् ग्ल्यामक्षेत्रमा उनको औपचारिक करिअर सुरु भएको थियो । म्युजिक भिडियो हुँदैं राम्रा ब्यानरका चलचित्रमा काम गरेर नम्रताले आफूलाई अब्बल सावित गरिन । उनलाई समीक्षकहरुले जस्तोसुकै परिस्थितीको सामना गर्ने युवतीका रुपमा सम्भिmए । स्व. आलोक नेम्वाङ निर्देशित 'सानो संसार' र सुदर्शन थापा निर्देशित 'मेरो एउटा साथी छ' मार्फत नम्रताले मनग्य चर्चा पाइन । यो वर्ष उनले चलचित्र निर्मात्रीका रुपमा परिचय बनाइन् ।&nbsp; ६. केकी अधिकारी स्त्रिmनमा अपेक्षाभन्दा बढी सुन्दर लाग्छिन्-केकी । केकीको नटखट अदाले धेरैलाई आकषिर्त गर्छ । नेपाली म्युजिक भिडियोकी क्वीन केकीको सौन्दर्यलाई चलचित्र उद्योगले पनि उत्तिकै उपयोग गरेको छ । चलचित्र 'महसुस', 'मसान'मा अब्बल अभिनय गरेर एवार्ड हासिल गर्न सफल केकीले चलचित्र 'स्वर'बाट डेब्यु गरेकी थिइन । एमबीएको अध्ययन पूरा गरेकी केकीको&nbsp;मुहारमा अरुमा नपाइने एक प्रकारको अपिलिङ झल्किने समीक्षकहरु बताउँछन् । &nbsp; &nbsp; ७. सुविन लिम्बु यो वर्षकी मिस नेपाल हुन् सुविन । सुविनले लन्डनमा सम्पन्न १ सय २० देशका १ सय ६४ सुन्दरी सहभागी ६४ औं संस्करणको मिस वल्र्डमा नेपालका तर्फबाट सहभागिता जनाइन् । मिस वल्र्डको पहिलो चरणबाटै बाहिरिए पनि उनले पिपुल्स च्वाइस भोटिङमा टप फाइभसम्मको यात्रा तय गरिन । धरानकी २३ वर्षीया यी युवतीले गत वैशाखमा आयोजित प्रतिस्पर्धामा १८ सुन्दरीलाई पछि पार्दै मिस नेपाल-२०१४ को उपाधि जितेकी थिइन । ५ फिट ८ इन्च अग्ली सुविन सन् २०१० मा आयोजित मिस मंगोलकी फष्ट रनरअप पनि हुन् । ८. रिमा विश्वकर्मा हँसिलो एवं अदाकारी मुस्कानले धेरैलाई रिमातर्फ खिच्छ । उनी म्युजिक भिडियोहरुमा सर्वाधिक देखिने मोडलमध्येक एक हुन् । चलचित्र 'स्वर'बाट ठूलो पर्दाको अभिनय यात्रा प्रारम्भ गरेकी रिमा अभिनित 'भिसा गर्ल' र 'ऋतु' चर्चामा आएका चलचित्र हुन । टेलिभिजन पत्रकारका रुपमा करिअर सुरु गरेकी रिमा अभिनय क्षेत्रमा यसरी सक्रिय हुने योजनामा भने थिइनन् । विज्ञापन तथा र्‍याप मोडलिङमा समेत सक्रिय रिमाको ग्ल्यामरस लुक्स गजबको भएको बताइन्छ । सफा अनुहार र फरक किसिमको शारीरिक सौन्दर्य उनका विशेषता हुन् । &nbsp; &nbsp; ९. सञ्चिता लुइँटेल च्लचित्र 'अप्सरा'बाट अप्सराजस्तै नायिका पाएको हो नेपाली चलचित्र उद्योगले । त्यस यता सञ्चितालाई दर्शकले दर्जनौं चलचित्रमा हेर्न पाए । आफ्नै परिवारकी सदस्यझैं लाग्ने सञ्चिताको प्रमुख विशेषता 'क्युट एन्ड इनोसेन्ट फेस' भएको समीक्षकहरु बताउँछन । उनको आकर्षक 'स्माइल'को जादूमा हराउनेहरु पनि उत्तिकै छन । <p style="box-sizing: border-box; margin: 0px; padding: 0px; border: 0px; outline

cybernepali · Feb 18, 2015 9:55 AM · 31,186 views

7 Replies

नुम्बेर १० खोइ त ब्रो

Punter · Feb 18, 2015 10:18 AM

नम्रता कोइ नपाएर कुकुर संग सुत्न थाली अब !!! लोल

facebook · Feb 18, 2015 11:16 AM

facebook le hansayo....euta kura chitta nbujheko...dj tantrik sita sutera kei problem bhako hoina..tara afno bf hunda hundai dj tantrik sutni ..yini lai chain tyo Ra word use garnu parni ho khas ma

cybro · Feb 18, 2015 12:47 PM

Hema Shrestha number 1

ujyalo · Feb 18, 2015 7:32 PM

यी केटिहरुसंग मेरी प्यारी प्रियंका कार्कीजीलाइ दाज्न नि मिल्दैन ! दाँजे पनि मेरी प्रियंकाजी # १ मा आउनु हुन्छिन ! मेरो टप थ्रीमा उहाहरु पर्नु हुन्छ ! मेरी प्यारी प्रियंका कार्कीजी सुविन लिम्बुजी रिमा विश्वकर्माजी

Nas · Feb 18, 2015 9:44 PM

i would marry akesa bista anyday. ;)

giordano · Feb 18, 2015 9:59 PM

Nas bro..., You still like Karki, I thought that was story of past. I don't know may be it just me, I felt she has lost lot of charm. She looks like elegant mature woman but there are bunch of them like that. Looks like she has lost that attitude which makes her attractive. Now I categorize her as just other normal model or actress working in nepali industry. No wow factor any more. But I don't know most of these other new chicks.

Yaaku · Feb 18, 2015 10:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all