गगन थापा र प्रचण्डपुत्र प्रकाशबीच फेसबुक वार कांग्रेस केन्द्रिय सदस्य तथा सभासद् गगन थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का छोरा प्रकाश दाहाललाई कहिलै नसुध्रने बताएका छन् । प्रकाशले लेखेको फेसबुक स्ट्याटसका कारण आफूले हैरानी खेप्नु परेपछि गगन थापाले पनि फेसबुकमा स्ट्याटस लेख्दै प्रकाश नसुध्रिने टिप्पणी गरेका हुन् । किन गगनले प्रकाशलाई यस्तो भने त ? गगनले आफ्नो फेसबुकमा लेखेका छन्-सिंहदरबारमा एक जना सांसदले सोध्नुभयो-तपाईं लण्डनबाट कहिले फर्किनु भयो ? म अलमलमा परें। नेपाली कांग्रेसका एक नेताले सोध्नुभयो-लण्डन कहिले गएको? माओवादीका अर्का नेताले फोन गरेर सोध्नुभयो-लण्डनमा कालो झण्डा देखाएको घटना कहिलेको हो ? मैले भने-२०७० श्रावणको । उनले भने-त्यही त म भन्छु ! यो आज भोलिको घटना होइन। "हावा प्रकाश !" अनि मलाई एकपटक प्रकाश दाहालको फेसबुक स्ट्याटस हेर्न भन्नुभयो । मैले हेरें ।अनि बल्ल थाह भयो लण्डनबाट कहिले फर्किएको भन्ने प्रश्नको अर्थ। गत माघ २० गते प्रकाश दाहालले फेसबुकमा एउटा स्ट्याटस र भिडियो पोष्ट गर्नुभएको रहेछ। तर कतै पनि लेख्नु भएनछ, यो भिडियो कहिलेको हो भनेर। त्यो भिडियो एनआरएन युकेले करिब डेढ वर्ष अगाडि आयोजना गरेको कार्यक्रममा मैले बोल्न लाग्दा केही साथीहरुले नाराबाजी गरेको, झण्डा देखाएको भिडियो रहेछ। तर केही मिनेटपछि आयोजक साथीहरु (जो मध्ये बहुसंख्यक जनजाती नै हुनुहुन्छ)ले हल्ला गर्ने साथीहरुलाई हल बाहिर निकालिदिएको र मैले त्यो मिटिङलाई सम्बोधन गरेको भिडियो भने राख्नुभएको रहेनछ। उक्त भिडियो मैले यहाँ सेयर गरेको छु हेर्नु होला ।हुन त सानो दाहालजीको यस्तो कामको सन्दर्भमा कुनै प्रतिक्रिया व्यक्त गरिराख्नु नपर्ने हो तर ठाउँ ठाउँमा लण्डनबाट कहिले आएको भन्ने प्रश्नको जबाफ दिन दिक्क लागेर यहाँ लेख्ने जमर्को गरेको हूँ। गगनले फेसबुकमा पोष्ट गरेको स्क्रीनसट गगनले बोलेको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्: प्रचण्डपुत्र प्रकाशले आफ्नो फेसबुक पेजमा २० माघमा यस्तो लेखेका थिए–"संसारभरि छरिएका जनजाती आदिवासी मधेशी संघियताको पक्षमा जागिसके, हेर्नुहोस् लण्डनमा गगन थापाको विचल्ली । पुरै हल एकसाथ गर्जियो ।" प्रकाशले फेसबुकमा पोष्ट गरेको स्क्रीनसट प्रकाशले पोष्ट गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्: http://www.nepalipatra.com/new...
cybernepali · Feb 16, 2015 9:04 AM · 13,068 views
Paagal kukur Prakashe..
collegefootballrocks · Feb 16, 2015 10:53 AM
I do not understand : why people are bringing junior Dahal, ( he is no body to us except Maoist and Dahal's followers for them he may be second in throne) ) even the senior Dahal is fading away. He will inherent millions of dollars and will pass his life drinking finest liquor. Last edited: 17-Feb-15 10:53 AM
MaGorkhe1 · Feb 16, 2015 6:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion