पूर्व राजा ज्ञानेन्द्रलाइ राजनीतिमा आउन आतुरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडाैं, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र साहले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न राजनीतिक दलहरूसँग माग गरेका छन् । उनले बुधवार एक वक्तव्य जारी राजनीतिक दल र उनी बिच भएको सहमति स्मरण गराएका छन ।   तर, उनले जारी गरेके वक्तव्यमा राजनीतिक दलसँग के सहमति भएको थियो भन्ने चाहीँ खुलाएका छैनन् ।   फागुन ७ को प्रजातन्त्र दिवसका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले विगतको गोप्य सहमति स्मरण गर्दै भनेका छन्- ‘तत्कालीन राजनीतिक दलहरु र मेरावीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ ।’   उनले वक्तव्यमा उल्लेख गरेका छन्– ‘निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय बिताउनुभन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’   के थियाे सम्झाैता ? ८ वर्ष पछि किन सम्झिए ज्ञानेन्द्रले ? तत्कालिन राजा ज्ञानेन्द्र शाहले ०५९ माघ १८ मा सत्ता हातमा लिएपछि राजनीतिक दलहरुको भूमिका निस्क्रिय जस्तै भएको थियो । त्यसबेला सत्ता राजनीतिको केन्द्रमा रहेका कांग्रेस र एमाले सहितका सात दलले राजाको कदम विरुद्ध ०६२ चैत्र २४ गतेबाट जनआन्दोलन सुरु गरेका थिए ।     आन्दोलन उत्कर्षमा पुगिरहेको बेला ०६३ साल बैसाख ८ गते ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गरेका थिए । तर, आन्दोलन नरोकिएपछि बैसाख ११ गते उनले पुनः अर्को सम्बोधनमार्फत जनताको नासो जनतालाई फिर्ता गरेको भन्दै प्रतिनिधिसभा पुनः स्थापनाको घोषणा गरेका थिए । त्यसपछि आन्दोलन रोकिएको थियो ।   राजाले संसद पुनः स्थापनाको घोषणा गर्ने समयमा राजा र राजनीतिक दलबीच गोप्य सम्झौता भएको चर्चा चले पनि उनीहरु बीच के सम्झौता भएको थियो भन्ने बाहिर आएको थिएन । त्यसबेलासम्म माओवादीहरु पनि शान्ति प्रक्रियामा आइसकेका थिएनन् ।   तर, ६५ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्रले वक्तव्य नै प्रकाशन गरेर त्यसबेला राजनीतिक दलले आफूसँग सम्झौता गरेको पुष्टी गरेका छन् । ८ वर्षपछि त्यो पनि एमाओवादीहरु आन्दोलनको तयारी गरिरहेको बेला ज्ञानेन्द्रले त्यसबेलाको सम्झौता किन सम्झिए यो भने निकै रहस्यको विषय बनेको छ । http://www.nepalipatra.com

cybernepali · Feb 18, 2015 9:31 AM · 6,689 views

9 Replies

जनताले चाहन्छन भने आउँद देउ : केको टाउको दुखाइ ? पार्टी नेताले केहि गर्न सकेका हैनन् : संबिधान बन्न सकेको हैन , राजा फ्यालेर भारत लाइ खुसि बनाएका हुन् अनि जनतालाई छारो हाल्न राजालाई देश विनाशको कारण देखाए , तर जति देश बिनास अहिले भयो तेती राजाको राज्य कालमा भएको थिएन : नाम मात्रको राजा बनाउन के नै जान्थ्यो र ? कुनै बेला भनेको थिए मैले : राजा राख्नेकी हटाउने त्यो पनि जनताको राय लिएको भए के नै जान्थ्यो र ? त्यो मात्र डराउछ जो गल्तीमा हुन्छ !

magorkhe1 · Feb 18, 2015 10:52 AM

kura sahi ho...they should have had poll for keeping or throwing away monarchy

kaji sahab · Feb 18, 2015 1:44 PM

I am curious how did you conclude the title from the story? Sure, it's a good speculation but you are claiming as if that's what the article says.

Kiddo · Feb 18, 2015 2:36 PM

ujl · Feb 18, 2015 4:23 PM

पूर्वराजासँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको दाहालको प्रस्टोक्ति Published: February 19, 2015  बिहीवार, 7 फागुन, 2071  12:56 PM बनेपा, फागुन  ७ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको प्रस्टाेक्ति दिएका छन् ।   शुक्रबार बनेपामा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको जवाफ नेपाली काँग्रेस र नेकपा—एमालेले नै दिनुपर्ने बताए ।   पार्टी बिग्रँदै गएकाले जनताबाट टाढा भएको बेला काँग्रेस र एमालेले संविधानसभाबाट धकेलेर जनताकाबीचमा पु¥याएको भन्दै उनले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री सुशील कोइरालालाई धन्यवाद पनि दिए ।   अध्यक्ष दाहालले तत्कालीन भट्टराई सरकार रहेका बेला काँग्रेस र एमालेका नेताहरू आफ्नो निवास लाजिम्पाट आएर रोएका कारण सरकार छाडेको उल्लेख गर्दै आफूहरू सोझो भएको फाइदा काँग्रेस र एमालेले लिएको बताए ।   अध्यक्ष दाहालले काँग्रेस र एमालेले मतादेशको आधारमा जनादेशलाई लत्याउन खाजेको आरोप लगाउँदै अहिले काँग्रेस र एमाले निरङ्कुशरुपमा अघि बढ्न खोजेको बताए ।   महासचिव कृष्णबहादुर महराले अहिले यथास्थितीवादी र प्रतिगामी शक्तिबीच द्वन्द्व चलेको उल्लेख गर्दै जनताको आन्दोलनबाट प्रतिगामीलाई परास्त गरिने बताए । यसअघि, क्रान्तिकारी पत्रकार सङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वार्ताको वातावरण बनाउन आन्दोलन गर्न लागेको बताएका थिए । रासस Source

cybernepali · Feb 19, 2015 8:50 AM

कृपया व्याखा गरिदिनु हुन्छ कि :   "यथास्थितीवादी र प्रतिगामी शक्तिबीच द्वन्द्व चलेको उल्लेख गर्दै जनताको आन्दोलनबाट प्रतिगामीलाई परास्त गरिने बताए"  Last edited: 19-Feb-15 09:10 AM

magorkhe1 · Feb 19, 2015 9:07 AM

यो ज्ञानेले सिधै के सम्झौता हो कुरा नखुलाइकन लामो जस्तो नाटक किन गर्छ?

shahi baba · Feb 20, 2015 12:02 PM

एउतै अभिलाषा ; संबैधानिक राजा भएको भए एकताको प्रतिक हुन्थ्यो कि भन्ने मात्र लागेको हो |

magorkhe1 · Feb 20, 2015 12:13 PM

Nepal needs a military coupe

divorceguy · Feb 20, 2015 9:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all